प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार

न्यूजिल्यान्डले आफ्नो ‘गोल्डेन भिसा’ कार्यक्रमलाई सजिलो र आकर्षक बनाएसँगै आवेदन दिनेको संख्यामा वृद्धि भएको छ । जुलाईदेखि मात्र अमेरिकी नागरिकहरूको आवेदन ७२ प्रतिशतले वृद्धि भएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
न्यूजिल्यान्डले पोर्चुगल, ग्रिस, माल्टा र स्पेन जस्ता देशहरूसँगको प्रतिस्पर्धामा अग्रता लिन ४ वर्षे नयाँ “बिजनेस इनभेष्टर वर्क भिसा” कार्यक्रम ल्याएको हो। यस कार्यक्रम अन्तर्गत विश्वभरका नागरिकहरुले व्यवसायमा लगानी गरी चार वर्षसम्म न्यूजिल्यान्डमा बस्न र काम गर्न सक्नेछन्।
नयाँ कार्यक्रममा आवेदन गर्न इच्छुकहरूले दुई विकल्पबाट छनोट गर्न सक्छन् । विकल्पहरु मध्ये १ मिलियन न्यूजिल्यान्ड डलर लगानी गरेर तीन वर्षे ट्र्याक वा २ मिलियन न्यूजिल्यान्ड डलर लगानी गरेर एक वर्षे द्रुत ट्र्याक रहेका छन् ।
आवेदन दिनुअघि कम्तीमा ५ लाख न्यूजिल्यान्ड डलर बराबरको सम्पत्ति र वार्षिक १ मिलियन न्यूजिल्यान्ड डलर आम्दानी हुने कम्पनी भएको प्रमाण देखाउनुपर्छ।
यद्यपी, जुवातास, तमाखु, फास्ट–फूड फ्रान्चाइज वा पाँच वर्षभन्दा कम पुराना कम्पनीमा लगानी गर्न पाइँदैन।
यी सबै खर्च र सर्तहरूका बाबजुद विदेशी नागरिकहरूका लागि स्थायी बसोबास (पीआर) र नागरिकतासम्म पुग्ने सजिलो मार्ग खुल्नेछ। कम्तीमा दुई वर्ष बस्नेपछि पीआर र पाँच वर्षपछि नागरिकताका लागि आवेदन दिन सकिनेछ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
