अमेरिकी सरकार शटडाउनको असर : विमानस्थलहरूमा उडान कटौती, लाखौँ यात्रु प्रभावित



प्रकाशित मिति : कार्तिक २०, २०८२ बिहीबार

अमेरिकी सरकार शटडाउनको असर : विमानस्थलहरूमा उडान कटौती, लाखौँ यात्रु प्रभावित

लामो समयदेखि जारी अमेरिकी सरकार शटडाउनका कारण उडान तालिकामा ठूलो अवरोध देखिएको छ। अमेरिकी सरकारको आदेशअनुसार व्यस्त विमानस्थलहरूमा उडान कटौती गर्ने निर्णय भएपछि एयरलाइन्सहरू तालिका पुनर्संयोजन र यात्रुहरूको प्रश्नहरुको बाढी सम्हाल्न व्यस्त भएका छन्।

अमेरिकी ट्रान्सपोटेशन सेक्रेटरी सीन डफीका अनुसार एयर ट्राफिक कन्ट्रोलमा सुरक्षाको जोखिम बढ्दै गएपछि उडान कटौती गर्न बाध्य भएको बताएको थिए । अमेरिकी इतिहासमा सबैभन्दा लामो सरकारी शटडाउनक कारण करिब १३,००० एयर ट्राफिक कन्ट्रोलर र ५०,००० सुरक्षा स्क्रिनरहरूलाई तलब बिना नै काम गर्न बाध्य भएका छन् । यसले आगामी थ्याङ्क्सगिभिङ बिदामा यात्रा अवरोध हुने डर बढेको छ।

अहिलेसम्म दशौँ हजार उडान ढिलाइ भएका छन् भने करिब ३२ लाख यात्रुहरू प्रभावित भएको अनुमान छ। अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उडान कटौतीको पहिलो चरण शुक्रबारदेखि लागू हुँदैछ, जसअन्तर्गत करिब ४ प्रतिशत उडानहरू रोकिनेछन्। शनिबार ५ प्रतिशत, आइतवार ६ प्रतिशत र अर्को हप्तासम्म शटडाउन जारी रहिरहेमा १० प्रतिशतसम्म उडान कटौती हुन सक्नेछ।

अमेरिकी सरकार शटडाउनको असर : विमानस्थलहरूमा उडान कटौती, लाखौँ यात्रु प्रभावित

डेल्टा एयर लाइन्सले शुक्रबारदेखि केही उडानहरू कटौती गर्ने जनाएको छ । तर, लामो दूरीका अन्तर्राष्ट्रिय उडानहरू भने जारी रहने बताएको छ। अन्य प्रमुख एयरलाइन्सहरू (युनाइटेड, अमेरिकन र साउथवेस्ट) सामाजिक सञ्जालमा यात्रुहरूका प्रश्नको उत्तर दिन व्यस्त देखिएका छन्।

फेडरल एभिएसन प्रशासन (एफएए)ले आजै आधिकारिक उडान कटौतीको आदेश जारी गर्ने अपेक्षा गरिएको छ। एफएएमा ३,५०० कर्मचारीको कमी रहेको र बाँकी कर्मचारीहरू ओभरटाइम गर्दै काम गरिरहेका कारण यस निर्णय गरिएको हो।

यसले विशेषगरी थ्याङ्क्सगिभिङ्‌का लागि यात्रा योजना बनाएका लाखौँ अमेरिकीलाई अवरोध पुर्‍याउने अनुमान गरिएको छ । यता, एयरलाइन्सहरूले यात्रुहरूलाई पुनः बुकिङ्‌ तथा अन्य व्यवस्थाहरू मार्फत् असुविधा कम गर्ने प्रयास भइरहेको बताएका छन्।





Source link

Leave a Comment