नेपालका बामपन्थी दलबीच फेरि एकपटक एकता अघि बढेको छ । गत १६ कात्तिकमा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक र १९ कात्तिकमा सम्पन्न ‘एकता राष्ट्रिय सम्मेलन’पछि आठ राजनीतिक दलले एकताको औपचारिक यात्रा सुरु गरेका हुन् । आठ दलबीचको १८बुँदे सहमतिअनुसार एकतापछि निर्माण हुने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सहमतिपत्रमा उल्लेख छन् । एकता प्रक्रियामा सहभागी पार्टीका साबिकका केन्द्रीय कमिटी समायोजन गर्दै केन्द्रीय कमिटी गठन गर्ने दलबीच सहमति भएको छ ।
एकतापछि के होला ?
पार्टी एकतालाई लिएर नेकपा माओवादी, नेकपा समाजवादी र विप्लव सी नेतृत्वसमेतको नेकपामा खैलाबैला उत्पन्न भएको छ । खासगरी, माओवादीभित्र नेता जनार्दन शर्मा नेतृत्व हस्तान्तरण नभई एकता नहुनुपर्ने पक्षमा छन् । तर आठ दल एकीकृत भई नै सकेका छन् । ‘जीवनको कुनै घुम्तीमा भेट होला’ भन्दै शर्माले प्रचण्डसँगको ४० वर्षे पुरानो सम्बन्ध तोडेका छन् । उनले एकीकृत पार्टीमा नगई माओवादीमा नै बस्ने घोषणा गरेका छन् ।
उता, नेकपा समाजवादीभित्र पनि एकताले हलचल पैदा गराएको छ । यही पार्टीकी नेतृ रामकुमार झाँक्रीलगायत केही सदस्य नेकपा एमाले फर्कन ठिक्क परेका छन् । एमाले अध्यक्ष केपी ओलीले आफ्नो घरमा आउन आह्वान गरिसकेको हँुदा केही कार्यकर्ता एमाले फर्कने निश्चित छ । यसरी बाम एकताका कारण सो पार्टी तीन चिरामा विभाजन हुँदै छ भने माओवादी पनि दुुई चिरा भइसकेको छ ।
यता, नेत्रविक्रम चन्दको नेकपा पनि टुक्रिएको छ । विप्लवलगायत एकथरी ‘एकताका लागि हतार नगर्न’ भन्दै छन् भने अर्काथरीले एकतामा सहभागी हुन खुट्टा उचालेका छन् । लगभग सो पार्टीमा पनि एकताकै कारण फुट आइसकेको छ । आफ्नो पार्टी अर्कोमा समाहित हुँदा दुःख लाग्नु स्वाभाविक हो तर नेकपा माओवादी संयोजक पुुष्पकमल दाहल ‘प्रचण्ड’ ‘यो एकता अभियान एउटा पार्टी अर्कोमा गएर मिसिएको हुँदै होइन’ भन्छन् । उनका अनुसार बृहत् बामपन्थी एकताका लागि आठ पार्टीबीच पुनर्गठन भएको हो । ‘यो नितान्त नयाँ प्रक्रियाले पुनर्गठन भएकाले कोेही कसैसँग मिसिएको भन्ने भ्रममा नपर्न’ प्रचण्डको आग्रह छ ।
विभाजन किन ?
