अदालतको आदेशपछि वार्षिक एसाइलम शुल्कका सूचना पठाउने प्रक्रिया रोकिएको युएससीआईएसद्वारा पुष्टि



प्रकाशित मिति : कार्तिक २१, २०८२ शुक्रबार

अदालतको आदेशपछि वार्षिक एसाइलम शुल्कका सूचना पठाउने प्रक्रिया रोकिएको युएससीआईएसद्वारा पुष्टि

गत साताको अदालतको आदेशपछि वार्षिक एसाइलम शुल्कका सूचना पठाउने कार्य रोकिएको युएससीआईएसले शुक्रबार पुष्टि गरेको छ। एक वर्षभन्दा लामो समयदेखि विचाराधीन रहेका एसाइलम आवेदनहरूका सन्दर्भमा संस्थाले १०० डलर शुल्कको सूचना आवेदकहरूलाई पठाइरहेको थियो। ३० दिनभित्र शुल्क नतिरे आवेदनमा नकारात्मक प्रभाव पर्ने र प्रक्रिया ढिलाइ हुन सक्ने चेतावनीसमेत दिइएको थियो। तर, कस्तो नकारात्मक प्रभाव पर्ने भन्नेबारे भने केही स्पष्ट गरिएको थिएन। त्यसैले, आवेदन रद्द हुनसक्ने आशंकाले धेरै आवेदकले शुल्क तिर्न हतारो गरे।

तर, अक्टोबर ३० को अदालतको आदेशपछि युएससीआईएसले वार्षिक एसाइलम शुल्कका सूचना पठाउने कार्य रोकेको पुष्टि गर्दै भनেছে— अदालतको अस्थायी रोक कायम रहँदासम्म शुल्क तिर्न निर्देशन दिने सूचना पहिले नै प्राप्त गरेका आवेदकहरूले त्यस सूचनालाई बेवास्ता गर्नसक्ने छन्। संस्थाले पहिले नै तिरेको वार्षिक एसाइलम शुल्क भने फिर्ता नहुने स्पष्ट पारेको छ।

युएससीआईएसले शुल्क तिरेका आवेदकहरूलाई आफ्नो रसिद सुरक्षित राख्न सुझाव दिएको छ। अदालतको मुद्दाको थप विकाससँगै संस्थाले वार्षिक एसाइलम शुल्कसम्बन्धी थप निर्देशनहरू जारी गर्ने जनाएको छ। अदालतको आदेशसँग पूर्ण रूपमा असहमत रहेपनि, संभावित थप न्यायिक समीक्षा नभएसम्म आदेशका सर्तहरू पालना गर्ने जनाएको छ।

अदालतको आदेशपछि वार्षिक एसाइलम शुल्कका सूचना पठाउने प्रक्रिया रोकिएको युएससीआईएसद्वारा पुष्टि

अक्टोबर ३० मा मेरील्याण्डस्थित संघीय अदालतले वार्षिक एसाइलम शुल्क कार्यान्वयनका प्रावधानहरूलाई अस्थायी रूपमा रोक लगाएको थियो। अमेरिकी संसदबाट पारित विधेयक र जुलाई २२ मा ‘फेडरल रजिष्ट्रर’मा प्रकाशित सूचनाका आधारमा युएससीआईएसले शुल्क कार्यान्वयन सुरु गरेको थियो।

‘फेडरल रजिष्ट्रर’मा प्रकाशित सूचनाले आर्थिक वर्ष २०२५ र त्यसपछिका वर्षहरूका लागि होमल्याण्ड सेक्युरिटी विभागले वार्षिक एसाइलम शुल्क कसरी लागू गर्ने भन्नेबारे जानकारी प्रदान गरेको थियो। उक्त सूचनाअनुसार, आर्थिक वर्ष २०२५ मा एसाइलम आवेदन विचाराधीन रहेका कुनै पनि विदेशी नागरिकले सो वर्षको शुल्क तिर्नुपर्ने प्रावधान गरिएको थियो। अक्टोबर १, २०२४ पछि दायर गरिएका आवेदनहरू ३६५ दिनसम्म विचाराधीन भएपछि फाइलिङ मितिको एक वर्ष पूरा भएपछि र त्यसपछिका प्रत्येक क्यालेन्डर वर्षमा शुल्क तिर्नुपर्ने नियम लागू गरिएको थियो।

युएससीआईएसले आवेदकहरूलाई कुनै सूचना प्राप्त नभएसम्म शुल्क नतिरिहुन सुझाव दिएको थियो। संस्थाले सूचना प्राप्त भएपछि मात्र शुल्क तिर्न भनिएको र भविष्यका वर्षहरूको शुल्क भुक्तानीसम्बन्धी मार्गदर्शन पनि पछि उपलब्ध गराइने जनाइएको छ। अक्टोबर १, २०२५ देखि युएससीआईएसले व्यक्तिगत रूपमा सूचनाहरू जारी गर्न सुरु गरेको थियो।


Discover more from KHASOKHAS

Subscribe to get the latest posts sent to your email.





Source link

Leave a Comment