प्रकाशित मिति : मंसिर १२, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होन्डुरसका पूर्व राष्ट्रपति हुआँ ओरलान्डो हेर्नान्डेजलाई क्षमादान दिन लागेको घोषणा गरेका छन्। हेर्नान्डेजले अहिले अमेरिकामा ४५ वर्षको जेल सजाय काटिरहेका छन्।
यो कदमले अमेरिकी अदालतले लगाएको लागू पदार्थ कारोबार (ड्रग ट्राफिकिङ) सम्बन्धी अभियोग पूर्णरूपमा हटाउनेछ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा पूर्व राष्ट्रपति हुआँ ओरलान्डो हेर्नान्डेजलाई पूर्ण र सम्पूर्ण क्षमादान दिने घोषणा गरेका हुन्। उनले हेर्नान्डेजलाई “अत्यन्तै कठोर र अन्यायपूर्ण व्यवहार” भएको आफूले महसुस गरेको बताए।
ट्रम्पले “राष्ट्रपतिका लागि टिटो अस्फुरालाई भोट दिनुहोस्, र हेर्नान्डेजलाई आगामी क्षमादानका लागि बधाई” भनेका छन्।
हुआँ ओरलान्डो हेर्नान्डेज सन् २०१४ देखि २०२२ सम्म होन्डुरसका राष्ट्रपति थिए।
गत वर्ष अमेरिकी अदालतले उनलाई ८ मिलियन डलर जरिवानासहित कडा सजाय सुनाएको थियो। अभियोजकहरूका अनुसार उनले आफ्नो शासनकालमा ४०० टनभन्दा बढी कोकिन अमेरिकातर्फ पठाउन ठूलो माफिया समूहसँग साझेदारी गरेका थिए। बदलास्वरूप उनले लाखौं डलरको घुस प्राप्त गरेका थिए।
अमेरिकी न्याय मन्त्रालयले हेर्नान्डेजले आफ्नो राजनीतिक शक्ति सुरक्षित राख्न, केही ड्रग तस्करहरूलाई अमेरिका झिकाएर हटाएका थिए, तर आफूलाई पैसा दिने र आज्ञा मान्ने तस्करहरूलाई भने होन्डुरसमै सुरक्षित राख्ने वाचा गर्ने गरेको बताएको छ।
ट्रम्प प्रशासनले पछिल्ला महिनाहरूमा क्यारेबियन र प्रशान्त क्षेत्रमा “लागू पदार्थ नियन्त्रण” नामक सैन्य गतिविधि बढाइरहेको छ। यही परिस्थितिमा क्षमादानको घोषणा आएको हो।
सन् २०२२ मा अमेरिकी न्याय मन्त्रालयले तीनवटा ड्रग ट्राफिकिङ र हतियारसम्बन्धी मुद्दा दर्ता गरेपछि हेर्नान्डेजलाई होन्डुरसले अमेरिकासमक्ष प्रत्यार्पण गरेको थियो। हेर्नान्डेजले भने आरोपहरू अस्वीकार गरेका थिए।
ट्रम्पले आफ्नो पोस्टमा होन्डुरसका रूढिवादी नेसनल पार्टीका राष्ट्रपतीय उम्मेदवार नास्री ‘टिटो’ अस्फुरालाई खुलेर समर्थन गरेका छन्।
उनी भन्छन् कि अमेरिकाको भविष्य समर्थन “चुनावको परिणाम” मा निर्भर रहनेछ। ट्रम्पले “यदि टिटो अस्फुरा जित्छन् भने अमेरिका पूर्णरूपमा सहयोग गर्नेछ। यदि उनले जितेनन् भने, गलत नेतृत्वले देशलाई विनाशतर्फ लैजान्छ।” होन्डुरसमा आइतबार चुनाव हुँदैछ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
