प्रकाशित मिति : पुस ९, २०८२ बिहीबार

फोटो :एपी/रासस
अमेरिकामा बाढी र पहिरोमा परेर कम्तीमा ३ जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको ठूलो भू-भागमा परेको भारी वर्षा र आँधीका कारण यो क्षति भएको अधिकारीहरूले बताएका छन्। क्रिसमसको रातिसम्म कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूको भनाइ छ।
शुक्रबारसम्म जारी रहने अनुमान गरिएको यो आँधीले लस एन्जलस काउन्टीका केही क्षेत्रमा ११ इन्चसम्म वर्षा गराएको छ। यसका कारण धेरै स्थानका बस्ती खाली गराइएको छ भने प्रमुख सडकहरू बन्द गरिएका छन्।
बाढीको सतह बढ्दै जाँदा सवारीसाधनमै फसेका मानिसहरूलाई उद्धार गर्न आपतकालीन टोलीले निकै संघर्ष गर्नुपरेको छ। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले बुधबार लस एन्जलससहित दक्षिणी क्यालिफोर्नियाका अन्य काउन्टीहरूमा संकटकाल घोषणा गरेका छन्। बिहीबार साँझसम्म क्यालिफोर्नियामा करिब एक लाख मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्।
अमेरिकी वेदर प्रेडिक्शन सेन्टरले “धेरै स्थानमा आकस्मिक बाढीको सम्भावना रहेको” चेतावनी दिएको छ। साथै, “धेरै खोला–नालामा बाढी आउन सक्ने र यसले ठूला नदीहरूलाई समेत असर पार्न सक्ने” बताइएको छ। सान डिएगोमा ६४ वर्षीय एक व्यक्तिको रूख ढलेर मृत्यु भएको छ।
रेडिङ सहरमा सवारीसाधनभित्र फसेका ७४ वर्षीय व्यक्तिलाई उद्धार गर्ने प्रयासका क्रममा बाढीले बगाउँदा मृत्यु भएको हो। मेन्डोसिनो काउन्टीमा म्याकेरिचर स्टेट पार्कमा ७० वर्षीया एक महिलाको मृत्यु भएको शेरिफ कार्यालयले जनाएको छ।
दक्षिणी क्यालिफोर्नियाको सान बर्नार्डिनो काउन्टीका केही बासिन्दाका लागि स्थानान्तरणको चेतावनी जारी गरिएको छ। सन फ्रान्सिस्को बे क्षेत्रमा पनि आकस्मिक बाढीको सतर्कता अपनाउन भनिएको छ।
सान होजे नजिकैको एक वेधशालामा हावाको गति प्रतिघण्टा १०० माइल नाघेको छ। लस एन्जलस नजिकैको अल्टाडेनामा, यस वर्ष जनवरीमा डढेलोले डढेको क्षेत्रमा जमिनको पानी सोस्ने क्षमता कम भएकाले बाढीसँगै पहिरो गएको अधिकारीहरूले बताएका छन्।
लस एन्जलसकी मेयर करेन बासले आँधीका कारण आपतकाल घोषणा गर्दै व्यस्त बिदाको यात्राका बेला सडकमा विशेष सावधानी अपनाउन आग्रह गरेकी छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्