श्रीकृष्णको उपदेश फैलाउन अमेरिकामा देवी प्रतिभाको कथा वाचन यात्रा हुने



प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार

श्रीकृष्णको उपदेश फैलाउन अमेरिकामा देवी प्रतिभाको कथा वाचन यात्रा हुने

अमेरिकामा नेपालकी धार्मिक कथावाचक देवी प्रतिभाको कथा वाचन यात्रा हुने भएको छ । यो आध्यात्मिक यात्रा मार्चदेखि जुलाईसम्म अमेरिकाका विभिन्न राज्यहरूमा आयोजना गरिने आयोजकले जानकारी दिएका छन् । यस यात्राको मुख्य उद्देश्य कथा वाचन, भगवद् गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान् श्रीकृष्णको उपदेश र धर्मको गहिरो सन्देश अमेरिकी भूमिमा फैलाउनु रहेको आयोजकको भनाई छ ।

यस यात्रामा देवी प्रतिभाले मुख्य रूपमा श्रीकृष्णको शिक्षामा आधारित भगवद् गीता प्रवचन, राधा–कृष्णको आध्यात्मिक संवादमा कथा वाचन र भजन, पूजापाठ र आरती मार्फत भक्ति तथा आत्माको मेल गराउने आयोजकले बताएका छन् । यसका साथै, उनले सांस्कृतिक समुदाय भेटघाट कार्यक्रमहरू आयोजना गरी नेपाली धर्म, संस्कार र एकताको उत्सव मनाउने योजना रहेको छ।

देवी प्रतिभाले भनेकी छिन् “कथा केवल सुनाउने कुरा होइन, यो भगवानको वाणी हो। जहाँ श्रद्धा हुन्छ, त्यहीँ भगवान बास गर्नुहुन्छ। म अमेरिकामा रहेका नेपाली र भारतीय आमा,बुवा दाजुभाइ दिदीबहिनीहरूसँग कथा वाचन,भक्ति, संस्कार र धर्मको सन्देश बाँड्न चाहन्छु।”

श्रीकृष्णको उपदेश फैलाउन अमेरिकामा देवी प्रतिभाको कथा वाचन यात्रा हुने

पछिल्ला वर्षहरूमा नेपाल र भारत लगायतका देशहरूमा प्रभावशाली कथा–प्रवचन प्रस्तुत गर्दै हजारौं भक्तजनको हृदय जितेकी देवी प्रतिभाको कथा–वाचन शैली आध्यात्मिक गहिराइ, प्रेम र दर्शनले भरिपूर्ण हुनेगर्छ। अमेरिका भ्रमणका क्रममा उनले ओहायो, पेन्सिलभेनिया, कोलोराडो, न्युयोर्क, टेक्सस, क्यालिफोर्निया, इलिनोई लगायत एक्रोन, बोस्टन, मेरिल्यान्ड, भर्जिनिया, यूटाह, नर्थ क्यारोलाइना जस्ता प्रमुख राज्यहरूमा कथा प्रवचन गर्ने प्रारम्भिक योजना रहेको छ।

यस यात्राको समन्वय तथा आयोजना वेलडन क्रियशनले गर्दैछ। कार्यक्रम, सहभागिता वा कथा वाचनको लागि इच्छुक व्यक्तिहरूले वेलडन क्रियशनलाई सम्पर्क गर्न सक्नेछन्। देवी प्रतिभाको यो अमेरिका यात्रालाई धर्म, श्रद्धा र नेपाली संस्कृतिको पुनर्जागरणको रूपमा हेरिएको आयोजकको भनाई छ। यस यात्राबाट अमेरिकामा रहेका नेपाली र भारतीयहरूले आफ्नो संस्कार, भक्ति र आध्यात्मिक अनुभव गर्ने आयोजकको अपेक्षा छ ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।







Source link

Leave a Comment