सर्वहारा वर्गको अधिनायकŒव सबै कम्युनिस्टको ध्येय हो । आज पनि सबै बामपन्थी दलको लक्ष्य ‘सामन्तवाद अन्य गरी वैज्ञानिक समाजवाद’ स्थापना गर्नु रहेको छ । सबैले माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेका छन् । यसका लागि कार्यदिशा आ–आफ्ना होलान्, त्यो बग्लै कुरा हो । जब सबै बामपन्थीको सारभूत लक्ष्य एउटै हो भने छुट्टाछुट्टै चुलोचौका किन बाल्नु ? यसकारण बामपन्थीबीचको ध्रुुवीकरण र वृहत् एकता आजको आवश्यकता पनि हो ।
समर्थक एउटै लक्ष्य बोकेका बामपन्थी सयौं चिरामा कित्ताकाट भएको रुचाएका छैनन् । ढिलै भए पनि नेकपा माओेवादीको पहलमा थालनी ‘बृहत् बामन्थी एकता अभियान’ र यसमा पहिलो चरणमा सहभागी हुने आठ दल धन्यवादका पात्र छन् । समान लक्ष्य बोकेका अन्य समूह पनि क्रमशः एकीकरणकै बाटोमा ढिलो चाँडो आउनुु नै पर्नेछ । यसो हुन सकेमात्र वास्तविक रूपमा समाजवादी क्रान्ति सफल हुनेछ ।
आजको समस्या नेतृत्व तहमा छ । जति धेरै पार्टी त्यति धेरै नेतृत्व आजको समस्या नै यही हो । सिद्धान्त, विचार, कार्यक्रम र कार्यदिशा समान भएर पनि नेतृत्वको व्यवस्थापनका कारण एकतामा अलमलको स्थिति देखिन्छ । एकताका लागि उग्रबामपन्थी सोच पनि बाधक बनेको छ । काल्पनिक दर्शनमा रमाएर कहिल्यै पनि जनताको राजनीति सम्भव हुँदैन । ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवाद हो । यसकारण उग्रबामपन्थलाई त्यागी परिस्थितिको आकलन गरी त्यसअनुुसार कार्यदिशा तय गरी अघि बढ्नुु आजको आवश्यकता हो । सामन्तवाद अन्त्य भन्दैमा दलाल, पुुुुँजीपति सामन्तलाई टाउको काट्दै हि“डने जमाना आज छैन । परिस्थितिअनुसार जनताका पक्षमा काम गर्नुु आजको आवश्यकता हो । जति बामपन्थी भिन्नभिन्न हुन्छन्, त्यति राष्ट्रिय राजनीतिमा गैरबामपन्थीको पकड कायम हुनेछ । यसले नेपाली सर्वहारा क्रान्तिलाई झन् झन् पछि पार्ने छ ।
विगतबाट सिक्ने कि !
७६ वर्षअघि स्थापित नेपाल कम्युनिस्ट पार्टीमा बेलाबेला एकता र विभाजन सँगसँगै आउने गरेको हो । चौम भनौ, लामा समूह भनौ, मोहनक्रिम सिंहको नेतृत्वको समूह भनौ बग्रेल्ती समूहमा कम्युनिस्ट विभक्त भएकै हो । तत्कालीन माले र नेकपा मिलाएर बनेको एकीकृत माले (एमाले) जुन हो, त्यो नै सबैभन्दा लामो समय रहेको आजको एमाले हो । बीचमा माओवादीसँग एकतापछि नेकपा बने पनि आन्तरिक कारण नेकपामा फुट आउँदा पुनः एमालेकै रूपमा सो पार्टी अस्तिŒवमा देखिन्छ । तर, माथि उल्लेखित आठ दलसँगको एकीकरण अभियानमा भने एमाले दल सामेल छैन । एमालेबाट चोइटिएको नेकपा समाजवादीका बहुमत सदस्य एकीकरणतर्फ गएका छन् ।
अहम् हावी
