अमेरिकामा सटडाउनका कारण विमानस्थलमा समस्या : दैनिक ४ हजार उडान प्रभावित हुने



प्रकाशित मिति : कार्तिक १९, २०८२ बुधबार

अमेरिकामा सटडाउनका कारण विमानस्थलमा समस्या : दैनिक ४ हजार उडान प्रभावित हुने

अमेरिकामा सरकारी सटडाउनका कारण हवाई यात्रामा कटौती हुने भएको छ।

अमेरिकी यातायात मन्त्री सीन डफीले सरकारी शटडाउन जारी रहेमा शुक्रबार बिहानदेखि देशभरका ४० प्रमुख विमानस्थलमा हवाई यात्राको क्षमता १० प्रतिशतले घटाइने चेतावनी दिएका छन ।

संघीय उड्डयन प्रशासन (एफएए) का प्रमुख ब्रायन बेडफोर्डले हवाई यातायात नियन्त्रकहरूमा लगातार काम गर्दा थकान र तनाव बढिरहेको भन्दै सुरक्षाका कारण यो निर्णय गरिएको हो।

अमेरिकामा सटडाउनका कारण विमानस्थलमा समस्या : दैनिक ४ हजार उडान प्रभावित हुने

अमेरिकामा सटडाउनका कारण विमानस्थलमा समस्या : दैनिक ४ हजार उडान प्रभावित हुने

बेडफोर्डले यो असामान्य अवस्था हो भनेका छन । उडान कटौती चरणबद्ध रूपमा हुने अधिकारीहरूले बताएका छन्। शुक्रबारदेखि घरेलु उडानमा ४ प्रतिशत, शनिबार ५ प्रतिशत, आइतबार ६ प्रतिशत, र अर्को हप्तादेखि पूर्ण १० प्रतिशत उडान कटौती लागू हुनेछ।

यस कटौतीले दैनिक करिब ३ हजार ५०० देखि ४ हजार उडान प्रभावित हुने सम्भावना छ।

प्रभावित हुने प्रमुख विमानस्थलहरूको सूची बिहीबार सार्वजनिक गरिने बताइएको छ।

बेडफोर्डले हवाई प्रणालीलाई विश्वकै सबैभन्दा सुरक्षित बनाउन प्रतिबद्ध रहेको बताउँदै यो दबाब जारी रहेमा यात्रुहरूको सुरक्षामा असर पर्ने जोखिम बढ्न सक्ने बताए ।

शटडाउन सुरु भएको अक्टोबर १ देखि अधिकांश सङ्घीय कर्मचारीहरूलाई घर पठाइएको छ। तर, “आवश्यक” वर्गमा पर्ने एयर ट्राफिक कन्ट्रोलरहरूलाई तलब नपाई पनि काम गर्नुपर्ने बाध्यता छ।

कर्मचारीहरूको आर्थिक अवस्था अत्यन्त कमजोर बनेको छ। पेट्रोल हाल्ने पैसासमेत नभएको भन्दै हवाई नियन्त्रकहरूले म्यासेज पठाइरहेको जानकारी प्राप्त भएको छ।

साउथवेस्ट एयरलाइन्सले नयाँ उडान प्रतिबन्धले सेवामा पार्ने असरको मूल्याङ्कन गरेर ग्राहकहरूलाई चाँडै जानकारी दिने बताएको छ।

डेल्टा एयरलाइन्सले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

यो शटडाउन अमेरिकी इतिहासकै सबैभन्दा लामो मानिएको छ। कर्मचारीहरूले तलब नपाएपछि कतिपयले अन्य साइड काम गर्न थालेका छन्। जसका कारण कतिपय विमानस्थलहरूमा उडान स्थगित वा ढिलो हुने समस्या देखिएको छ।

यातायात मन्त्री डफीले देशका ३० प्रमुख विमानस्थलमध्ये आधामा कर्मचारी अभावको कारण उडानहरूमा असर पर्न सक्ने चेतावनी दिएका थिए ।





Source link

Leave a Comment