प्रकाशित मिति : मंसिर १५, २०८२ सोमबार

आइस अधिकारीहरुले अदालतको आदेशको अवज्ञा गर्दै १९ वर्षीया विद्यार्थी आनी लुसिया लोपेज बेलोझालाई देश निकाला गरेको उनका वकिलले आरोप लगाएका छन् । थ्याङ्स गिभिङ मनाउन अमेरिकाबाट होन्डुरस जाने क्रममा उनलाई आइसका अधिकारीहरुले पक्राउ गरेको र देश निकाला गरिएको उनका वकिलले सार्वजनिक गरेका हुन् । उनले भने -“अदालतको स्पष्ट आदेशको अवज्ञा गर्दै हत्याको संदिग्धझैँ हत्कडी लगाएर अमेरिकाबाट होन्डुरस देश निकाला गरिएको छ।”
उनी सानै उमेरमा परिवारसँग शरण खोज्दै अमेरिका आएकी थिइन् । म्यासाचुसेट्सबाट टेक्सास जाने क्रममा उनलाई एयरपोर्टमा पक्राउ गरिएको थियो । उनी पक्राउ परेको केही घण्टाभित्रै एक जना संघीय न्यायाधीशले उनलाई अमेरिकाबाट नहटाउन र म्यासाचुसेट्सबाहिर स्थानान्तरण नगर्न आदेश दिएका थिए। तर, अध्यागमन अधिकारीहरूले सोही साँझ उनलाई टेक्सास स्थानान्तरण गरे र भोलिपल्टै होन्डुरस पठाए।
अदालतको आदेशको बाबजुद आइसले द्रुत गतिमा गरेको यो कार्यले उनको अधिकारको उलंघन भएको समेत वकिलले बताएका छन् । उनलाई अमेरिका फिर्ता ल्याउने गरी प्रयासहरु भइरहेका छन् । “संवैधानिक अधिकार कायम राख्न उनलाई अमेरिका फिर्ता गरिनुपर्छ,” उनका वकिलले भने ।
अदालतको आदेशको उलंघन गर्दै आइस अधिकारीहरुले अन्य मानिसहरुलाई पनि देश निकाला गरिरहेका छन् । त्यसरी देश निकाला हुँदा यसमा प्रकृयागत त्रुटी, अदालतको आदेशको अवाज्ञा र निकालामा पर्नेहरुको व्यक्तिगत सुरक्षा सम्बन्धी चिन्ताहरु देखिएका छन् । कतिपय अवस्थामा न्यायाधीशले व्यक्तिलाई देश निकाला गर्नबाट रोक्ने कानुनी स्थिति प्रदान गरेता पनि यसको कार्यान्वयन हुन सकिरहेको छैन ।
यी विद्यार्थीलाई जस्तै किलमार एब्रेगो गार्सिया नामका साल्भाडोरका व्यक्तिलाई न्यायाधीशले उनको देशमा देश निकाला गर्न रोक लगाएका थिए। तर, उनलाई पनि आइस अधिकारीहरुले साल्भाडोर पठाए जहाँ उनलाई तुरुन्तै सुपरम्याक्स जेलमा राखिएको थियो।
धेरैजसो घटनामा वकिलहरूले आफ्ना पक्षको मौलिक देश निकाला आदेशको अभिलेख पाउन सकेका छैनन्, जसले गर्दा उनीहरूको कानुनी प्रक्रियामाथि प्रश्न उठेको छ। अध्यागमन अदालतमा निर्धारित सुनुवाइ वा पेशीमा हाजिर भएका व्यक्तिहरूलाई पनि अधिकारीहरूले अदालत परिसरबाटै पक्राउ गरी छोटो प्रक्रियाबाट देश निकाला गरेका उदाहरणहरू छन्, जसले कानुनी प्रक्रियाको अवहेलना गरिरहेको छ ।
एक ट्रान्सजेन्डर महिला ब्रिटानिया युरियोस्टेगुइ रिओसलाई संघीय न्यायाधीशले देश निकाला नगर्न आदेश दिएका थिए । मेक्सिको पठाउँदा यातनाको उच्च जोखिम सामना गर्नुपर्ने हुनसक्ने अदालतको ठहर थियो । उनलाई यातनाविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि अन्तर्गतको सुरक्षा प्राप्त थियो। तर उनलाई पनि अधिकारीहरुले नोभेम्बर २०२५ मा देश निकाला गरे । रोबर्ट अफ केनेडी ह्युमनराइट्सका अनुसार पछि उनलाई अमेरिका फिर्ता बोलाइयो र थुनामा राखिएको छ ।
त्यस्तै डाइलन लोपेज कन्टेरास हाई स्कूलका विद्यार्थी थिए । उनलाई पनि अदालतमा सुनुवाइको निम्ति उपस्थित भएका बेला पक्राउ गरिएको थियो । यी भेनेजुएलाका २० वर्षीय विद्यार्थी जसको कुनै अपराधिक रेकर्डहरु थिएनन् । न्युयोर्क सिटी अफिसको आधिकारिक वेबसाइटमा उल्लेख भएको विवरण अनुसार मे २१, २०२५ मा उनलाई पक्राउ गरिएको थियो । ब्रोन्क्सको एलिस प्रिप हाई स्कूलमा अध्ययनरत कन्टेरास ग्रिनकार्ड प्राप्त गर्ने बाटोमा थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
