प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

आगामी ‘२०२६ फिफा विश्वकप’मा अमेरिका जान चाहने समर्थकहरूले ह्वाइट हाउसबाट नयाँ चेतावनी पाएका छन्। अमेरिकाले केही देशका समर्थकहरूलाई प्रतियोगितामा सहभागी हुन रोक्ने सङ्केत दिएको छ भने स्टेडियम वरिपरि आप्रवासन अधिकारीहरूले छापामारी गर्ने सम्भावनाको कुरा पनि उठाएको छ।
ह्वाइट हाउसको विश्वकप कार्यदलका प्रमुख एन्ड्र्यू जुलियानीले खेलका क्रममा आप्रवासन र आइसका अपरेशनहरू अस्वीकार गरिएको बताएका छन् । साथै, जसलाई “सम्भावित खतरा” मानिन्छ, उनीहरूले भिसा पाउने छैनन्।
जुलियानीका अनुसार हाइटी र इरानका समर्थकहरूलाई विश्वकपमा सहभागिता गर्न अनुमति नदिने तयारी भइरहेको छ। यी देशहरूलाई १९ देशको पूर्ण भिसा प्रतिबन्ध सूचीमा राखिएको छ। ट्रम्प प्रशासनले आगामी समयमा सूची ३० देशसम्म विस्तार गर्न सक्ने जनाएको छ।
अमेरिकामा आयोजना हुने विश्वकप इतिहासकै ठुलो हुनेछ । जसमा ४८ टोलीले भाग लिनेछन् भने प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ। आयोजकहरूले करिब ५ देखि ७ लाख अन्तर्राष्ट्रिय समर्थकहरू विशेष गरी अमेरिका पुग्ने अनुमान गरेका छन् ।
तर, खेलको स्वागतयोग्य प्रचार र कडा आप्रवासन नियमबीचको भिन्नताले मानवअधिकार समूह, नागरिक सङ्गठन र शहरका नेताहरूमा चिन्ता बढाएको छ। उनीहरूले विश्वकपको वातावरण आक्रामक आप्रवासन प्रवर्तनको छायामा पर्न सक्ने बताएका छन्।
ट्रम्प प्रशासनले विश्वकपलाई आर्थिक र सफ्ट-पावर सफलता भनेर प्रचार गर्दै आएको छ। तर, ट्राभल ब्यानका कारण कतिपय देशका सामान्य समर्थकहरूलाई प्रतियोगितामा प्रवेशमा रोक लगाइएको छ।
जुलियानीले स्पष्ट पारेका छन्, “हरेक भिसा पहिलो र सबैभन्दा पहिला राष्ट्रिय सुरक्षाको निर्णय हो। यदि तपाईँ सम्भावित खतरा हुनुहुन्छ भने भिसा स्वीकृत हुँदैन। तर, यदि तपाईँ अमेरिका भ्रमण गर्न, खर्च गर्न र आनन्द लिन आउनु भएको हो भने स्वागत छ।”
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
