अमेरिकाले तत्काल भेनेजुएलामाथि आक्रमण नगर्ने, सत्तापलटको सम्भावना कति ?



प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार

अमेरिकाले तत्काल भेनेजुएलामाथि आक्रमण नगर्ने, सत्तापलटको सम्भावना कति ?

फोटो : रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग युद्ध हुने सम्भावनालाई अस्वीकार गरेका छन्। तर, उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको शासनको दिनगन्ती सुरु भएको दाबी गरेका छन्।

उनको यो टिप्पणी अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा “लागू पदार्थ तस्करीमा संलग्न” भनिएका डुङ्गाहरूमा कारबाही गरिरहेकै बेला आएको हो।

ट्रम्प प्रशासनले यी आक्रमणहरूलाई “अमेरिकामा लागूपदार्थको प्रवाह रोक्ने आवश्यक कदम” भनेको छ। पत्रकारले सोधेको प्रश्नको जवाफमा ट्रम्पले भेनेजुएलाले अमेरिकासँग निक्कै नराम्रो व्यवहार गरेको भएपनि अहिले नै युद्धको सम्भावना नरहेको बताए।

अमेरिकाले तत्काल भेनेजुएलामाथि आक्रमण नगर्ने, सत्तापलटको सम्भावना कति ?

अमेरिकाले तत्काल भेनेजुएलामाथि आक्रमण नगर्ने, सत्तापलटको सम्भावना कति ?

तर, केही आलोचकहरूले भने भेनेजुएलामाथिका अमेरिकी आक्रमणहरू मादुरो सरकारलाई ढाल्ने उद्देश्यले गरिएको दाबी गर्दै आएका छन्।
ट्रम्पले भने यो केवल “लागूपदार्थ” सम्बन्धी मात्र नभई “धेरै कारणहरू”का लागि गरिएको कार्य भएको स्वीकार गरे।

सेप्टेम्बरको सुरुदेखि क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा भएका अमेरिकी आक्रमणहरूमा कम्तीमा ६४ जनाको मृत्यु भइसकेको छ।

फ्लोरिडामा बोल्दै ट्रम्पले लागूपदार्थका कारण २५ हजार मानिस मर्ने र हजारौँ परिवार नष्ट हुने भएकाले लागू पदार्थ बोकेका डुङ्गामा आक्रमण गरिएको बताए। ट्रम्पले भेनेजुएलाको भूमिमा समेत आक्रमण गर्न सकिने सङ्केत गरेका छन्। भेनेजुएलाका राष्ट्रपति मादुरोले यसअघि नै अमेरिकामाथि “नयाँ युद्ध सिर्जना गर्न खोजेको” आरोप लगाएका थिए।

उता, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले पनि अमेरिकी आक्रमणहरूलाई “ल्याटिन अमेरिकामाथि प्रभुत्व जमाउने रणनीति” भनेका छन्।
अमेरिका र भेनेजुएलाको सम्बन्ध लामो समयदेखि उतारचढावपूर्ण रहँदै आएको छ।

सुरुका वर्षहरूमा दुवै देशबीच आर्थिक र कूटनीतिक सहयोगको स्तर राम्रो थियो। तर पछिल्ला दुई दशकमा, विशेष गरी पूर्व राष्ट्रपति ह्युगो चाभेज र हालका राष्ट्रपति निकोलास मादुरोको शासनकालमा सम्बन्ध निकै तनावपूर्ण बनेको छ।

अमेरिकाले तत्काल भेनेजुएलामाथि आक्रमण नगर्ने, सत्तापलटको सम्भावना कति ?

अमेरिकाले भेनेजुएलाको सरकारले मानवअधिकार उल्लङ्घन, भ्रष्टाचार र लोकतान्त्रिक संस्थाहरूमाथि नियन्त्रण गरेको आरोप लगाउँदै कडा प्रतिबन्धहरू लगाएको छ।

यसको प्रतिक्रियामा भेनेजुएलाले अमेरिकालाई “साम्राज्यवादी शक्ति” भन्दै आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ।

हाल डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलामाथि दबाब बढाउँदै मादुरो सरकारविरुद्ध कठोर नीति अपनाएको छ। अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध अहिले पनि अत्यन्तै जटिल र विवादास्पद छ।

राजनीतिक, आर्थिक र सैन्य हितहरू एकअर्कासँग ठोक्किँदै आएका छन्, जसका कारण सम्बन्धमा चिसोपन बढिरहेको छ।





Source link

Leave a Comment