प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार

फोटो : मार्क शिफेलबीन/एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले तयार पारेको युद्ध अन्त्य गर्ने प्रस्ताव “अहिलेसम्म पढ्न पनि तयार नभएको” आरोप लगाएका छन्। फ्लोरिडामा अमेरिकी र युक्रेनी अधिकारीहरूबीच तीन दिनसम्म चलेको वार्तापछि ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो।
ट्रम्पले भने, “जेलेन्स्कीले प्रस्ताव पढेका छैनन् भन्ने कुरा केही घण्टा अघि मात्र मैले थाहा पाएँ। उनका सहयोगीहरूलाई प्रस्ताव मन परेको छ, तर उनलाई भने छैन।”
अमेरिकी र युक्रेनी अधिकारीहरूबीचको वार्ता कुनै स्पष्ट नतिजा बिना नै टुङ्गिएको थियो।
जेलेन्स्की लन्डनमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मर तथा फ्रान्स र जर्मनीका नेताहरूसँग भेट्न गएका छन्। त्यहाँ वार्ताको मुख्य एजेन्डा अमेरिका–युक्रेनबीच जारी शान्ति वार्ता नै हो।
स्टार्मरले बारम्बार “युक्रेनले आफ्नो भविष्य आफैँले निर्धारण गर्नुपर्छ” भन्दै आएका छन्।
उनले युरोपेली शान्ति–सेनाले युक्रेनको सुरक्षा सुनिश्चित गर्न “महत्वपूर्ण भूमिका” खेल्ने दाबी गरेका छन्।
अमेरिकाले युक्रेन–रूसबीच शान्ति सम्झौता अगाडि बढाउने प्रयास गरिरहेको छ।
अमेरिकी अधिकारीहरूले सम्झौता “अन्तिम चरण” मा पुगेको बताइरहेका छन्। तर युक्रेन र रूस दुवैले ट्रम्पको टिमले बनाएर दिएको ढाँचा–सम्झौतामा हस्ताक्षर गर्ने कुनै संकेत दिएका छैनन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने सार्वजनिक रूपमा अमेरिकी योजनाको समर्थन गरेका छैनन्। गत हप्ता उनले ट्रम्पको प्रस्तावका केही तत्वहरू “अव्यावहारिक” भएको बताएका थिए।
अमेरिकी प्रस्ताव नोभेम्बरमा पहिलोपटक बाहिरिएदेखि नै धेरैपटक संशोधन भइसकेको छ। पहिलो प्रस्तावलाई आलोचकहरूले “रूसप्रति धेरै नरम” भएको आरोप लगाएका थिए।
यसैबीच रूसले ट्रम्प प्रशासनले जारी गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिको स्वागत गरेको छ।
रूसी प्रवक्ता दिमित्री पेस्कोभले उक्त दस्तावेज “मस्कोको दृष्टिकोणसँग धेरै मिल्दोजुल्दो” रहेको टिप्पणी गरे।
रणनीतिमा अमेरिकाले रूससँगको सम्बन्ध सुधार्न चाहेको उल्लेख छ। पछिल्ला वर्षहरूमा अमेरिका–रुस सम्बन्ध तनावपूर्ण बनेको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
