दोस्रो संस्रणको नेपाल प्रिमियर लग भोलिबाट सुरु हुँदैछ। कूल ८ टोलीले सहभागीता जनाउने सो प्रतियोगिताका सबै खेल किर्तिपुरस्थित त्रिवि क्रिेट मैदानमा हुनेछ। यस पटक पहिलो पल्ट रात्रिकालीन खेलेको आयोजना हुँदैछ।
जसको लागि नेपाmल क्रिकेट संघ क्यान, फ्ेन्चाइज टोली र खेलाडीहरु उत्साहीत छन्। अघिल्लो संस्रणको फाइनल खेलेका जनकपुर बोल्ट्ु र सूदूरपसश्चिक रोयल्सको तयार िकस्तो छ तरु
पूरानो घाउलाई बिर्सिएर उपाधि जित्ने लक्ष्यमा सूदूरपश्चिम रोयल्स
पहिलो संररणको नेपाल प्रिमियर लिग एनपीएलमा मैदानमा सनसनी मच्चाउने टोली हो, सदूरपशिचम रोयल्स।
हरेक म्याचमा सनसनी मच्चाए पनि सुदूरपश्चिम फाइनलमा भने जनकपुर बोल्ट्ससँग स्तब्ध बन्यो । तर दोस्रो सिजनको एनपीएलमा दीपेन्द्र सिंह ऐरीको सदूरपशिचम रोयल्स अघिल्लो संस्करणको गल्ती दोहोर्याउने पक्षमा छैन । उसको अर्जुन दृष्टि छ, उपाधि ।
मंसिर एक गते क्रिकेटको महाकुम्भ सुरु हुँदैछ । मैदान तयार हुँदैछ । खेलाडी आफ्नो खेल कौशल तिखार्दैछन् । आठै वटा फ्रेन्चाइच टोली आफूलाई बलियो सावित गर्न दिनरात मेहेनत गरिरहेका छन् । नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार यो सिजनदेखि रात्रिकालिन खेलहरु हुँदैछन् । यसका लागि फ्लडलाइड जडान अन्तिम चरणमा छ ।
प्रतियोगिताका लागि सबै ८ टोलीले तयारी जारी राखेका छन् । केही टोली विदेशमा प्रशिक्षण गरिरहेका छन् । तर जगत टमाटा मुख्य प्रशिक्षक रहेको सूदूरशिचम भने काठमाडौंमा नै आफ्नो बल र ब्याटमा जादू चलाउने अभ्यास गरिरहेको छ । टोलीले कहिले त्रिवि क्रिकेट मैदान त कहिले मूलपानीमा प्रशिक्षण गरिरहेका छ। अघिल्लो सिजन टोलीलाई फाइनलसम्म पुर्याएका टमाटा यो पटक बढी नै आशावादी देखिन्छन् ।
‘हामीले अघिल्लो पल्ट पनि राम्रो खेलेका थियौँ, तर फाइनलमा केही गल्तीहरु कारणे गर्दा हामीले उपाधि जित्न सक्नौँ; प्रशिक्षक टमाटा भन्छन् ‘यसपटक त्यो भन्दा पनि अझै राम्रोसँग खेलेर उपाधि जित्ने छौँ। ‘
अन्तर्राष्ट्रिय क्रिकेटमा जादू चलाएका राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिम रोएल्सका मार्की खेलाडीमात्र हैनन्, बल, ब्याट र फिल्डमा जादु चलाउन सक्ने भरपर्दा र आशलाग्दा खोलाडी पनि हुन् ।
डेढ महिना लामो क्रिकेट खेलेर हालैमात्र स्वदेश फर्किएका उनी यो सिजन आफ्नो टिम सन्तुलित रहेको दाबी गर्छन् । दीपेन्द्रसँगै टोलीमा विनोद भण्डारी, अविनाश बोहारा, आरिफ शेख, इशान पान्डे, नरेन साउद लगायतलाई रिटेन गरेको छ । मिनि अक्सनबाट सूदूरले हेमन्त धामी, दीपक बोहरा, मिलन बोहार, टेक रावत र दीपेन्द्र थापालाई खरिद गरेको थियो।
राष्ट्रिय टोलीमा लामो अनुभव संगालेका विनोद दोस्रो सिजनको एनपिएलका लागि निकै उत्साही देखिन्छन।
‘घरेलु प्रतियोगिता हुँदा एकदमै खुसी लाग्छ, अझै नेपाल प्रिमियर लिग समयमै हुन्न लागेको छ म एनपिएल खेल्न निकै नै उत्साती छु’ विनोदले भने। त्यस्तै, टोलीका अविनाश बोहार पनि यो संस्रणको एनपिएल अझै ग्रान्ड हुने बताउँछन।
‘पहिलो पटक फलाइटमा खेल हुँदै छ, यो पटकको एनपिएल अझै रोचक हुन्छ ;उनी भन्छन् ‘हाम्रो तयारी पनि एकदमै राम्रो भइरहेको छ, उपाधि जित्ने लक्ष्य राखेका छौँ।‘
सुदूरले चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरेकोछ । पहिलो संस्करणका हर्मित सिंह र स्कट कुग्लेजनले यो सिजन पनि रोएल्सको जर्सी लगाउने छन् भने क्रिस लिन र जोस ब्राउन पहिलो पटक अनुबन्ध भएका छन् । अघिल्लो सिजन कुग्लेजनले ९ खेलमा १७ विकेट लिएका थिए भने हर्मितको अलराउण्ड प्रदर्शन प्रशंसनीय थियो ।
‘पहिलो संस्रणमा कहीँ कतै केही नपुगेको जस्तो भएको थियो यसपटक त्यो बेलाको नमिलेको गति मिलाउनेछौँ त्यहीँ अनुसार नै हामीले विदेशी खेलाडीलाई भित्राएका छौँ’ मसख्य प्रशिक्षक टमाटाले बताए।
प्रशिक्षक टमाटामात्र हैन, नेपाली क्रिकेटलाई माया गर्ने जो कोही एनपीएलको दोस्रो सिजनमा पहिलो बलको प्रतीक्षामा छन् । फ्ललाइटको उज्यालोमा सेतो बलले बाउण्ड्री पार गरेको प्रत्यक्ष हेर्ने ब्यग्र चाहानामा छन् । मैदान केन्द्रित हुने ४२० वटै फ्लडलाइटमा आफ्नो मनपर्ने खेलाडीलाई चियरअप गर्ने योजनामा छन् । पहिलो खेलदेखि फाइनलसम्मका ३२ खेलको मज्जा आफ्नै मैदानमा लिने तयारीमा छन् ।
‘रात्रिकालीन खेल पहिलो चोटी हुन लागेको छ यो गर्वकै कुरा हो, हामीले त फलला८टमा खेलेका छौँ, तर यो प्रतियोगितामा खेल्ने धेरै नसो खेलाडीहरुले फललाइटमा खेलेका छनैँ उनीहरुको लागि यो एउटा नयाँ कुरा हसनेछ, यसका साथै यो पटक खेल एकदमै टफ हुनेछ’, विनोदले सुनाए।
मंसिर एक गते उद्घाटन खेलमा गत सिजनको विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमने सामने हुनेछन् । ऐरीको रोएल्सले भने आफ्नो पहिलो खेल काठमाडौं गोर्खाजसँग मंसिर ३ गते खेल्नेछ ।
भनिन्छ क्रिकेटका आँखा हुँदैनन्, तर मैदानमा बन्ने बलै पिच्छेको रणनीतिले त्यहीँ बलमा सास भर्नेछ र टोलीलाई जित दिलाउनेछ । त्यहीँ रणनीति बनाउन र आफ्नो खेलाडीमा निखार ल्याउन सबै टोली अन्तिम तयारीमा जुटेका छन् ।
सोमबार सुरु हुँदै क्रिकेट महाकुम्भ, उपाधि रक्षा गर्ने रणनीतिमा जनकपुर
नेपाल प्रिमियर लिग एनजपिएलको पहिलो संस्रणको फाइनल खेल सायदै कसले भुल्न सक्छ होला।
दर्शकको उत्साहपूर्ण साथ, अप्रत्यशित नतिजा, देशका कुनाकुनाबाट छानिएका खेलाडीको रोमाञ्चक भिडन्त लगायतले पहिलो सिजनको एनपिएल रोचक बन्न पुग्यो। थोरैले मात्र अनुमान लगाएका थिए, जनकपुर बोल्ट्सले उपाधि जित्नेमा ।
