प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार

अध्यागमन विभागले नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूमाथि विशेष निगरानी अघि बढाएको छ । विभागले उच्च शिक्षा तथा भाषा, संस्कृति, कला, साहित्य र सङ्गीतलगायत विभिन्न शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीमाथि निगरानी बढाएको हो ।
विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार केही विदेशी विद्यार्थीहरूले नेपालमा दीर्घकालीन बसाइको वैकल्पिक उपायका रूपमा अध्ययन भिसा लिने गरेको, कक्षामा नियमित उपस्थिति नभई नक्कली कागजात पेश गरेर भिसा अवधि थप गर्न खोजेको तथा कोर्स सकिएपछि शैक्षिक प्रमाणपत्र समेत पेश नगरेको पाइएको हो ।
विभागका निर्देशक एवम् प्रवक्ता ढकालले भने, अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकहरूले नियमित रूपमा कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गरेको, अध्ययनको कोर्स पूरा भएपछि शैक्षिक प्रमाणपत्र समेत पेश गर्न नसकेको र कतिपय विदेशी विद्यार्थीहरू गैर कानुनी कार्यमा संलग्न रहेको पाइएको छ ।
विभागले केही विदेशी विद्यार्थी गैर कानुनी गतिविधिमा संलग्न रहेको देखिए पनि सम्बन्धित शैक्षिक संस्थाले विभाग वा स्थानीय प्रशासनलाई जानकारी नदिएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ ।
प्रवक्ता ढकालले विदेशी विद्यार्थीलाई व्यवस्थित तथा पारदर्शी ढङ्गले अध्ययनमा संलग्न गराउने उद्देश्यअनुरूप विभागले सबै शैक्षिक संस्थालाई नयाँ निर्देशन जारी गरेको जानकारी दिए ।
विभागले पठनपाठनमा नियमित संलग्नता सुनिश्चित गरेर मात्र विदेशी विद्यार्थीको भिसा सिफारिस गर्न, केवल आम्दानीको प्रयोजनले विदेशी विद्यार्थी भर्ना नगर्न सबै शैक्षिक संस्थालाई निर्देशन जारी गरेको छ । साथै, अध्ययनका बाहेक अन्य शङ्कास्पद गतिविधि देखिएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचित गर्न र शैक्षिक संस्थाभित्र विदेशी विद्यार्थीहरूको गतिविधि नियमित अनुगमन गर्न समेत विभागले निर्देशन गरेको छ ।
“अध्ययन भिसाको उद्देश्य विपरीत कुनै विदेशी नागरिक गैर कानुनी गतिविधिमा संलग्न रहेको पाइएमा तुरुन्तै स्थानीय प्रशासन वा विभागलाई जानकारी गराउन सबैमा अनुरोध छ ।”, ढकालले भने। विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरूलाई पनि नियमित अनुगमन गर्न अनुरोध गरिसकेको छ ।
अध्यागमन विभागका अनुसार प्रचलित कानुन बमोजिम विदेशी नागरिकलाई एकेडेमिक तथा नन–एकेडेमिक अध्ययनका लागि अध्ययन भिसा उपलब्ध गराइँदै आएको छ । तर, पछिल्ला अनुगमनका क्रममा कतिपय शैक्षिक संस्थाहरूले अध्ययनमा नियमित संलग्न नहुने र विद्यार्थीलाई समेत केवल आम्दानीको उद्देश्यले भर्ना गरेको पाइएको पछि कडाइ गरिएको विभागले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
