नेपालबाट दक्षिण कोरियाको भिसा आवेदन अब “आवेदन केन्द्र”बाट मात्रै



प्रकाशित मिति : मंसिर ३०, २०८२ मंगलबार

नेपालबाट दक्षिण कोरियाको भिसा आवेदन अब “आवेदन केन्द्र”बाट मात्रै

नेपालस्थित दक्षिण कोरियाको दुतावासले दुतावासबाट हुँदै आएको भिसा सम्बन्धी कार्य स्थगित गरेको छ । यसपछि कुटनीतिक र सरकारी भिसा आवेदनबाहेक अन्य सबै आवेदनहरु भिसा आवेदन केद्रबाट हुने गरी व्यवस्थापन गरिएको नेपालस्थित दक्षिण कोरियाको दुतावासले जनाएको छ ।

यसअघि जुनसुकै प्रकारको भिसा आवेदनहरु दुतावास आफैले लिने गरेको थियो । तर, केही वर्षअघि देखि आवेदकले अपोइन्टमेन्ट स्ल्टहरु नपाउने र कतिपय अवस्थामा अपोइन्टमेन्टका लागि बाहिरी मानिसहरुलाई मोटो रकम बुझाएर लिन पर्ने अवस्था बनिरहेको थियो । दलाल मार्फत् अपोइन्टमेन्ट लिन नेपाली नागरिकहरुले ४५ हजार रुपैयाँसम्म बुझाउँदै आइरहेका थिए ।

भिसा आवेदनका लागि यही डिसेम्बर १७ देखि कोरिया भिसा आवेदन केन्द्र पुल्चोक ललितपुरमा सम्पर्क राख्न सकिने गरी व्यवस्थापन गरिएको दुतावासले जानकारी दिएको छ ।

नेपालमा रहेका धेरै दुतावासहरुले भिसा आवेदन केन्द्रमार्फत् विभिन्न भिसाहरुको प्रशोधन गरिरहेका छन् । दुतावास नै रहेको जापानले पनि केही वर्षअघिदेखि भीएफएस मार्फत् भिसा आवेदन लिँदै आएको छ । भीएफएसलाई यो जिम्मेवारी दिनुपूर्व जापान दुतावासले नै भिसा आवेदन लिने र ३ दिनभित्र पासपोर्ट फिर्ता गर्दै आएको थियो ।

युरोपका सबै देशहरुले भिसा आवेदन केन्द्रमार्फत् भिसा सम्बन्धी कामहरु गरिरहेका छन् भने स्वीजरल्याण्ड दुतावासले पनि केही महिना अघिदेखि भीएफएसलाई भिसा सम्बन्धी आवेदन लिने जिम्मेवारी दिएको छ । जर्मन दुतावासले भने अहिलेसम्म दुतावासबाटै भिसा आवेदन स्वीकार गरिरहेको छ ।

अमेरिकी दुतावासले पनि काठमाडौंस्थित दुतावासबाटै भिसा सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ । केही समयअघिसम्म थाइ दुतावासले पनि दुतावासमै आवेदन लिने र भिसा सम्बन्धी निर्णय गर्दै आएकोमा उसले पनि भिसा आवेदन केन्द्रबाट मात्रै आवेदनहरु लिन थालेको छ । नेपालीहरुको आकर्षक गन्तव्य रहेको अष्ट्रेलिया, क्यानाडा, संयुक्त अधिराज्य (युके), चिनलगायतका देशहरुले पनि भिसा आवेदन केन्द्रमार्फत् मात्रै भिसा सम्बन्धी आवेदन लिँदै आएका छन् ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment