ट्रम्पको जन्मदिनमा राष्ट्रिय पार्कहरूको भ्रमण गर्दा शुल्क तिर्नु नपर्ने



प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार

ट्रम्पको जन्मदिनमा राष्ट्रिय पार्कहरूको भ्रमण गर्दा शुल्क तिर्नु नपर्ने

फोटो : रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मदिनमा राष्ट्रिय पार्कहरूको भ्रमण गर्दा प्रवेश शुल्क नलाग्ने भएको छ। ट्रम्पको जन्मदिन जुन १४ मा पर्दछ। उक्त दिनलाई ‘फ्ल्याग डे’ को रूपमा पनि मनाउने गरिन्छ।

ट्रम्प प्रशासनले आगामी वर्षका लागि राष्ट्रिय पार्कहरूमा प्रवेश शुल्क नलाग्ने दिनहरूको सूचीबाट मार्टिन लुथर किङ जुनियर दिवस र ‘जुनिटिन्थ’का जन्मदिनलाई हटाएर राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मदिन समावेश गरेको हो।

जातीय इतिहाससम्बन्धी पुनर्मूल्यांकनलाई ट्रम्प प्रशासनले निरन्तर दबाउन खोजिरहेको संकेतका रूपमा यो कदमलाई हेरिएको छ।

राष्ट्रिय पार्क सेवाको ११०औँ वार्षिकोत्सव अगस्ट २५, संविधान दिवसको दिन सेप्टेम्बर १७, र राष्ट्रपति टेडी रूजवेल्टको जन्मदिन अक्टोबर २७ मा पार्क भ्रमण गर्दा शुल्क तिर्नु नपर्ने भएको छ। यी परिवर्तनहरू जनवरी १, २०२६ देखि लागू हुनेछन्।

ट्रम्पको जन्मदिनमा राष्ट्रिय पार्कहरूको भ्रमण गर्दा शुल्क तिर्नु नपर्ने

नयाँ नीतिअनुसार अमेरिकी नागरिक नभएकाहरूले भने शुल्क तिर्नु नपर्ने घोषणा गरिएका दिनहरूमा पनि शुल्क तिर्नु पर्नेछ।

अमेरिकामा रहेका ११ अत्यधिक लोकप्रिय राष्ट्रिय पार्कहरूमा अन्तर्राष्ट्रिय पर्यटकहरूले सामान्य प्रवेश शुल्कका अतिरिक्त १०० डलर र वार्षिक पासका लागि २५० डलर तिर्नुपर्ने हुन्छ। अमेरिकी बासिन्दाका लागि वार्षिक पास ८० डलरमै कायम रहनेछ।

यो कदम ह्वाइट हाउसले जुलाईमा जारी गरेको कार्यकारी आदेशलाई अनुशरण गर्दै आएको हो।

गैर-अमेरिकी पर्यटकहरूका लागि शुल्क बढाउने र अमेरिकी नागरिकहरूलाई अनुमति, लटरी नियम वा अन्य क्षेत्रमा प्राथमिकता दिने निर्देशन कार्यकारी आदेशमा दिइएको थियो।

राष्ट्रिय पार्क सेवाको मातहतको आन्तरिक मामिला विभागले नयाँ शुल्क–मुक्त दिनहरूलाई “देशभक्तिपूर्ण शुल्क–मुक्त दिनहरू” भनेर सम्बोधन गरेको छ।

विभागले यसलाई “अमेरिकी जनताका लागि राष्ट्रिय पार्कहरूलाई अझ पहुँचयोग्य, किफायती र प्रभावकारी बनाउने ट्रम्पको प्रतिबद्धता” का रूपमा प्रशंसा गरेको छ।

नयाँ क्यालेन्डर ट्रम्प प्रशासनका तीनै पहिलाका प्रयासहरूसँग मेल खाएको देखिन्छ।

राष्ट्रिय पार्क भ्रमणकर्तालाई अमेरिकी इतिहास वा व्यक्तिहरूलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने कुनै पनि सूचना वा साइन बोर्ड देखिएमा रिपोर्ट गर्न आग्रह गरिएको थियो।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment