अमेरिकाको न्यू ओर्लिन्समा गैर कानुनी आप्रवासी लक्षित कारबाही अभियान सुरु, समुदायमा त्रास



प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

अमेरिकाको न्यू ओर्लिन्समा गैर कानुनी आप्रवासी लक्षित कारबाही अभियान सुरु, समुदायमा त्रास

अमेरिकी आप्रवासन अधिकारीहरूले न्यू ओर्लिन्समा गैर कानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई लक्षित गर्दै विशेष पक्राउ अभियान सुरु गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको देशव्यापी कडाइ अभियानअन्तर्गत न्यू ओर्लिन्समा कारबाही अगाडी बढाइएको हो । 

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार अभियानले स्थानीय हिरासतबाट छुटाइएका ती आप्रवासी अपराधीहरूलाई प्राथमिकता दिनेछ, जसलाई सङ्घीय आप्रवासन निकायसँग सहकार्य सीमित गर्ने सहर नीतिका कारण छाडिएको थियो।

ट्रम्प प्रशासनले यसअघि पनि लस एन्जलस, शिकागो र वासिङ्टन डी.सी. जस्ता डेमोक्र्याट नेतृत्वका प्रमुख अमेरिकी सहरहरूमा यस्तै कारबाही अघि बढाइसकेको छ। उनले देश निकाला (डिपोर्टेशन) सङ्ख्या ऐतिहासिक स्तरमा पुर्‍याउने लक्ष्य सार्वजनिक गर्दै आएका छन्।

तर, न्यू ओर्लिन्सकी मेयर लाटोया कान्ट्रेल र स्थानीय प्रहरी विभागले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। त्यस्तै, ल्युसियाना राज्यका रिपब्लिकन गभर्नर जेफ ल्यान्ड्रीले भने सङ्घीय अभियानलाई पुनः समर्थन जनाएका छन्।

अमेरिकाको न्यू ओर्लिन्समा गैर कानुनी आप्रवासी लक्षित कारबाही अभियान सुरु, समुदायमा त्रास

तर, लक्षित सहरका बासिन्दा र अधिकारीहरूले भने आप्रवासन कडाइविरुद्ध आवाज उठाइरहेका छन्। बोर्डर पेट्रोल र आइसले कुनै आपराधिक रेकर्ड नभएका मानिसहरूलाई समेत कडाइपूर्ण रूपमा समातेर बासिन्दाहरूको सुरक्षामा जोखिम बढाइरहेको उनीहरूले आरोप लगाएका छन् । 

न्यू ओर्लिन्सकै एक परिवारद्वारा सञ्चालित रेस्टुरेन्टमा एक महिलाले घर–काम आवतजावतका क्रममा सङ्घीय एजेन्टहरूले चिनारी नदिउन् भनेर आफ्ना परिवारका सदस्यका लागि रेस्टुरेन्टमै अस्थायी बिछ्यौना तयार गरेको बताइन्।

मेक्सिकोबाट दुई दशकअघि आएका उनीहरूले अझै कानुनी स्थिति पाउन नसकेको उनले बताइन्। “हामी मेहनती मानिस हौँ, अपराधी होइनौँ,” उनले भनिन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment