ग्रिनकार्डका लागि कागजात योग्य भएका आवेदनको भिसा अन्तरवार्ताको पालो कहिले आउँछ?



प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार

ग्रिनकार्डका लागि कागजात योग्य भएका आवेदनको भिसा अन्तरवार्ताको पालो कहिले आउँछ?

ग्रिनकार्डका लागि कागजात योग्य भएका आवेदनको अमेरिकी दूतावास काठमाडौंमा भिसा अन्तरवार्ताको पालो आउन कति समय लाग्छ? यसबारे भिसा अन्तरवार्ता कुरेर बसिरहेकाहरुलाई जिज्ञासा हुनसक्छ । पछिल्लो अपडेट अनुशार यसका लागि विभिन्न तीन श्रेणीमा फरक फरक समय लाग्ने गरेको छ ।

नेशनल भिसा सेन्टरमा कागजात रूपमा पूर्ण भएका अर्थात् सबै आवश्यक शुल्क भुक्तानी गरिएको र सबै कागजातहरू बुझाइएको तथा समीक्षा गरिएको सन्दर्भमा १ महिनादेखि ६ महिनासम्म लाग्ने गरेको छ । तत्काल नातेदारका अर्थात् अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्ष ननाघेका सन्तान र बाबुआमाका सन्दर्भमा जुलाई २०२५ मा कागजात रूपमा पूर्ण भएका केसहरूका लागि अहिले भिसा अन्तरवार्ताहरुको मिति तय भइरहेको छ । अर्थात् जुलाई २०२५ मा कागजात पूर्ण भएका उनीहरुले जनवरी वा त्यसपछि अमेरिकी दूतावास काठमाडौंमा भिसा अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

त्यस्तै परिवारमा आधारित अन्य सबै ग्रिनकार्ड श्रेणीका लागि अहिले अक्टोबर २०२५ मा पूर्ण भएका केसहरूको अन्तर्वार्ताको तालिका नेशनल भिसा सेन्टरले बनाइरहेको छ। उनीहरुले जनवरी वा त्यसपछि अमेरिकी दूतावास काठमाडौंमा भिसा अन्तरवार्ताको मिति पाउनेछन् । यी श्रेणीमा ग्रिनकार्डवाहकका दम्पत्ति, छोराछोरी, अमेरिकी नागरिकका २१ बर्ष नाघेका विवाहित वा अविवाहित छोरछोरीहरु, अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरु पर्छन् । यी श्रेणीमा भिसा पाउनका लागि भिसा बुलेटिनमा भिसा पाउने मिति करेन्ट हुनुपर्छ ।

ग्रिनकार्डका लागि कागजात योग्य भएका आवेदनको भिसा अन्तरवार्ताको पालो कहिले आउँछ?

त्यसैगरी रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा नोभेम्बर २०२५ मा पूर्ण भएका केसहरुले जनवरीमा अन्तर्वार्ताको अपेक्षा गर्न सक्छन्। किनभने उनीहरुका लागि अहिले नेशनल भिसा सेन्टरले अमेरिकी दूतावास काठमाडौंमा भिसा अन्तरवार्ताको मिति तय गरिरहेको छ । रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा पनि मासिक भिसा बुलेटिन र भिसा जारी गर्ने वैधानिक सीमाहरूले तोके अनुसार भिसा नम्बर उपलब्ध भएमा मात्र अन्तर्वार्ता तय गर्न सकिन्छ।

आप्रवासी भिसा प्रक्रियामा अघि बढ्न आवेदकहरूले आफ्नो केसको अवस्था र भिसाको उपलब्धता दुवैलाई ट्र्याक गर्नुपर्छ। सबै शुल्क र कागजातहरू प्राप्त भएपछि नेशनल भिसा सेन्टरले आवेदकलाई उनीहरूको केसको कागजात रूपमा पूर्ण भएको सूचना दिन्छ। त्यसपछि प्राथमिकता भिसा आवेदकहरूले आफ्नो भिसा वर्ग र जन्म देशका लागि मासिक भिसा बुलेटिनमा आफ्नो प्राथमिकता मितिलाई फाइनल एक्सन डेटसँग तुलना गर्नुपर्छ। यदि प्राथमिकता मिति करेन्ट नभएमा केस कागजात रूपमा पूर्ण भए तापनि अन्तर्वार्ता तय गर्न सकिँदैन। कागजात रूपमा पूर्ण भएको र अन्तर्वार्ताको मिति प्राप्त गर्ने बीचको वास्तविक समय दूतावासको अन्तर्वार्ता क्षमता, केसहरूको मात्रा, स्थानीय अवस्थाहरू र रेट्रोग्रेसनजस्ता भिसा बुलेटिनमा हुने उतारचढाव सहित धेरै कारकहरूद्वारा प्रभावित हुन सक्छ।

अन्तरवार्ताको मिति कहिले तय हुन्छ भन्नेबार हेर्ने नेशनल भिसा सेन्टरको टुलले केवल एक अनुमानको रूपमा काम गर्दछ र यसले कुनै निश्चित अन्तर्वार्ता मितिको ग्यारेन्टी दिँदैन। एक पटक अन्तर्वार्ताको मिति तोकिएपछि नेशनल भिसा सेन्टरले सामान्यतया अन्तर्वार्ताको मितिभन्दा करिब दुई देखि तीन महिना अगाडि आवेदक, याचिकाकर्ता, र कुनै एजेन्ट भएमा उनीहरूलाई इमेल सूचना पठाउँछ। आवेदकहरूले जीवन वा मृत्युसँग सम्बन्धित स्वास्थ्य सङ्कटका अवस्थामा भिसा अन्तरवार्ताका लागि द्रुत प्रक्रियाको लागि अनुरोध गर्न सक्छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।







Source link

Leave a Comment