डिसेम्बरमा परिवारमा आधारित प्राय सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मिति स्थीर



प्रकाशित मिति : कार्तिक २९, २०८२ शनिबार

डिसेम्बरमा परिवारमा आधारित प्राय सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मिति स्थीर

डिसेम्बरमा पनि परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा अमेरिकाभित्र हुनेले ग्रिनकार्ड आवेदन फाइल गर्ने र बाहिर हुनेले भिसा पाउने मितिमा स्थीरता कायम भएको छ । ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ बर्ष अगाडिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा एकमहिनाको अग्रता आएपनि अरु सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने मिति टसमस भएको छैन । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भिसा पाउने मिति सबै श्रेणीमा स्थीर छ । जसले गर्दा प्रतिक्षा अवधि अझ बढेको छ ।

अमेरिकी अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको डिसेम्बरको भिसा बुलेटिन अनुशार २१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा भिसा पाउनका लागि डिसेम्बरका लागि पनि प्राथमिकता मिति ८ नोभेम्बर २०१६ नै कायम छ । अर्थात् ८ नोभेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले डिसेम्बरमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।

त्यस्तै, ग्रिन कार्ड वाहकका दम्पत्ति र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तरवार्ता पाउने प्राथमिकता मिति डिसेम्बरमा पनि १ फेब्रुअरी २०२४ नै कायम भएको छ । अर्थात् १ फेब्रुअरी  २०२४ भन्दा पहिला आई १३० पिटिसन दर्ता गरेकाहरुले डिसेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।

डिसेम्बरमा परिवारमा आधारित प्राय सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मिति स्थीर

त्यस्तै, ग्रिन कार्ड वाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि डिसेम्बरका लागि प्राथमिकता मिति टसमस भएको छैन । यो श्रेणीमा १ डिसेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले डिसेम्बरमा भिसा पाउन सक्नेछन्।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा पनि डिसेम्बरमा प्राथमिकता मिति ८ सेप्टेम्बर २०११ नै कायम गरिएको छ । ८ सेप्टेम्बर २०११ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका आवेदकहरूलाई डिसेम्बरमा भिसा अन्तरवार्ता मिल्नसक्नेछ ।

त्यस्तै अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा डिसेम्बरका लागि पनि प्राथमिकता मिति ८ जनवरी २००८ नै कायम गरिएको छ । यो मिति अगाडि आई १३० पिटिसन दर्ता भएकाहरूले मात्र डिसेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।

अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ बर्ष अगाडिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा एकमहिनाको अग्रता आएको छ, अर्थात् २२ नोभेम्बर २०२५ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले डिसेम्बरमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा प्राथमिकता मितिमा टसमस भएको छैन । डिसेम्बरमा पनि यो मिति ८ मार्च २०१७ नै कायम भएको छ ।

अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा पनि मिति टसमस भएको छैन । यो श्रेणीमा १ मार्च २००९ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले डिसेम्बरमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा अन्य श्रेणीमा पनि ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै फेरबदल भएको छैन । अक्टोबर र नोभेम्बरकै कायम छ । जसका कारण अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा अझ वृद्धि भएको छ।

अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी र विवाहित छोराछोरीका लागि अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति डिसेम्बरमा पनि क्रमशः १ सेप्टेम्बर २०१७ र २२ जुलाई २०१२ नै रहेको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment