११ महिनामा एक लाख ५ हजारबढी अमेरिकी पर्यटक नेपाल भित्रिए, नोभेम्बरमा मात्रै ११ हजार बढी 



प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

११ महिनामा एक लाख ५ हजारबढी अमेरिकी पर्यटक नेपाल भित्रिए, नोभेम्बरमा मात्रै ११ हजार बढी 

फाइल तस्वीर । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भु महाचैत्यको तस्बिर कैद गर्दै विदेशी पर्यटक ।

सन् २०२५ को नोभेम्बरमा अमेरिकाबाट ११ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर महिनामा ११ हजार २५४ पर्यटक नेपाल भित्रिएका हुन् । यो सङ्ख्या अघिल्लो महिनाको भन्दा कम हो । अघिल्लो महिना अक्टोबरमा १३ हजार २८६ जना अमेरिकी पर्यटक नेपाल आएका थिए । 

नोभेम्बरमा कुल एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । यस्तै, चीनबाट सात हजार ८७१, बेलायतबाट सात हजार १८९, बङ्गलादेशबाट पाँच हजार ६५३, अष्ट्रेलियाबाट पाँच हजार ३९३, श्रीलङ्काबाट चार हजार ८३१, म्यानमारबाट चार हजार ४८४, फ्रान्सबाट चार हजार २११ र जर्मनीबाट चार हजार १३४ पर्यटक भित्रिएका छन् । 

क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट पाँच हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्य पूर्वी मुलुकबाट एक हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट छ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ विदेशी पर्यटक भित्रिएका छन् । जसमा अमेरिकी पर्यटक मात्रै एक लाख ५ हजार २३९ जना रहेका छन् ।

११ महिनामा एक लाख ५ हजारबढी अमेरिकी पर्यटक नेपाल भित्रिए, नोभेम्बरमा मात्रै ११ हजार बढी 

यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबर महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ ।

पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका थिए । भारतबाट अक्टोबर महिनामा मात्र १७ हजार २९८ पर्यटक नेपाल घुम्न आएका थिए । यस्तै, अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट आठ हजार ७१८ पर्यटक नेपाल भित्रिएका थिए । 

अक्टोबरमा छिमेकी मुलुक चीनबाट ६ हजार ७५५ तथा जर्मनीबाट छ हजार ३६६ पर्यटक नेपाल आएका थिए । पर्यटक आगमन अवस्था हेर्दा कूल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१ दशमलव ६ प्रतिशत रहेको थियो । युरोपेली मुलुकबाट मात्र ४० हजार ६० पर्यटक नेपाल आएका थिए । 

त्यस्तै, अक्टोबरमा दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२ दशमलव ६ प्रतिशत पर्यटक आएका थिए भने भारतसहित सार्क देशबाट २९ हजार ६० पर्यटक नेपाल भित्रिएका थिए । अन्य एसियाली देशबाट २३ हजार १२७ पर्यटक नेपाल आए । 

यस्तै, अघिल्लो महिना सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । बोर्डका अनुसार सेप्टेम्बरमा भारतबाट १५ हजार ५५६, चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका थिए ।

साथै, अगस्टमा भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका थिए । यस्तै, अगस्ट महिनामा चीनबाट सात हजार ५३३ अर्थात् ८ दशमलव ५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६ दशमलव ८ प्रतिशत, श्रीलङ्काबाट पाँच हजार ९५६ अर्थात् ६ दशमलव ७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४ दशमलव ८ प्रतिशत पर्यटक भित्रिएका थिए ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment