अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन



प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार

अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन

इराकमाथि सन् २००३ मा भएको अमेरिकी आक्रमणका मुख्य योजनाकार तथा शक्तिशाली उपराष्ट्रपतिहरूमध्ये एक मानिने अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले निमोनिया र मुटु तथा रक्तनलीसम्बन्धी रोगका जटिलताका कारण सोमबार उनको निधन भएको जानकारी दिएको हो।

पूर्व उपराष्ट्रपति चेनीले सन् २००१ देखि २००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू. बुसका कार्यकालमा सेवा दिएका थिए। उनले राष्ट्रपतिको शक्तिमा विस्तारको पक्षमा कडा रूपमा वकालत गरेका थिए । उनले उपराष्ट्रपति कार्यालयलाई अमेरिकी इतिहासकै सबैभन्दा प्रभावशाली बनाएका थिए। इराकसँग विनाशकारी हतियार रहेको दाबी गर्दै उनले २००३ को आक्रमणलाई जोडदार रूपमा समर्थन गरेका थिए । यद्यपि, पछि कुनै हतियार भने फेला परेको थिएन।

उनीकी छोरी लिज चेनी पनि अमेरिकी राजनीतिमा चर्चित थिइन्। तर, डोनाल्ड ट्रम्पविरुद्ध खुलेर बोल्दै महाभियोगको पक्षमा मत दिएपछि उनले सांसदको सिट गुमाइन्। चेनी स्वयंले समेत ट्रम्पलाई ‘गणतन्त्रका लागि सबैभन्दा ठूलो खतरा’ भनेका थिए । साथै, उनले सन् २०२४ मा डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई समर्थन गरेका थिए ।

अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन

अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन

मुटुसम्बन्धी समस्याले दीर्घकालीन रूपमा चेनीलाई सताएको थियो। ३७ वर्षको उमेरमा उनलाई पहिलो पटक हार्ट अट्याक भएको थियो । चेनीले सन् २०१२ मा मुटु प्रत्यारोपण समेत गराएका थिए।





Source link

Leave a Comment