अमेरिकाको लिन्कन विश्वविद्यालयमा गोली चल्यो: एक जनाको मृत्यु, ६ घाइते



प्रकाशित मिति : कार्तिक ९, २०८२ आईतबार

अमेरिकाको लिन्कन विश्वविद्यालयमा गोली चल्यो: एक जनाको मृत्यु, ६ घाइते

अमेरिकाको विश्वविद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ र ६ जना घाइते भएका छन्।

पेन्सिल्भेनियाको लिन्कन विश्वविद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा एक जनाको मृत्यु भएको हो र छ जना घाइते भएका छन्। घटना विश्वविद्यालयको ‘होमकमिङ’ कार्यक्रमको बीचमा भएको अधिकारीहरूले बताएका छन्।

‘होमकमिङ’ भनेको पुराना विद्यार्थीहरू फर्किने, आफ्नो विश्वविद्यालयलाई योगदान दिने र पुराना सम्झनाहरू ताजा पार्ने समय हो।

अमेरिकाको लिन्कन विश्वविद्यालयमा गोली चल्यो: एक जनाको मृत्यु, ६ घाइते

अमेरिकाको लिन्कन विश्वविद्यालयमा गोली चल्यो: एक जनाको मृत्यु, ६ घाइते

यो घटना अमेरिकाभरका कलेज र विद्यालयहरूमा भइरहेको खेलकुद तथा ‘होमकमिङ’ समारोहका बीच हिंसात्मक घटनाको पछिल्लो उदाहरण बनेको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार गोली विश्वविद्यालयको नजिक चलेको हो। दिउँसोको फुटबल खेलपछि विद्यार्थी र पूर्व विद्यार्थीहरू रमाइरहेका बेला गोलीकाण्ड भएको हो।

चेस्टर काउन्टीका जिल्ला अटर्नी क्रिस्टोफर डे बार्रेना-सारोबेले सात जनामा गोली लागेको पुष्टि भएको बताए।

घाइतेहरूमध्ये धेरैलाई नजिकैको डेलावेयर राज्यका अस्पतालहरूमा उपचारका लागि लगिएको छ।

मृतक २५ वर्षीय जुजुआन जेफर्स रहेका छन्। उनी डेलावेयरका बासिन्दा हुन्। उनलाई टाउकोमा गोली लागेको थियो।

अमेरिकाको लिन्कन विश्वविद्यालयमा गोली चल्यो: एक जनाको मृत्यु, ६ घाइते

अहिलेसम्म एक जनालाई अवैध रूपमा हतियार बोकेको आरोपमा पक्राउ गरिएको छ। अनुसन्धानकर्ताहरूले सो हतियार यही घटनामा प्रयोग भएको हो वा होइन भनेर अनुसन्धान गरिरहेको बताएका छन्।

पेन्सिल्भेनियाका गभर्नर जोश शापिरोले विश्वविद्यालय प्रशासनसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै राज्य सरकार र प्रहरीको पूर्ण सहयोग रहने आश्वासन दिएका छन्।

लिन्कन विश्वविद्यालय अमेरिकाको पहिलो “हिस्टोरिकली ब्ल्याक कलेज एन्ड युनिभर्सिटी” हो, जुन फिलाडेल्फियाबाट करिब ५५ माइल पश्चिममा अवस्थित छ।

यो अश्वेत समुदायका लागि स्थापित कलेज र विश्वविद्यालय अर्थात् ऐतिहासिक रूपमा अफ्रिकी अमेरिकीहरूको लागि स्थापना भएको शिक्षण संस्था हो।

लिङ्कन विश्वविद्यालयमा कला, विज्ञान, व्यवसाय, शिक्षा, मनोविज्ञान, सामाजिक विज्ञान लगायतका स्नातक र स्नातकोत्तर तहका अध्ययन कार्यक्रमहरू सञ्चालनमा छन्।

विश्वविद्यालयले विशेष गरी नेतृत्व विकास, सामाजिक न्याय, र सामुदायिक सेवामा आधारित शिक्षण प्रणालीलाई प्राथमिकता दिन्छ।

लिङ्कन विश्वविद्यालय केवल एक शैक्षिक संस्था होइन, यो अफ्रिकी अमेरिकी स्वतन्त्रता आन्दोलन, नागरिक अधिकार सङ्घर्ष, र समान अवसरको प्रतीक पनि हो।

यो विश्वविद्यालय आज पनि विविध पृष्ठभूमिका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै सामाजिक र जातीय समानताको पक्षमा योगदान पुर्‍याइरहेको छ।

हालैका हप्ताहरूमा अमेरिकाभरका ‘होमकमिङ’ कार्यक्रम र खेलकुदका अवसरमा हिंसात्मक घटनाहरू बढेका छन्। हावर्ड विश्वविद्यालय नजिक भएको गोलीकाण्डमा पाँच जना घाइते भएका छन्, तर ती विद्यार्थी थिएनन्।

अलाबामा राज्यको मोंटगोमरीमा दुई जनाको मृत्यु र १२ जना घाइते भए। मिसिसिपी राज्यमा यस महिनामात्र तीनवटा फुटबल खेलसँग जोडिएका गोलीकाण्डमा कम्तीमा छ जनाको मृत्यु भएको छ।

गन भायोलन्स अर्काइभका अनुसार, यस वर्ष अमेरिकामा ३५३ भन्दा बढी सामूहिक गोलीकाण्ड भइसकेका छन्, जसमा ३०० भन्दा बढीको मृत्यु भएको छ र १ हजार ६०० भन्दा बढी घाइते भएका छन्।

लिन्कन विश्वविद्यालयको यो घटनाले अमेरिकाभरका विद्यालय र विश्वविद्यालयमा सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ। अधिकारीहरूले अहिले एफबीआई र स्थानीय प्रहरीसँग मिलेर घटनाको अनुसन्धान तीव्र बनाइरहेका छन्।





Source link

Leave a Comment