लिग चरण र प्लेअफमा पराजित भएको टिमसँगै फाइनलमा प्रतिस्पर्धा गर्नु जनकपुरका लागि कम चुनौतीपूर्ण थिएन । तर पल्ला पल्टियो । उपाधि भिडन्तमा जनकपुरले बाजी मार्योि । र पहिलो संस्करणको ट्रफिमा आफ्नो नामा लेखाउँदै जनकपुरले इतिहास रच्यो ।
अनिल साहको कमानीमा रहेको जनकपुर बेल्ट्समा यो सिजन पनि भरपर्दा ब्याटर छन्। धारिलो बल फ्लाल्न ल्याकत राख्ने बलर छन् । र फिल्डमा जादु चलाउन सक्ने फिल्डर छन् । अघिल्लो सिजनका ९ खेलाडीलाई निरन्तरता दिँदै राजा जनकको सहर जनकपुरले दोस्रो सिजनका लागि चट्टानी टिम तयार पारेको छ । वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट विश्वको ध्यान खिच्न सफल शिवनायारण चन्द्रपाउले यो सिजन जनकपुरको मुख्य प्रशिक्षण गरिरहेका छन् ।
जनकपुरका मार्की खेलाडी आशिफ शेख हरेक टिमसँग प्रतिस्पर्धा गर्न सक्ने टिम तयार भएको बताउँछन् ।
‘हामी बाहिर हुँदा पनि टोलीमा रहेका अन्य खेलाडीले भारतमा गएर प्रशिक्षण गरेर आउनुभएको छ’ मार्मी खेलाडी शेख भन्छन्, ‘हाम्रो टोली सबै पक्षबाट अन्य टालीसँग प्रतिस्पर्धा गर्न तयार छ।‘
क्याप्टेन साह, मार्की खेलाडी शेखसहित टोलीमा ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुल बहादुर थापालाई रिटेन भएका छन्। त्यस्तै, मिनी अक्सनबाट जनकपुरले मयन यादव, सचिन भट्ट, विकाश आग्री र आदित्य महतालाई भित्राएको छ।
‘यसवटक सबैजना टोली झनै बलियो भएर आउनुभएको छ। सबैजनाको एउटा लक्ष्य हुन्छ उपािध जित्ने’ ललित राजवशी भन्छन् ‘पहिलभन्दा यसपटक एनपिएल अझैँ बढी टफ हुन्छ।‘
टिमलाई सन्तुलित र प्रतिस्पर्धी बनाउन जनकपुर अन्तिम समयसम्म पनि प्रशिक्षणमा छ । अन्य टिममा भन्दा राम्रा खेलाडीलाई भित्र्याउँदै जनकपुरले लामै समय भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा प्रशिक्षण गरेर नेपाल फर्किएको हो।
टोलीले विदेशी खेलाडीमा ताहिरु मिलान्था, वायने पार्नेल, इमरान ताहिर र सन्जय कृष्णमूर्तिलाई अनुबन्ध गरेको छ। मूलपानीको माथिल्लो मैदानमा आफ्नो बल, ब्याट र फिल्डिङमा धार लगाइरहेको जनकपुरका केही खेलाडी भने टिम बाहिर बसेर प्रशिक्षण गरेका थिए । उनीहरू अन्तिम समयमा मात्रै नेपाल आएका छन् । विदेशी खेलाडी पनि ढिलागरीमात्र नेपाल आएका छन् ।
‘हामीस्ले सिजन १ को उपाधि जित्यौँ, यो पटक हरेक टोलीले राम्रो विदेशी खेलाडीहरु ल्याउनु भएको छ, सबै खेल चुनौतीपूर्ण नै हुनेछ, यसपटक हामीलाई उपाधि जोगाउन चुनौती छौँ,’ ललिते भने।
दोस्रो सिजनको एनपीएल मंसिर १ गते अर्थात् सोमबार सुरु हुँदैछ । उद्घाटन खेलमा सोमबार नै डिफेन्डिङ च्याम्पियन जनकपुरले उदघाटन खेलमा काठमाडौँ गोर्खाजसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रकाशित: ३० कार्तिक २०८२ १७:०७ आइतबार
