राष्ट्रपति ट्रम्प र मामदानी भेटको अर्थ



प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार

राष्ट्रपति ट्रम्प र मामदानी भेटको अर्थ

नेभेम्बर २१ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क सिटीका मेयर जोहोरान मामदानीबीच भेटवार्ता भयो । ओभल अफिसमा भएको भेटघाटलाई दुबैले उपलब्धीमूलक भएको प्रतिक्रिया दिएका छन् । उपलब्धी मुलक पनि त्यो खास अर्थमा जसमा संघीय सरकारले दिने अनुदान कटौतीको घम्कीबाट राष्ट्रपति ट्रम्प ब्याक भएको संकेतको रुपमा राजनीतिक विश्लेषणहरु भइरहेका छन् । राष्ट्रपति ट्रम्पले मामदानीको प्रसंशा गरेका छन्, मामदानी फरक भएको र यो धेरै सकारात्मक हुन सक्ने भन्दै ट्रम्पले न्युयोर्कका लागि साँच्चिकै महान् काम गर्ने मौका रहेको समेत बताएका छन् । ट्रम्ले भनेका छन् – “ममदानीसित भेट्नु सम्मानको कुरा हो, म उनको समर्थनमा हुनेछु।”

मेयर निर्वाचनका क्रममा ट्रम्प मामदानीका विरुद्ध थिए । ट्रम्पका धम्कीहरु सार्वजनिक भएका थिए त्यो व्यक्तिगत होस् चाहे सिटीलाई दिइने केन्द्रीय अनुदान कटौतीको सन्दर्भमा होस् । ममदानीलाई मत नदिन ट्रम्पले सामाजिक सञ्चालहरुबाट आह्वान गरेका थिए । र, उनका विरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए । मामदानीले पनि ट्रम्पलाई फाँसीवादी भएको आरोप लगाएका थिए ।

त्यसरी उग्र रुपमा प्रस्तुत भएका राष्ट्रपति ट्रम्प अहिले तिनै मामदानीको प्रशंसकको रुपमा ओभल अफिसमा देखिएका छन् । मामदानी पनि ट्रम्पका सवालमा नरम देखिएका छन् । र, राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित मेयर मामदानीको न्युयोर्क सिटीमा आफू धेरै, धेरै सहज हुने सार्वजनिक गरिसकेका छन् ।

भेटमा देखिएका परिदृश्यहरुले मेयर मामदानी र राष्ट्रपति ट्रम्पबीचको वाक् युद्धको समाप्तीलाई संकेत गरेको छ । न्युयोर्क मेयरको रुपमा मामदानीले गर्नुपर्ने धेरै कामहरुको सूचीमा राष्ट्रपतिको रुपमा ट्रम्पको निकै महत्वपूर्ण भूमिका हुने नै हुन्छ । यसबारे ट्रम्पले पनि निर्वाचन लगत्तै मामदानीको विजय भाषणपछि केही कुराहरु सार्वजनिक गरेको थिए । उनले निकै खराब सुरुवात गरेको भन्दै मामदानीप्रति ट्रम्प कु्रद्ध बनेका थिए । मानौँ न्त्यसबेला युयोर्कमा अर्को भयकंर तुफान आउनु अघि जस्तो सन्नाटा थियो । तर, हिजोको भेटले न्युयोर्कवासीलाई केही राहत भने भएको छ । राष्ट्रपति ट्रम्प र मेयर मामदानीले न्युयोर्कको विकासमा संगै काम गर्ने प्रतिवद्धतालाई सार्वजनिक गरेका छन् । न्युयोर्क सहरको महंगीलाई कम गर्ने दुबैको साझा एजेण्डा ओभल अफिसमा व्यक्त भएको छ । जसका कारण न्युयोर्कवासीमा थोरै भएपनि सकारात्मक संचार गरिदिएको छ ।

राष्ट्रपति ट्रम्प र मामदानी भेटको अर्थ

अब यो महत्वपूर्ण र ओभल अफिसमा देखिएको सौहाद्रता आउँदो जनवरीमा मेयरको रुपमा मामदानीले पदभार ग्रहण गरेपछि र न्युयोर्कका लागि महत्वपूर्ण कामहरुको सुरुवात गर्ने समयसम्म निरन्तर रहन्छ कि रहँदैन भन्ने पनि चासोहरु व्यक्त भएका छन् । रुस र युक्रन युद्धका सन्दर्भमा होस् वा आयातमा थप ट्यारिफ लगाउने प्रकरणमा होस्, ट्रम्पको कार्यशैली स्थिर रहेको देखिएको छैन । छिन छिनमै ट्यारिफका दरहरु परिवर्तन गर्ने र पक्षसँग लामो समय रहन नसक्ने अस्थित मुभमेन्टमा देखिने गरेका ट्रम्पको सम्बन्ध मामदानीसँग कति समय रहँदा भन्न भने गाह्रैछ ।

आवेगको पारोलाई ट्रम्पले किन यति छिटै मथ्थर बनाए भनेर शंका गर्ने सुबिधा पनि न्युयोर्कवासी लाई छ । मामदानीलाई भेट्नु केही दिन अघि मात्रै पनि ट्रम्पले एक जना पत्रकार महिलामाथि कटु शब्दको प्रयोग गरेपछि त्यो भनाइ आलोचित भइरहेको छ । न्युयोर्क सहरलाई सुरक्षित बनाउने मामदानी र ट्रम्पको सहमतिले अपराधिक गतिविधमा संलग्न भएकाहरुलाई आइसद्वारा प्रकाउ गर्ने जेन्टलमेन्ट एग्रिमेन्ट हो भनेर बुझ्न पनि सकिन्छ । यहिनेर मामदानी र ट्रम्पबीचको यो सौहाद्र्ध सम्बन्धलाई जोड्ने कसी बनेको हो कि भनेर आंकलन गर्न पनि सकिन्छ । ट्रम्पमा एक्कासी आएको परिवर्तन किन होला भन्ने शंका गर्नु उचिसाह्रो नाजायज पनि होइन । आउँदा निर्वाचनलक्षित लचिलोपना हो वा सफा मनको सार्वजनिकीकरण त्यो हेर्न भने केही समय कुर्नै पर्ने भयो ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment