प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार

वेस्ट भर्जिनियाका रिपब्लिकन सिनेटर जिम जस्टिस र उनकी पत्नी क्याथी जस्टिसले सन् २००९ देखि तिर्न बाँकी संघीय आयकरको रूपमा आईआरएसलाई ५ मिलियन डलरभन्दा बढी तिर्न सहमति जनाएका छन्।
सोमबार दर्ता भएको अदालतको अभिलेख अनुसार डिपार्टमेन्ट अफ जस्टिसले मुद्दा दायर गरेपछि उनीहरूले ५ मिलियन डलर कर तिर्न सहमति जनाएका हुन् ।
अदालतमा दायर उजुरी अनुसार आईआरएसका कर सङ्कलनकर्ताहरूले बारम्बार बाँकी कर फिर्ता गर्न प्रयास गरेका थिए । तर, जस्टिस दम्पतीले कर तिर्न अस्वीकार गरेका थिए।
उजुरीमा भनिएको छ, “करको मूल्याङ्कन तिर्नको लागि सूचना र मागको बाबजुद जस्टिस र क्याथी एल. जस्टिसले ती मूल्याङ्कनको पूर्ण भुक्तानी अमेरिकालाई गर्नबाट बेवास्ता वा अस्वीकृत गरेका छन्।”
सहमति अनुसार जस्टिस दम्पतीले ५,१६४,७३९ दशमलव ७५ अमेरिकी डलर तिर्ने छन्, यसमा त्यसपछि लागू हुने कानुनी ब्याज र अन्य कर सम्बन्धी थप शुल्कहरू समेत समावेश हुनेछन्। यो सम्झौताले अझै न्यायाधीशको स्वीकृति पाउन बाँकी छ।
विशेषज्ञहरूले यो घटनाले जस्टिसको राजनीतिक र व्यवसायिक छवि दुवैमा प्रभाव पार्ने बताएका छन् ।
यो जस्टिसले हालसालै सामना गरेको पछिल्लो कर मुद्दा मात्र हो। गत महिना, वेस्ट भर्जिनिया राज्यका कर सङ्कलनकर्ताहरूले जस्टिस परिवारको स्वामित्व र सञ्चालित भव्य ग्रीनबियर होटेलमा १ दशमलव ३६ मिलियनको ऋण थोपरेको रिपोर्ट गरिएको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
