प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार

अमेरिकामा आमा-छोराको विवाद मिलाउन गएका एक सुरक्षा अधिकारीको गोली हानी हत्या गरिएको छ।
फ्लोरिडाको एट्लान्टिक तटस्थित बर्मुडा क्लब क्षेत्रमा यो घटना भएको हो। घरधनी महिलाले आफ्नै छोरालाई घरबाट निकाल्न माग गरेपछि प्रहरी र ताला-विशेषज्ञ घरमा पुगेका थिए।
घरको प्रवेशद्वारमा पुग्नेबित्तिकै छोराले बन्दुक निकालेर अन्धाधुन्ध गोली चलाएको प्रहरीले जानकारी दिएको छ।
महिलाको आग्रह अनुसार घर खाली गर्नका लागि सूचना दिन पुगेका बेला गोली चलेको हो। मृत्यु हुनेमा ४७ वर्षीय डेपुटी टेरी मास्का रहेका छन्। उनी २५ वर्षदेखि शेरिफ कार्यालयमा कार्यरत थिए।
इन्डियन रिभर काउन्टीका शेरिफ एरिक फ्लावर्सका अनुसार घटनामा आरोपित शूटर, अर्का एकजना प्रहरी तथा ताला विशेषज्ञ घाइते भएका छन्। ताला विशेषज्ञ र गोली चलाउने दुवैको अवस्था गम्भीर रहेको बताइएको छ। अर्का डेपुटीको काँधमा गोली लागेको छ।
गोली चलाउने व्यक्ति माइकल हल्बरस्टाम रहेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार उनी युपीएस को नोकरीबाट निकालिएका थिए। उनीसँग पुरानो नार्कोटिक्स मुद्दा र दुर्व्यवहारको मुद्दा थियो। उनले सामाजिक सञ्जालमा शेरिफ कार्यालयविरुद्ध ‘नकारात्मक सामग्री’ पोस्ट गर्दै आएका थिए।
गत एक महिनामा सोही घरबाट ७ पटक फोन आएको थियो। फोनमा प्रायः आमाले आफ्ना छोराबारे गुनासो गर्दै फोन गरेको शेरिफले बताए।
अहिलेसम्मको अनुसन्धान अनुसार, हल्बरस्टामलाई कानुनी रूपमा हतियार राख्न रोक्ने कुनै स्पष्ट विवरण फेला परेको छैन।
फ्लोरिडाका एटर्नी जनरल जेम्स उथमेयरले घटना दुखद भएको बताउँदै आउँदा दिनमा यो घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्।
घटना भएको वेरो बीच वेस्ट पाम बीचबाट करिब ८० माइल उत्तरमा पर्छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
