प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार

हामी यो साप्ताहिक न्यूजलेटरमा साताभरि अमेरिकी अध्यागमन लगायतका विषयमा भएका परिवर्तन र अपडेटहरूलाई समावेश गर्छौं। यस अंकमा यो साताका अपडेटहरूलाई राउन्डअप गरेका छौं।
निजी कम्पनीहरूलाई कागजातविहीन आप्रवासी ट्र्याकिङको जिम्मा दिने आइसको योजना
अमेरिकी अध्यागमन एजेन्सी आइसले कागजातविहीन आप्रवासीहरूलाई ट्र्याक गर्न निजी कम्पनीहरूलाई भाडामा लिने योजना बनाएको छ। उनीहरूको कार्यसम्पादनको आधारमा बोनस प्रदान गर्ने आइसको योजना पनि छ। गत साता सार्वजनिक भएको आइसको आन्तरिक कागजातबाट यो जानकारी बाहिर आएको हो। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।
अमेरिकाको भिजिटर लगायतका भिसाका लागि थप २५० डलर शुल्क लागु गर्न छलफल जारी
ट्रम्प प्रशासनले अक्टोबर १ देखि लागु गर्ने तयारी गरेको अमेरिकाको भिजिटर लगायतका गैर आप्रवासी भिसाका लागि २५० डलर धरौटी राख्नुपर्ने नियम कार्यान्वयनमा ढिलाई भएको छ । यो शुल्क लागु गर्नका लागि ट्रम्प प्रशासनले अक्टोबर १ को मिति ब्यापक रुपमा प्रचार गरेको थियो । तर त्यसको झण्डै डेढ महिना हुन लाग्दा पनि यो शुल्क लागु हुन सकेको छैन । यो शुल्कलाई ओभरस्टे कम गर्ने र सीमा सुरक्षालाई सुदृढ पार्ने प्रमुख उपायको रूपमा घोषणा गरिएको थियो। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।
युएससीआईएसबाट ग्रिनकार्ड पिटिसन स्वीकृत प्राप्त भएको २० दिनमा नेशनल भिसा सेन्टरमा प्रकृया
युएससीआईएसबाट ग्रिनकार्ड पिटिसन स्वीकृत प्राप्त भएको २० दिनमा नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउन सुरु गर्ने गरेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालय अन्तरगतको नेशनल भिसा सेन्टरले अध्यागमन भिसा आवेदनहरूको प्रक्रिया समय तालिकाको साप्ताहिक अद्यावधिक जारी गर्दै २० दिनमा केस निर्माण गर्ने गरिएको जनाएको छ । यो अपडेटले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड आवेदनहरुबारे कामको गतिलाई संकेत गरेको छ । थप पढ्न यहाँ क्लीक गर्नुहोला ।
ग्रिनकार्डका लागि कागजात योग्य भएका आवेदनको भिसा अन्तरवार्ताको पालो कहिले आउँछ?
ग्रिनकार्डका लागि कागजात योग्य भएका आवेदनको अमेरिकी दूतावास काठमाडौंमा भिसा अन्तरवार्ताको पालो आउन कति समय लाग्छ? यसबारे भिसा अन्तरवार्ता कुरेर बसिरहेकाहरुलाई जिज्ञासा हुनसक्छ । पछिल्लो अपडेट अनुशार यसका लागि विभिन्न तीन श्रेणीमा फरक फरक समय लाग्ने गरेको छ । थप पढ्न यहाँ क्लीक गर्नुहोला ।
हरेक अमेरिकनलाई २ हजार डलर प्रदान गर्न ट्रम्प प्रतिबद्ध रहेको ह्वाइट हाउसको भनाइ
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रत्येक अमेरिकीलाई ट्यारिफ राजस्वबाट वितरण गरिने २ हजार डलरको लाभांश चेक पठाउन प्रतिबद्धू रहेको ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लेभिटले बुधबार बताएकी छिन्। ह्वाइट हाउसका अधिकारीहरू ट्रम्पले सप्ताहन्तमा सामाजिक सञ्जाल पोस्ट मार्फत अघि सारेको योजनालाई कार्यान्वयन गर्ने तरिकाहरू खोजिरहेका लेभिटले बताएकी छिन् । तर उनले ती विकल्पहरूको बारेमा विवरण भने दिइनन्। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।
फेडरल रिजर्भले ब्याजदर घटाएपछि घर किन्नेको मोर्गेजको मासिक भुक्तानी कति?
अमेरिकामा फेडरल रिजर्भले सेप्टेम्बर र अक्टोबरमा लगातार ब्याजदर घटाएपछि मोर्गेज बजारमा राहत मिलेको छ। फेडरल रिजर्भको दर परिवर्तनले मोर्गेज दरहरूलाई सीधै प्रभाव नपारे पनि यसले यी र अन्य दरहरू कुन दिशामा जान्छन् भन्ने कुरामा असर गर्छ। उदाहरणका लागि अक्टोबरको अन्त्यमा फेडरल रिजर्भको आधिकारिक दर घोषणा हुनुभन्दा ठीक अगाडि ऋणदाताहरूले अपेक्षित परिवर्तनहरूसँग तालमेल मिलाउन खोज्दा मोर्गेज दरहरू छोटो समयका लागि तीन वर्षकै न्यून बिन्दुमा पुगेका थिए। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।
अमेरिकामा उबर चालक पनि अंग्रेजीमा दक्ष हुनुपर्ने कानुन ल्याउने बिल सिनेटमा पेस
यस हप्ता सिनेटमा पेस गरिएको एक विधेयकले कमर्सियल ड्राइभर लाइसेन्स वाहकहरूका लागि निर्धारित संघीय मापदण्डहरूसँग मिलाउन उबर चालकहरूको भाषा सम्बन्धी आवश्यकतालाई कडाइ गर्ने लक्ष्य राखेको छ। सिनेटर टमी टुबरभिलले बिहीबार ‘अन्डरस्ट्यान्डिङ बेसिक इङ्लिस रिक्वायरमेन्ट्स ऐन’ नामको यो विधेयक पेस गरेका हुन्। थप पढ्न यहाँ क्लीक गर्नुहोला ।
गत साता हामीले अमेरिकी अध्यागमनबारे कानुन व्यवसायीसँग कुराकानी गरेका थियौँ। अमेरिकी अध्यागमनसम्बन्धी एक दर्जन अपडेट र दुई दर्जन प्रश्न-उत्तर सहितका ३९ भिडियो टिकटकमा हेर्न यहाँ क्लिक गर्नुहोस्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
