वासिङ्टनमा २०२१ मा राखिएको पाइप बम प्रकरणमा पक्राउ परेका व्यक्तिलाई अदालतमा उपस्थित गराइँदै



प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार

वासिङ्टनमा २०२१ मा राखिएको पाइप बम प्रकरणमा पक्राउ परेका व्यक्तिलाई अदालतमा उपस्थित गराइँदै

तस्वीर स्रोत : एफबीआई

अमेरिकी क्यापिटलमा सन् २०२१ जनवरी ६ को दंगा हुनु भन्दा अघिल्लो रात डेमोक्रेटिक र रिपब्लिकन पार्टीका मुख्यालयबाहिर पाइप बम राखेको आरोपमा पक्राउ परेका व्यक्तिलाई शुक्रबार अदालतमा उपस्थित गराइँदै छ । 

वर्षौँदेखि अनुसन्धानकर्तालाई चुनौती बनेको यो घटनामा प्रगति भएको भन्दै डिपार्टमेन्ट अफ जस्टिसले आरोपीलाई शुक्रबार अदालतमा उपस्थित गराउने तयारी भएको जानकारी दिएको हो । 

उक्त आरोपमा भर्जिनियाका ३० वर्षीय ब्रायन कोल जुनियर बिहीबार पक्राउ परेका थिए । उनी शुक्रबार वासिङ्टनस्थित सङ्घीय अदालतमा विस्फोटकसम्बन्धी दुई मुद्दामा पेस हुनेछन्।

जनवरी ५, २०२१ को साँझ क्यापिटल भवन नजिक डेमोक्रेटिक नेशनल कमिटी र रिपब्लिकन नेशनल कमिटीका मुख्यालयबाहिर पाइप बम राखिएको थियो। यी बमहरू भोलिपल्ट मात्र फेला परेका थिए भने प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेका थिए।

वासिङ्टनमा २०२१ मा राखिएको पाइप बम प्रकरणमा पक्राउ परेका व्यक्तिलाई अदालतमा उपस्थित गराइँदै

एफबीआईका अनुसार बमहरू नफुटे पनि त्यसले क्यापिटलमा भीड नियन्त्रणका लागि आवश्यक प्रहरी स्रोत–साधन डाइवर्ट गराएको थियो, सोही बेला हजारौँ ट्रम्प समर्थकहरूले २०२० चुनाव परिणाम प्रमाणीकरण रोक्न क्यापिटल भवनतर्फ धकेलिरहेका थिए।

डिपार्टमेन्ट अफ जस्टिसले घटनाको उद्देश्य वा क्यापिटल दङ्गासँगको प्रत्यक्ष सम्बन्धबारे कुनै जानकारी दिएको छैन।

एफबीआईले अदालतमा पेस गरेको प्रतिज्ञा पत्रअनुसार, बममा प्रयोग भएका पाइप, किचन टायमर र ब्याट्री कनेक्टरजस्ता सामग्रीहरूको खरिद कोलसँग मेल खाएको छ। साथै, मोबाइल फोन र लाइसेन्स प्लेट डेटाले उनलाई घटनास्थल नजिकै देखाएको बताइएको छ।

यी आरोपमा उनलाई अधिकतम २० वर्ष जेल सजाय हुनसक्ने अनुमान गरिएको छ।

अटर्नी जनरल पाम बन्डीका अनुसार नयाँ प्रमाण नभए पनि पुराना प्रमाणहरूको पुनः विश्लेषणपछि आरोपी पहिचान गर्न सम्भव भएको हो । ट्रम्पद्वारा नियुक्त एफबीआई अधिकारी काश पटेल र डान बोंजिनोले पनि यस केस समाधानमा विशेष ध्यान दिएका थिए । 

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment