हार्वर्ड विश्वविद्यालयको पक्षमा अदालतको फैसला: ट्रम्प प्रशासन पुनरावेदनमा



प्रकाशित मिति : पुस ४, २०८२ शनिबार

हार्वर्ड विश्वविद्यालयको पक्षमा अदालतको फैसला: ट्रम्प प्रशासन पुनरावेदनमा

तस्बिर : अनस्प्लासबाट

अमेरिकाको हार्वर्ड विश्वविद्यालयलाई दिइँदै आएको २ बिलियन डलर बराबरको संघीय अनुदान सुचारु गर्न अदालतले दिएको आदेशविरुद्ध डोनाल्ड ट्रम्प प्रशासनले पुनरावेदन (अपिल) दर्ता गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसअघि हार्वर्ड विश्वविद्यालयको उक्त अनुदान रोक्का गरेको थियो। तर, अदालतले प्रशासनको सो निर्णयलाई ‘अवैध’ ठहर गर्दै कोष सुचारु गर्न आदेश दिएको थियो।

अदालतले आइभी लिग अन्तर्गतको यस विश्वविद्यालयको अनुसन्धान कोष कटौती गर्ने प्रशासनको निर्णय कानुनसम्मत नभएको ठहर गरेको थियो। अमेरिकी न्याय मन्त्रालयका वकिलहरूले ६० दिने समयसीमा समाप्त हुनै लाग्दा अदालतको सो निर्णयविरुद्ध अपिल दर्ता गरेका हुन्।

यो मुद्दाको सुनुवाइ अब बोस्टनस्थित ‘पहिलो अमेरिकी सर्किट कोर्ट अफ अपिल्स’मा हुनेछ। गत सेप्टेम्बरमा बोस्टनकी अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोउजले हार्वर्डको पक्षमा फैसला सुनाउनुभएको थियो, जसलाई विश्वविद्यालयको ठूलो कानुनी जितका रूपमा लिइएको थियो।

म्यासाचुसेट्सको क्याम्ब्रिजस्थित हार्वर्ड विश्वविद्यालयका प्रवक्ताले अदालतको फैसलाले विज्ञानको प्रगति र जीवन बचाउने चिकित्सकीय खोजका लागि महत्वपूर्ण अनुसन्धान कोष पुनःस्थापित भएको बताएका छन ।

फैसलापछि ट्रम्प प्रशासनले रोकिएका अनुदान र सम्झौताहरू पुनः बहाल गरिसकेको छ र विश्वविद्यालयले अधिकांश कोष प्राप्त गरिसकेको छ।

राष्ट्रपति ट्रम्पले अमेरिकी विश्वविद्यालयहरू यहूदी विरोधी (एन्टिसेमिटिक) र “कट्टर वामपन्थी” विचारधाराबाट प्रभावित भएको आरोप लगाउँदै लगाएका छन ।

क्याम्पसमा यहूदी विद्यार्थीहरूमाथि हुने उत्पीडन रोक्न हार्वर्डले पर्याप्त कदम नचालेको भन्दै प्रशासनले सयौँ अनुसन्धान अनुदानहरू रद्द गरेको थियो।

जनवरीमा ट्रम्प पुनः सत्तामा फर्किएपछि हार्वर्ड विरुद्ध कडा कदम चालिएका छन्। यसमा अनुदान रद्द गर्नेदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अध्ययनमा रोक लगाउने प्रयाससम्म सामेल छन्।

यद्यपि, विद्यार्थीमाथिको प्रतिबन्धलाई पनि न्यायाधीश बरोउजले रोक लगाएका हुन्, जसका विरुद्ध पनि प्रशासनले अपिल गरेको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment