न्युयोर्कका ८ अध्यागमन न्यायाधीश बर्खास्त, नेपालीका ३६ सय एसाइलम मुद्दामा कस्तो असर?



प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

न्युयोर्कका ८ अध्यागमन न्यायाधीश बर्खास्त, नेपालीका ३६ सय एसाइलम मुद्दामा कस्तो असर?

ट्रम्प प्रशासनले न्यूयोर्क शहरका ८ जना अध्यागमन न्यायाधीशलाई हटाएको छ। ट्रम्प प्रशासनले सोमबार यस्तो निर्णय गरेको हो ।न्यायाधीशहरु २६ फेडेरल प्लाजामा कार्यरत थिए । त्यहाँ कार्यरत अध्यागमन न्यायाधीशहरुलाई बर्खास्त गरिएको राष्ट्रिय अध्यागमन न्यायाधीश संघले जानकारी दिएको छ ।

ट्रम्प प्रशासनले बर्खास्त गरेको ओहायोकी अध्यागमन न्यायाधीश तानिया नेमरले सोमबार गैरकानूनी भेदभावको शिकार भएको आरोप लगाउँदै न्याय मन्त्रालय विरुद्ध मुद्दा दायर गरेपछि यो घटना भएको हो। नेमरलाई उनको परीक्षण अवधिको बिचमा अचानक बर्खास्त गरिएपछि उनले मुद्धा दायर गरेकी थिइन् ।

होमल्यान्ड सेक्युरिटीले सक्रिय रूपमा देश निकाला गर्न न्यायाधीशहरू भर्ती गरिरहेको समयमा पछिल्लो बर्खास्ती भएको छ । ट्रम्प प्रशासनले फेब्रुअरी २०२५ मा कुनै स्पष्टीकरण बिना २० अध्यागमन न्यायाधीशहरूलाई हटाएको थियो, जसमा १३ जना भर्खरै नियुक्त भएका तर शपथ लिन बाँकी रहेका न्यायाधीशहरू पनि थिए।

अध्यागमन अदालतहरुमा ३४ लाख भन्दाबढी अध्यागमन मुद्धाहरु पेन्डिङ अवस्थामा छन् । त्यसमध्ये न्युयोर्कमा मात्र झण्डै २ लाख ५० हजार मुद्दाहरु पेन्डिङ रहेका छन् ।

न्युयोर्कका ८ अध्यागमन न्यायाधीश बर्खास्त, नेपालीका ३६ सय एसाइलम मुद्दामा कस्तो असर?

ट्रान्जेक्शनल रेकर्डस एक्सेस क्लियरिङहाउसका अनुशार अमेरिकामा नेपालीका ९ हजार ६ सय भन्दा बढी अध्यागमन सम्बन्धि मुद्दाहरु अदालतमा पेन्डिङ अवस्थामा रहेका छन् । जसमध्ये ३६ सय मुद्दाहरु न्युयोर्कको अदालतमा पेन्डिङ रहेका छन् । नेपालीका मुद्दाहरु दोश्रोमा सान फ्रान्सिस्कोमा झण्डै १७ सय र सान एन्टोनियो टेक्सासमा झण्डै १३ सय मुद्दाहरु अध्यागमन अदालतमा पेन्डिङ रहेका छन् ।

न्युयोर्कको अध्यागमन अदालतमा नेपालीका सबैभन्दा धेरै मुद्दाहरु पेन्डिङ रहेकाले पछिल्लो बर्खास्तीले नेपालीका मुद्दामा पनि असर पर्ने देखिएको छ । यद्यपी कति नेपालीका मुद्दामा असर पर्छ भन्नेबारे यकिन विवरण भने उपलब्ध छैन । यस अगाडि पनि केही नेपालीहरुले अध्यागमन न्यायाधिसको बर्खास्तीका कारण आफ्ना मुद्दाबारे अन्यौल उत्पन्न भएको जानकारी खसोखासलाई दिएका थिए ।

न्युयोर्कका अध्यागमन वकिल खगेन्द्र जीसीले न्यायाधीशको बर्खास्ती भएको अवस्थामा मुद्दा “प्रि हियरिङ क्यू” अर्थात् मास्टर क्यालेन्डरमा फर्किने जानकारी दिनुभएको छ । यो अवस्थामा मुद्दाको स्थिति “पेन्डिङ तर सुनुवाइ मिति नतोकिएको” अवस्थामा रहन्छ । नयाँ न्यायाधीश नियुक्त नभएसम्म मुद्दा त्यहीँ रहने जीसीको भनाई छ । नयाँ न्यायाधीश आएपछि मात्र मुद्दा निकालेर नयाँ मिति तोकिने भएकाले मुद्दामा ढिलाई हुने उहाँले जानकारी दिनुभयो ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment