नर्थ क्यारोलिनाको शार्लोटमा फेडेरल एजेन्टहरूको छापा : एकै दिन ८१ जना पक्राउ, समुदायमा त्रास



प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार

नर्थ क्यारोलिनाको शार्लोटमा फेडेरल एजेन्टहरूको छापा : एकै दिन ८१ जना पक्राउ, समुदायमा त्रास

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको सामूहिक निर्वासन अभियान तीव्र बन्दै जाँदा फेडेरल एजेन्टहरूले एकै दिन ८१ जनालाई पक्राउ गरेका छन्। अमेरिकी बोर्डर पेट्रोलका वरिष्ठ अधिकारी ग्रेगरी बोभिनोका अनुसार शनिबार नर्थ क्यारोलिनाको शार्लोट शहरमा एकै दिन ८१ जना आप्रवासी पक्राउ परेका हुन् । 

बोभिनोका अनुसार शार्लोटमा पहिलो दिनमै गरिएको व्यापक छापामा समातिएका धेरै व्यक्तिहरूको “महत्वपूर्ण आपराधिक र आप्रवासन इतिहास” रहेको दाबी गरिएको छ। तर, बोर्डर पेट्रोल, इमिग्रेसन एण्ड कस्टम्स एन्फोर्समेन्ट (आइस) तथा अमेरिकी डिपार्टमेन्ट अफ होेमल्याण्ड सेक्युरिटीले यसबारे कुनै आधिकारिक टिप्पणी दिएका छैनन्।

ट्रम्प प्रशासन सत्तामा आएपछि अमेरिकी सहर–सहरमा कडा आप्रवासन कार्यान्वयन गर्दै आएकाले डेमोक्र्याटहरूले नेतृत्व गरेका सहरहरूमा विशेष गरी तनाव बढेको छ। यसले धेरै स्थानमा स्थानीय नागरिक र फेडेरल आप्रवासन एजेन्टहरूबीच प्रत्यक्ष सामना भएको छ।

नर्थ क्यारोलिनाको शार्लोटमा फेडेरल एजेन्टहरूको छापा : एकै दिन ८१ जना पक्राउ, समुदायमा त्रास

नर्थ क्यारोलिनाका गभर्नर जोश स्टाइनले आइतबार राति सार्वजनिक गरेको भिडियो सन्देशमा अवैध तथा हिंसात्मक अपराधीहरूको निर्वासन आवश्यक भए पनि शार्लोटमा फेडेरल एजेन्टहरूले गरेको कार्यले समुदायमा त्रास फैलाएको आरोप लगाएका छन् । उनले भनेका छन्, “अनुहार ढाकेका, भारी हतियारबन्द एजेन्टहरू गाडीमा आएर छालाको रङका आधारमा अमेरिकी नागरिकलाई लक्षित गरिरहेका छन्। पार्किङ लट, सडक, चर्च र पसलबाट अनियमित रूपमा मानिस समातिएको रिपोर्ट आएको छ ।” 

उनले थपे, “क्रिसमस ट्री सजाउँदै गरेका बगैँचा कामदारलाई पछ्याउने, धार्मिक स्थलमा छिरेर मानिस समात्ने जस्ता कार्यहरूले समुदायलाई सुरक्षित बनाउने होइन, विभाजित बनाइरहेको छ।”

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment