नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

नेपालका सीमान्तकृत बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउन न्युजर्सीमा ‘एआरसी फर नेपाल’ संस्थाद्वारा २४ हजार डलरभन्दा बढी रकम सङ्कलन गरिएको छ।

‘एआरसी फर नेपाल’ ले नेपालको पर्वत जिल्लास्थित पैयुँ हटियामा स्थापित ‘सम्सारा घर’ मा रहेका बालबालिकाहरूको सहयोगार्थ शनिबार न्युजर्सीको फेयर लनमा वार्षिक फण्डरेज कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा समुदायका अगुवाहरू, जननिर्वाचित प्रतिनिधिहरू र सहयोगी दाताहरूको उपस्थिति थियो।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

कार्यक्रममा, सम्सारा घरमा रहेका अनाथ, विपन्न र सीमान्तकृत बालबालिकालाई आश्रय, शिक्षा र हेरचाह प्रदान गर्न चौबीस हजार दुई सय छब्बीस डलर (२४,२२६ डलर) सङ्कलन भएको एआरसी फर नेपालका संस्थापक राजेन्द्र श्रेष्ठले जानकारी दिए। यो कदम नेपालका अनाथ, विपन्न र अल्पसंख्यक बालबालिकालाई सुरक्षित, उज्ज्वल र थप सम्मानित भविष्य दिनका लागि एक महत्वपूर्ण प्रयास भएको श्रेष्ठले बताए।

एआरसी फर नेपाल शिक्षा, सांस्कृतिक संरक्षण र सामाजिक उन्नति मार्फत नेपालका जनतालाई सशक्त बनाउन समर्पित अमेरिकामा आधारित एक गैर-नाफामूलक संस्था हो। यसले सम्सारा घरलाई आफ्नो प्रमुख मानवीय परियोजना बनाएको छ। सम्सारा घर नेपालमा राजेन्द्र अन्जना फाउण्डेशनबाट सञ्चालित रहेको छ।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज
नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

फण्डरेज कार्यक्रममा दुवै संस्थाका संस्थापक तथा अध्यक्ष राजेन्द्र श्रेष्ठले २७ वर्षअघि थोरै निश्चितता तर अटल आशाका साथ अमेरिकामा आफ्नो आगमनको वर्णन गर्दै भाँडा माझ्ने, बसब्वाई र वेटरको रूपमा काम गर्दाका प्रारम्भिक वर्षहरू स्मरण गरे। ती सबै समयमा आफूले एक दिन नेपालका बालबालिकाको अर्थपूर्ण तरिकाले सेवा गर्ने सपना पालेको उनले बताए।

श्रेष्ठले नेपाल फर्कंदा शिक्षा, खाद्य सुरक्षा वा सुरक्षित घरमा पहुँच नभएका बालबालिकासँग भेट भएपछि सम्सारा घरको विचार जन्मिएको बताए। उनीहरूको सङ्घर्षबाट प्रभावित भएर आफू र आफ्नो परिवारले आफ्नो पैतृक घरलाई बालबालिकाको आश्रयस्थलमा परिणत गर्ने निर्णय गरेको उनले जानकारी दिए। यो कथालाई कार्यक्रममा देखाइएको एउटा छोटो वृत्तचित्रमा पनि चित्रण गरिएको थियो।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

हाल, सम्सारा घरले नेपालका विभिन्न क्षेत्रका सीमान्तकृत समुदायका १० जना बालबालिकालाई पालनपोषण गर्ने घर प्रदान गरेको छ, जसमा नेपाली समाजभित्र भेदभावको सामना गरिरहेका समूहहरू पनि समावेश छन्, श्रेष्ठले जानकारी दिए। बालबालिकाहरू दैनिक दिनचर्या, शिक्षा, कलात्मक रुचि र आकाङ्क्षाहरू बाँड्दै एउटै परिवारको रूपमा सँगै बस्ने गर्छन्। घरलाई आफ्नो हालको सञ्चालनलाई धान्नका लागि प्रति महिना करिब १८ सय अमेरिकी डलर आवश्यक पर्ने पनि उनले जानकारी दिए।

संस्थाले अब निवास, पुस्तकालय, खेल मैदान, प्रयोगशालाहरू र अन्य आवश्यक सुविधाहरू सहित ५० जनासम्म बालबालिकाको हेरचाह गर्न सक्ने ठूलो भवन निर्माण गरिरहेको छ। परियोजनाको अनुमानित लागत ८ लाख डलरभन्दा बढी रहेको छ।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

सह-संस्थापक क्यारोलिन श्रेष्ठले विस्तारको पछाडिको गहिरो उद्देश्यलाई प्रकाश पार्दै, आफूहरूले आवास मात्र नभएर घर बनाइरहेको बताइन्। यसबाट अवसरहरू सिर्जना गर्ने र अझ उज्ज्वल भविष्य निर्माण गर्ने उनले बताइन्। उनले संसारा घरका छानामुनि रहेका बालबालिका भविष्यमा असल मानव बन्ने विश्वास व्यक्त गरिन्।

अमेरिकामा आईटी पेशेवरको रूपमा आफ्नो करियर सुरु गरेकी क्यारोलिनले सम्सारा घरलाई सहयोग गर्न वार्षिक २३ हजार डलर दान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

त्यस्तै, सह-संस्थापक अञ्जना श्रेष्ठले उचित वातावरणमा हुर्कने मौका दिइएमा प्रत्येक बच्चामा अद्वितीय र अतुलनीय क्षमता हुन्छ भन्ने विश्वास व्यक्त गरिन् । “गरिबी र स्रोतसाधनको अभावका कारण धेरै बच्चाहरूले कहिल्यै राम्रोसँग हुर्कने अवसर पाउँदैनन्। मलाई विश्वास छ कि प्रत्येक बच्चाले मेरी छोरी जस्तै माया र हेरचाहको हकदार छ। त्यो विश्वासले मलाई नेपालका बालबालिकाको शिक्षालाई सहयोग गर्न कडा परिश्रम गर्न प्रेरित गर्छ,” उनले भनिन्।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

संसारा घर रहेको पर्वत जिल्लाकै सामाजिक अभियन्ता रेनु शर्माले आफूले घर भनेर चिन्ने ठाउँमा आशा पलाएको देख्दा आफूलाई ठूलो गर्व महसुस भएको बताइन्।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

फेयर लन सनराइज रोटरी क्लबका अध्यक्ष जेनिफर वाइलीले ‘रोटरीको सेवा नै धर्म हो’ भन्ने सिद्धान्तलाई मूर्त रूप दिएकोमा सम्सारा घरको प्रशंसा गरिन्। उनले सम्सारा घरभित्र नयाँ पुस्तकालयको निर्माणमा आर्थिक सहयोग गरिरहेको घोषणा पनि गरिन्, जसलाई औपचारिक रूपमा ‘फेयर लन सनराइज रोटरी पुस्तकालय’ नाम दिइनेछ।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

फेयर लनका उपमेयर जोस ए रेइनिट्जले राजेन्द्र श्रेष्ठलाई फेयर लन व्यापार समुदायको स्तम्भ भन्दै प्रशंसा गरे र उनको सामाजिक समर्पणको सराहना गरे। आफू आएको स्थानमा पछाडि फर्केर त्यसको हेरचाह गर्नु एक असल मानवको विशेष गुण रहेको उनले बताए।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

त्यस्तै, एड्वान नेपालकी संस्थापक अध्यक्ष डा. विष्णु माया परियारले शिक्षा मार्फत जातीय भेदभावलाई जितेको आफ्नो व्यक्तिगत कथा सुनाइन्। उनले सम्सारा घरका बालबालिकाहरूसँग आफ्नो जीवनलाई जोड्न सक्ने बताउँदै नेपाली समाजका धेरै भागहरूमा अझै पनि प्रतिकूलताको सामना गरिरहेका दलित र अल्पसंख्यक बालबालिकालाई उत्थान गरेकोमा संस्थाको प्रशंसा गरिन्।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

कार्यक्रममा मेरील्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने डेलिगेट ह्यारी भण्डारीले शिक्षाको जीवन परिवर्तन गर्ने शक्तिबारे बोलेका थिए। शिक्षाले भविष्यमा संसारको परिवर्तन गर्ने बालबालिकालाई परिवर्तन गर्ने बताउँदै उनले संस्थाको बालबालिका र समुदायलाई सशक्त बनाउने अटल समर्पणको कदर गर्दै मेरील्याण्ड संसदको एएपीआई ककसबाट ‘एआरसी फर नेपाललाई प्रशंसापत्र’ प्रदान गरेका थिए।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

कबिना महर्जन र टोलीको परम्परागत धिमे नाच, उषा गुरुङद्वारा प्रस्तुत थाली नाच, करिना कार्कीद्वारा प्रस्तुत नेपाली लोकनृत्य, र २१ पटक गिनिज वर्ल्ड रेकर्डवाहक पार्कर दिनेश सुनारको प्रस्तुति सहित अन्य कलाकारहरूको जीवन्त नेपाली र नेवारी सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई रोचक बनाएको थियो।

नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज
नेपालमा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि न्युजर्सीमा २४ हजार डलरभन्दा बढी फण्डरेज

सबै तस्वीर: राजन काफ्ले

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।

Source link

Leave a Comment