अमेरिकाले फिफा विश्वकप दर्शकलाई भिसामा ‘फास्ट ट्रयाक’ सुविधा दिने



प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार


फिफा विश्वकपमा हेर्न आउँनेहरुका निम्ति अमेरिकी सरकारले भिजा अपोइन्टमेन्टमा प्राथमिकता दिने भएको छ । अमेरिकी विदेश मन्त्रालयले २०२६ को सुरुवातबाट त्यसरी प्राथमिकता दिने गरी भिजा अपोइन्टमेन्ट सिस्टम सुरु गर्न लागेको हो ।

विश्वकपको टिकट भएका व्यक्तिहरुले अब प्राथमिकताका साथ भिजा अन्तर्वार्ता स्लटहरु पाउने छन् । यसको निम्ति प्रणाली सुरु गरिने तय भएको हो ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रमका क्रममा यस्तो तय भएको फिफाले जानकारी दिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी विदेश मन्त्री मार्को रुबियो, अमेरिकी होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएम, ह्वाइट हाउस टास्क फोर्स र फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उपस्थिति रहेको थियो ।

अमेरिकाले फिफा विश्वकप दर्शकलाई भिसामा ‘फास्ट ट्रयाक’ सुविधा दिने

सो क्रममा अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा खेलहरू हेर्न आउने फिफा विश्वकप २०२६ का टिकट धारकहरूका लागि फिफा प्राथमिकता अपोइन्टमेन्ट समय तालिका प्रणालीको अनावरण गरेको फिफाले जानकारी दिएको छ । मेक्सिकोका तीन शहर र क्यानाडाका दुई शहरसहित पहिलो पटक ४८ टोली सम्मिलित फिफा विश्वकप भरि संयुक्त राज्य अमेरिकाका ११ शहरहरूले ७८ खेलहरूको आयोजना गर्नेछन्।

घोषणापछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, “अमेरिकाले विश्वलाई स्वागत गर्दछ। हामीले सधैं भनेका छौं कि यो इतिहासकै सबैभन्दा महान् र सबैभन्दा समावेशी फिफा विश्वकप हुनेछ । म राष्ट्रपति डोनाल्ड जे। ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, अमेरिकी विदेश मन्त्री मार्को रुबियोसमेतलाई आभार व्यक्त गर्दछु ।”

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले विश्व कप आयोजना गर्न पाउँदा सम्मानित महसुस गरिएको बताए । सो क्रममा रुबियोले फिफा विश्वकपका प्रशंसकहरूले आफ्नो भिसा अन्तर्वार्ता पूरा गर्न र आफू योग्य भएको देखाउन सकून्, त्यसका लागि अपोइन्टमेन्ट स्लटहरु प्राथमिकताका साथ उपलब्ध हुनेछ ।

क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ आयोजक शहरहरूमा आयोजना हुने फिफा विश्वकप २०२६ मा ६० लाखभन्दा बढी टिकटहरू उपलब्ध हुनेछन्। यस वर्षको सुरुमा, फिफा र विश्व व्यापार संगठन सचिवालयले जारी गरेको एक अध्ययनले फिफा विश्वकप २०२६ ले अमेरिकाभरि ठूलो सामाजिक-आर्थिक प्रभावलाई रेखांकित गरेको थियो। सो अध्ययन अनुसार, प्रतियोगिताले अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा १७.२ बिलियन अमेरिकी डलरको योगदान पुर्याउनेछ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment