विश्व खुसी प्रतिवेदनमा नेपाल ९३ औँ स्थानमा
विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३ औँ स्थानमा रहेको देखाएको छ। विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुसीको सूचाङ्कमा नेपालले ९३ औँ स्थान प्राप्त गरेको हो। प्रतिवेदन अनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ। फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ। …