एकताका लागि अहं अर्थात् इगो हावी देखिन्छ । आश्चर्य यो पनि छ कि ‘कुन कम्युनिस्टसँग कसको एकता हुने हो ?’ आज एउटा कम्युनिस्ट पार्टी गैरकम्युनिस्टसँग एकता गरी सरकारको नेतृत्व गर्छ, अर्को कम्युनिस्ट दल प्रमुख प्रतिपक्षीको मोर्चामा बस्छ । एकता एकताका लागि कि शक्ति, संगठन र विकासका लागि ? यदि एकता एकताका लागिमात्र होइन भने सरकारको नेतृत्व गरेको दल र प्रमुख प्रतिपक्षी दल एकै ठाउँमा हुँदा जाने सन्देश, त्यसले राख्ने एकताको महŒव र जनमानसमा पार्ने प्रभाव भिन्नखाले हुन्छ । तर यो वास्तविकता यी दलले किन बुुझ्दैनन् ? वा बुुझेर पनि बुुझ पचाउँछन् ? एकताको जतिसुकै रटान रटे पनि एमालेसँग अरु दल वा अरु दलसँग एमाले मिल्न तयार छैनन् । बरु, एकले अर्कोलाई खुुइल्याउने सोचमा देखिन्छन् । यसो हुँदा एमालेसँगको एकता भने निकै पर देखिन्छ ।
सर्वहारा वर्गको अधिनायकत्व सबै कम्युनिस्टको ध्येय हो । आज पनि सबै बामपन्थी दलको लक्ष्य ‘सामन्तवाद अन्य गरी वैज्ञानिक समाजवाद’ स्थापना गर्नु रहेको छ । सबैले माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेका छन् । यसका लागि कार्यदिशा आ–आफ्ना होलान्, त्यो बग्लै कुरा हो
सिद्धान्ततः सबैले आफूलाई माओ, लेनिनकै अनुुयायी ठान्छन् तर विभिन्न चिरामा विभक्त पनि देखिन्छन् । माओले अनुसन्धानबिना बोल्ने हक कसैलाइ छैन भने पनि बिनाप्रमाणका गालीगलौज आज पनि कम्युनिस्ट घेराभित्र पर्याप्त देख्न सकिन्छ । तसर्थ, लियो टल्सटायले भनेझंंै ‘अबका कम्युनिस्टले विगतको पश्चाताप र भोलिको चिन्ता गर्न छाडी वर्तमानको सही विश्लेषण गरी सदुपयोग गर्नुपर्ने हुन्छ ।’ लिडरले लिडर नै जन्माउने हो तर आज समर्थकमात्र जन्माएर संकट आएको छ । विचार नीतिका आधारमा एकता आजको मुख्य आवश्यकता हो भन्ने बुुझ्न जरुरी छ ।
२७ चैत २००६ सालमा स्थापना भएको नेपाली कांग्रेसलगायत दल जहानिया शासनविरुद्ध सशस्त्र संघर्ष उद्घोष गरेकै बेला ती पार्टीसँग नीतिगत र सैद्धान्तिक असहमति राख्दै १० वैशाख २००६ सालमा पुुष्पलाल श्रेष्ठ नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । आफ्नो स्थापना नै विरोधी पार्टीसँगको सैद्धान्तिक असहमतिका सन्दर्भमा भएको नेकपाभित्र बेलाबेला आफैं र आफ्नै कारण विभाजन हुन पुुगेको तीतो इतिहास छ । विश्व परिवेश हेर्ने दृष्टिकोण होस् वा स्वदेशका अन्य राजनीतिक पार्टीप्रतिको दृष्टिकोण, यी सबैको अन्तर्य पार्टी विभाजनमा गएर पटाक्षेप भएको विगत छ । जतिसुकै एकताको विगुल फुके पनि आन्तरिक कारण केही र केही बाह्य कारण नेपालका कम्युनिस्ट जुट्न नसकेको सत्य हो । एकता, विभाजन र पुनः एकता द्वन्द्वात्मक भौतिकवादकै लक्षण हो भनी जतिसुकै व्याख्या गरे पनि आज पद, पैसा, शक्ति र सत्ताका कारण नेपालका कम्युनिस्ट दर्जनौं चिरामा विभाजित छन् ।
गणतन्त्रका लागि भएको आन्दोलनमा त नेकपा माओवादीले कम्युनिस्टमात्र नभइ देशमा तत्काल कायम रहेका नेपाली कांग्रेसलगायत सात पार्टीसँग कार्यगत एकता नै गरी १९ दिने जनआन्दोलनमार्फत् राजतन्त्रलाई बिदाइ गर्ने सफलतासमेत पाएको हो । तर, दुर्भाग्य यो ऐतिहासिक विरासतलाई धेरै दिन कायम राख्न नेपालका बाम पार्टीले सकेनन् । सत्ताकै लागि अपवित्र गठबन्धन र परिआए जुनसुकै घाटको पनि पानी पिउने प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलनले सार्थकता पाउन सकेन ।
