प्रकाशित मिति : मंसिर २१, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमाली आप्रवासीलाई ‘फोहोर’ भन्दै टिप्पणी गरेपछि रिपब्लिकन राज्य सिनेटरले प्रतिवाद गरेका छन्।
मिनेसोटाका राज्य सिनेटर जिम एबेलरले राष्ट्रपति डोनाल्ड ट्रम्पका सोमालीहरूबिरुद्ध गरेका आपत्तिजनक टिप्पणीहरू पछि सोमाली समुदायको पक्षमा उभिएको बताएका हुन्। उनले मिनेसोटा लक्षित आप्रवासन कारबाहीबारे आएका रिपोर्टहरूलाई सम्बोधन गर्दै सोमाली समुदायको पक्षमा पत्र लेखेर ट्रम्पलाई पठाएका छन्।
ट्रम्पले सोमाली आप्रवासीहरूलाई “फोहोर” भन्ने सहित विदेशी–विद्वेषपूर्ण टिप्पणी गर्दै “उनीहरूले हाम्रो देश नष्ट गरिदिए” भनेका थिए।
यूएस इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले मिनियापोलिस–केन्द्रित आप्रवासी अभियान “अपरेशन मेट्रो सर्ज” को पुष्टि गरेको थियो।
मिनेसोटाका प्रमुख डीएफएल नेताहरूले ट्रम्पका भनाइहरूको कडा रूपमा आलोचना गरेका थिए।
राज्य सिनेटर एबेलरले राष्ट्रपति ट्रम्पलाई सोमाली समुदायसँग भेट्न निमन्त्रणासहित पत्र लेखेका हुन्। उनले सोमालीहरू कसरी “मिनेसोटाको सामाजिक संरचनामा बुनिएका छन्” भन्ने बुझ्न सहयोग गर्ने बताए।
“जब मैले सोमाली पुरूष र महिलालाई ‘फोहोर’ भनेर ट्रम्पले गरेको टिप्पणी सुनेँ, म अचम्मित भएँ,” एबेलरले लेखे।
“मलाई चिनेका सोमालीहरू र म धेरैलाई चिन्छु त्यो केही होइनन्। उनीहरू व्यवसायी, चालक, परिवार पाल्ने श्रमिक, लगानीकर्ता, नर्स, विद्यार्थी, पण्डित अथवा ठ्याक्कै मेरा पुर्खाहरू जस्तै छन्,” भनेर पत्रमा लेखेका छन्।
एबेलरले आफूले यो पत्र लेख्नुको कारण आफ्नो आस्था र मानवताप्रतिको सम्मान भएको बताए।
सोमाली भाषामा अनुवाद भएपछि उनले लेखेको पत्र अनलाइनमा पोस्ट भएपछि उनलाई समर्थन गर्नेहरूको संख्या र सम्मान बढेको अनुभूति भएको बताए।
उनले सबै आप्रवासीहरू अमेरिकाका लागि खतरा होइनन् भन्दै आप्रवासी र अमेरिकी मिलेर नै अमेरिकालाई महान् बनाउन सकिने बताए। उनले अमेरिकालाई सुरक्षित बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
