टेनेसीको विशेष चुनाव रिपब्लिकनको पक्षमा गयो, ट्रम्प खुशी



प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार

टेनेसीको विशेष चुनाव रिपब्लिकनको पक्षमा गयो, ट्रम्प खुशी

अमेरिकामा सम्पन्न प्रतिनिधिसभाको चुनावमा रिपब्लिकन उम्मेदवार विजयी भएका छन्। टेनेसीको विशेष चुनावमा रिपब्लिकन उम्मेदवार म्याट भ्यान एप्स प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

यो नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगसँगै यो कन्जरभेटिभ रूढिवादी क्षेत्रमा रिपब्लिकनहरूको पकड कायम भएको देखाएको छ।

तर विजयी अन्तर तुलनात्मक रूपमा कम रहेकाले डेमोक्र्याटहरूले आगामी वर्षको मध्यावधि चुनावमा पुनः शक्ति हात पार्न सकिने आशा जीवित राखेका छन्।

ड्याशभिलका पूर्व सैनिक र पूर्व राज्य जनरल सेवाका आयुक्त (कमिस्नर) भ्यान एप्सले डेमोक्र्याटिक राज्य सांसद अफ्टिन बेनलाई हराएर सातौँ कङ्ग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गर्ने भएका हुन्।

टेनेसीको विशेष चुनाव रिपब्लिकनको पक्षमा गयो, ट्रम्प खुशी

गत वर्ष सोही सिट जित्ने रिपब्लिकन उम्मेदवारले २१ अङ्कले जितेका थिए। ट्रम्पले पनि यो क्षेत्र २२ अङ्कले जितेका थिए।

डेमोक्र्याटिक उम्मेदवार बेनले डिस्ट्रिक्टको सबैभन्दा डेमोक्र्याट-झुकाव भएको ड्याभिडसन काउन्टीमा ठूलो मत ल्याए। तर भ्यान एप्सले ट्रम्पसँग आफ्नो सम्पर्क कडा गर्दै मध्य टेनेसीका धेरै ‘डीप-रेड’ काउन्टीहरूबाट पर्याप्त मत हासिल गरेका देखिएका छन्।

भ्यान एप्सले “राष्ट्रपतिबाट टाढा भाग्ने वा अमेरिकी जनताले ठोस म्यान्डेट दिएका नीतिहरू त्याग्ने राजनीतिज्ञहरू जोखिममा हुन्छन्” भनेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा भ्यान एप्सलाई बधाई दिँदै “कट्टरवादी वामपन्थीहरूले सबै प्रहार गरे पनि उनले जितेको” बताए।

डेमोक्र्याटिक नेशनल कमिटीका अध्यक्ष केन मार्टिनले भने, “रिपब्लिकनहरूले अब डराउनुपर्छ। टेनेसीमा देखिएको परिणामले देखाउँछ डेमोक्र्याटहरू आक्रामक अवस्थामा छन्, र रिपब्लिकनहरू रक्षात्मक छन्।”

ट्रम्प समर्थक समूहले भ्यान एप्सको अभियानमा करिब १.७ मिलियन डलर खर्च गरेको छ। जसको ठूलो हिस्सा अनलाइन भिडियो हेर्ने मतदातालाई लक्षित डिजिटल विज्ञापनमा गएको देखिएको छ। गत वर्षको राष्ट्रपति चुनावपछि पहिलोपटक समूहले यति ठूलो रकम खर्च गरेको हो।

रिपब्लिकन नेतृत्वले यस निर्वाचनलाई डेमोक्र्याटहरूको दाबी अस्वीकार गर्ने अवसरका रूपमा हेरेका थिए। किनकि ट्रम्पको कम स्वीकृति दर र आर्थिक असन्तुष्टिका बीच डेमोक्र्याटहरूले हालै न्यु जर्सी, भर्जिनिया लगायतका स्थानहरूमा ठूलो जित हात पारेका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment