विद्यार्थी भिसामाथि कडाइको प्रभाव : अमेरिकी कलेजमा नयाँ अन्तर्राष्ट्रिय भर्ना १७ % ले घट्यो



प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार

विद्यार्थी भिसामाथि कडाइको प्रभाव : अमेरिकी कलेजमा नयाँ अन्तर्राष्ट्रिय भर्ना १७ % ले घट्यो

अमेरिकामा विद्यार्थी भिसामाथि कडाइ र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका नीतिहरूका कारण अमेरिकी कलेज तथा विश्वविद्यालयमा यस शरद ऋतुमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या १७ प्रतिशतले घटेको छ। सोमबार सार्वजनिक एक प्रतिवेदनका अनुसार नयाँ भर्नामा गिरावट आएको विद्यालयमध्ये ९६ प्रतिशतले भिसा आवेदनसम्बन्धी चिन्ता प्रमुख कारण भएको बताएका छन् । यस्तै, ६८ प्रतिशतले यात्रा प्रतिबन्धलाई मुख्य कारणको रूपमा उल्लेख गरेका छन्।

यी तथ्यांक गैरनाफामुखी संस्था इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशनले ८२५ अमेरिकी उच्च शिक्षा संस्थाबाट संकलन गरेको हो। ट्रम्प प्रशासनले वैध आप्रवासनमाथि कडाइ गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना संख्या सीमित गर्ने विभिन्न नीतिहरू लागू गरेको छ।

यसैक्रममा, अमेरिकी विदेश मन्त्रालयले भिसा आवेदकलाई आफ्नो सामाजिक सञ्जाल सार्वजनिक गर्न अनुरोध गर्ने अधिकार कन्सुलर अफिसरलाई दिएको छ । अमेरिकाविरुद्ध शत्रुतापूर्ण गतिविधि गर्ने सम्भावित व्यक्तिहरू पहिचान गर्ने मन्त्रालयको प्रमुख लक्ष्य होे । यस्तै, केही विद्यार्थी भिसा रद्द भएका छन् भने नयाँ भिसा खोज्ने विद्यार्थीहरूले ढिलाइको सामना गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता एना केलीले भनिन्, “राष्ट्रपति ट्रम्प अमेरिकी राष्ट्रिय सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै देशका भिसा कार्यक्रमहरूलाई सुदृढ गर्दैछन्।”

विद्यार्थी भिसामाथि कडाइको प्रभाव : अमेरिकी कलेजमा नयाँ अन्तर्राष्ट्रिय भर्ना १७ % ले घट्यो

धेरै विद्यालयहरूले लामो प्रतीक्षा समय र यस वर्ष भिसा जारी प्रक्रियामा आएको अस्थायी रोकका कारण विद्यार्थीहरूले भिसा पाउन कठिनाइ भएको बताएका छन्। प्रतिवेदनले भिसा ढिलाइ र मन्का जस्ता आवेदनसम्बन्धी समस्याहरू लामो समयदेखि अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना घट्ने प्रमुख कारण रहेको पनि जनाएको छ।

अन्तर्राष्ट्रिय शिक्षकहरूको संघ (एनएएफएसए)का अनुसार, २०२४–२५ शैक्षिक वर्षमा करिब १२ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकामा अध्ययन गरेका थिए। उनीहरूले अमेरिकी अर्थतन्त्रमा करिब ५५ बिलियन डलर योगदान गरेका थिए।

धेरै अन्तर्राष्ट्रिय विद्यार्थी आर्थिक सहयोगका लागि योग्य नहुँदा पूर्ण शुल्क तिर्छन्, जसले घट्दो घरेलु भर्ना, बढ्दो सञ्चालन खर्च र सरकारी सहायता कटौतीको असर व्यहोरिरहेका विद्यालयहरूको लागि महत्वपूर्ण आम्दानीको स्रोत प्रदान गर्छ।

प्रतिवेदन अनुसार, करिब २९ प्रतिशत संस्थाले नयाँ अन्तर्राष्ट्रिय भर्नामा वृद्धि देखाएका छन् भने १४ प्रतिशत मा स्थिरता रहेको छ । यस्तै, ५७ प्रतिशत संस्थाले गिरावट अनुभव गरेका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment