हरेक अमेरिकनलाई २ हजार डलर प्रदान गर्न ट्रम्प प्रतिबद्ध रहेको ह्वाइट हाउसको भनाइ



प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार

A large white building with a fountain in front of it

फोटो: टोमाज जिलोन्का

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रत्येक अमेरिकीलाई ट्यारिफ राजस्वबाट वितरण गरिने २ हजार डलरको लाभांश चेक पठाउन प्रतिबद्धू रहेको ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लेभिटले बुधबार बताएकी छिन्। ह्वाइट हाउसका अधिकारीहरू ट्रम्पले सप्ताहन्तमा सामाजिक सञ्जाल पोस्ट मार्फत अघि सारेको योजनालाई कार्यान्वयन गर्ने तरिकाहरू खोजिरहेका लेभिटले बताएकी छिन् । तर उनले ती विकल्पहरूको बारेमा विवरण भने दिइनन्।

राष्ट्रपतिले यसलाई सफल बनाउन चाहेको स्पष्ट पारेको लेभिटले ह्वाइट हाउसमा पत्रकारहरूलाई बताएकी छिन् । ट्रम्पको आर्थिक सल्लाहकारहरूको टोलीले यसमाथि अनुसन्धान गरिरहेको उनको भनाई छ । ह्वाइट हाउसको यो दृढ अडान ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले ट्रम्पको प्रस्तावमाथि शङ्का व्यक्त गरेको केही दिनपछि आएको हो। बेसेन्टले उक्त भुक्तानी ट्रम्पले हालै हस्ताक्षर गरेको बिलमा समावेश गरिएको कर बचतलाई मात्र संकेत गर्नसक्ने बताएका थिए । बेसेन्टले यो प्रस्तावको बारेमा ट्रम्पसँग कुरा नगरेको बताएका थिए।

केही अर्थशास्त्रीहरूले उपलब्ध ट्यारिफ कोषबाट हरेक अमेरिकनलाई २ हजार डलरको लाभांश दिन सकिन्छ कि सकिँदैन भनेर प्रश्न उठाएका छन्। ट्रम्पले आइतबार बिहान सामाजिक सञ्जालमा ट्यारिफ सम्बन्धित कर राजस्वमा केन्द्रित एक संक्षिप्त सन्देशमा यो नीति प्रस्तावको घोषणा गरेका थिए।

हरेक अमेरिकनलाई २ हजार डलर प्रदान गर्न ट्रम्प प्रतिबद्ध रहेको ह्वाइट हाउसको भनाइ

ट्यारिफको विरुद्धमा रहेका मानिसहरू मूर्ख रहेको उल्लेख गर्दै ट्रम्पले अहिले लगभग कुनै मुद्रास्फीति नभएको र कीर्तिमानी शेयर बजार मूल्य भएको विश्वको सबैभन्दा धनी, सबैभन्दा सम्मानित देश बनेका दावी गरेका थिए । सोही पोष्टमा ट्रम्पले उच्च आय भएका मानिसहरू बाहेक प्रत्येक व्यक्तिलाई कम्तीमा २ हजार डलरको लाभांश भुक्तान गरिने बताएका थिए ।

पोष्टमा उक्त भुक्तानीका लागि कसले योग्यता पाउनेछ वा नीति कसरी सञ्चालन हुनेछ भन्ने कुरा स्पष्ट पारिएको थिएन। ट्रम्पले दिएका महामारीकालिन दुई राहतचेकहरू प्रति वर्ष ७५ हजारसम्म आम्दानी गर्ने व्यक्तिहरू र १ लाख ५० हजारसम्म कमाउने जोडीहरूका लागि उपलब्ध थिए। यी मापदण्डहरू भन्दा बढी कमाउनेहरू थोरै रकमका लागि योग्य थिए।

यदि ट्रम्पले १ लाख डलर वा कम कमाउने जो कोहीलाई लाभांश भुक्तानी उपलब्ध गराएमा यो नीति लगभग १५ करोड अमेरिकीहरूसम्म पुग्नेछ, जसको कुल लाभांश लगभग ३ सय बिलियन हुनेछ। ट्रेजरी डिपार्टमेन्टका अनुसार सेप्टेम्बर ३० सम्ममा सङ्घीय सरकारले ट्यारिफ सम्बन्धित राजस्वमा १९५ बिलियन उत्पन्न गरेको थियो। यस हिसाबले लाभांश चेक प्रस्तावको अनुमानित ३०० बिलियन डलर लागत हाल उपलब्ध ट्यारिफ राजस्वको रकमभन्दा धेरै बढी हुनेछ।

ट्रेजरी डिपार्टमेन्टले आगामी दशकमा ३ ट्रिलियन ट्यारिफ राजस्वको पूर्वानुमान गरेको छ। यदि ट्रम्प प्रशासनले त्यो बाटो रोजेमा लाभांश भुक्तानीले सङ्घीय ऋण भने थपिनेछ, जुन हाल ३८ ट्रिलियन भन्दा बढी छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।







Source link

Leave a Comment