सबैतिर उस्तै
बहुदलीय व्यवस्था प्राप्तिपछि एकमना सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस आफ्नै कारण टुटफुटको स“घारमा पुुग्यो । हुँदाखाँदाको प्रतिनिधिसभा भंग गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अस्थिरता बिजारोपण गरे । समयक्रममा शेरबहादुर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) नामक नयाँ पार्टी खोले । टुुटेरभन्दा जुुटेर सत्तास्वार्थ पूरा हुने ठानी उनी पुनः जुटे । तर नेपाली कांग्रेस (बिपि)लगायत फुटेका पार्टी मुलधारसँग आज पनि असहमत नै देखिन्छन् ।
एमाले यसै पनि कम्युनिस्ट जातको प¥यो । तर पनि महाकाली सन्धीका कारण बामदेव गौतमले फुटाएर माले बनाए । अर्कोपटक माधव नेपालले नेकपा समाजवादी बनाए । आज गौतम र नेपाल एकीकरणका पक्षमा गए पनि सिपी मैनालीले मालेधारको र घनश्याम भुुषाललगायतले समाजवादीधारको नेतृत्व गरिरहेकै छन् । अर्थात् पार्टी एकीकरणले उनीहरूलाई समेट्न सकेन ।
यता, एकीकरणपश्चात् पार्टीको नाम नै परिवर्तन भएको अवस्थामा माओवादीका जनार्दन शर्माले माओवादीभित्र बस्ने प्रतिक्रिया दिइसकेका छन् । यी तथ्यले एकीकरणको बृहत् अभियानमा पनि ‘छिद्रान्वेसी’ अर्थात् अरुको दोष खोज्ने प्रवृत्तिका कारण असन्तुुष्ट जमात अलग पहिचान खोज्ने गरेको पुष्टि गर्दछ ।
नेकपा माओवादी राजतन्त्रविरुद्ध जनयुद्ध लडेर आएको पार्टी हो । अरु कम्युुनिस्ट घटक राजाकोे जयजयकार गर्दै हि“डेको बेला उसले गणतन्त्र मागसहित जनयुद्ध गरेर अन्ततः टाउकाको मूल्य तोक्दासमेत समर्पण नगरी सातबुँदेमार्फत् राजनीतिक गतिविधिमा देखापरेको पार्टी हो । आजको मुलुकको एजेण्डा गणतन्त्र, संघीयता, समावेशिताजस्ता सारभूूत विषय माओवादीकै केन्द्रियतामा घुमिरहेका छन् । तर सत्ता राजनीतिमा अएपछि सो पार्टीमा पनि विचलन देखाप¥यो । कतिले पार्टी छाडे भने कति निस्क्रिय बसे । मोहन वैद्य किरण, सिपी गजुरेलमात्र होइन, विप्लवहरूले समेत मूलधारबाट अलग रहेर माओवादी एजेण्डा
कमजोर बनाइरहेका छन् । डा. बाबुराम भट्टराई पनि अर्कै पार्टीतिर लागे ।
एमालेभित्र पनि पूूर्वराष्ट्रपतिको राजनीतिमा सक्रिय हुने आकांक्षाका कारण सो पार्टीका अध्यक्ष ओली र विद्यादेवी भण्डारीबीच देखिएको तिक्तताको विन्दु कहाँ गएर टुंगिने हो ? यसै भन्न सकि“दैन । यसरी हेर्दा कम्युनिस्ट पार्टी बलियो हुनुपर्नेमा आन्तरिक कारण क्रमशः फुट्दै जानु राम्रो होइन । अझ एउटा दल सिध्याउन उही दल प्रयोग गरेर विभिन्न अभ्यास भइरहेको पनि सुनिन्छ । यो झनै राम्रो होइन ।
आज ढिलै भए पनि माओवादीको अगुवाइमा बृहत् बामपन्थी एकीकरणको जुन अभियान छ, यो एक कदम अगाडि छ । विचार र नीति मिल्ने हदसम्मका आफूलाई ‘बामपन्थी’ भन्नेहरू यसैमा समाहित भएर अघि बढ्न जरुरी छ । नेतृत्व हानाथापका कारण पार्टी फुट्ने र जुट्ने प्रवृत्ति अब हुनुहुँदैन । एकताकै कारण अनेकता देखिनु क्ष्यम्य हुँदैन ।
(Visited 15 times, 1 visits today)
