कामदार भिसाको प्रभाव: अमेरिकाको ग्रामीण क्षेत्र स्वास्थ्य संकटमा फस्न सक्ने विज्ञको चेतावनी



प्रकाशित मिति : कार्तिक ८, २०८२ शनिबार

कामदार भिसाको प्रभाव: अमेरिकाको ग्रामीण क्षेत्र स्वास्थ्य संकटमा फस्न सक्ने विज्ञको चेतावनी

अमेरिकाको ग्रामीण क्षेत्रमा विदेशी चिकित्सकहरूको सङ्ख्या घट्ने सङ्कट देखिन थालेको छ।

एच–१बी, अर्थात् कामदार भिसा शुल्क वृद्धिपछि बढेको अनिश्चितताले विदेशी चिकित्सकको सङ्ख्यामा कमी आउन थालेको हो। ट्रम्प प्रशासनले कामदार भिसाको शुल्क १ लाख डलर पुर्‍याएको छ।

अमेरिकाको स्वास्थ्य सेवामा संलग्न प्रत्येक चार जना चिकित्सकमध्ये एक जना विदेशी प्रशिक्षित हुन्।

कामदार भिसाको प्रभाव: अमेरिकाको ग्रामीण क्षेत्र स्वास्थ्य संकटमा फस्न सक्ने विज्ञको चेतावनी

कामदार भिसाको प्रभाव: अमेरिकाको ग्रामीण क्षेत्र स्वास्थ्य संकटमा फस्न सक्ने विज्ञको चेतावनी

अधिकांश विदेशी चिकित्सकहरू ग्रामीण र कम सेवा पुगेका क्षेत्रमा कार्यरत छन्। अमेरिकी चिकित्सकहरूले काम गर्न रुचि नदेखाएका क्षेत्रमा विदेशी चिकित्सकहरूले सेवा दिइरहेका छन्।

यीमध्ये धेरैजना एच–१बी भिसामा छन्। यो भिसाले उनीहरूलाई “ग्रीन कार्ड” पर्खँदै वर्षौंसम्म अस्थिर अवस्थामा राख्छ।

गत महिना राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एच–१बी भिसा शुल्क नयाँ आवेदकका लागि १ लाख डलर पुर्‍याउने घोषणा गरेपछि अमेरिकामा कार्यरत विदेशी चिकित्सकहरूमा त्रास फैलिएको छ।

शुल्क वृद्धिपछि स्वास्थ्य संस्थाहरूले नयाँ चिकित्सक भर्ना गर्न गाह्रो हुने चिन्ता व्यक्त गरेका छन्।

सेप्टेम्बर २२ मा ह्वाइट हाउसका प्रवक्ताले पठाएको इमेलमा राष्ट्रपति आदेशमा सम्भावित अपवादहरूको व्यवस्था रहेको उल्लेख छ, जसमा चिकित्सक र मेडिकल सम्बन्धीतहरू पनि पर्न सक्ने देखिन्छ। तर, यो कुरा प्रष्ट पारिएको छैन।

कामदार भिसाको प्रभाव: अमेरिकाको ग्रामीण क्षेत्र स्वास्थ्य संकटमा फस्न सक्ने विज्ञको चेतावनी

पछिल्लो स्पष्टीकरण अनुसार, यो शुल्क पहिले नै जारी र वैद्यता रहेका एच–१बी भिसा भएका चिकित्सकहरूमा लागू नहुने जनाइएको छ।

तर, नयाँ चिकित्सकहरूको भर्तीमा यो शुल्कको असर कति गम्भीर हुनेछ भन्ने प्रश्न अझै बाँकी छ।

अमेरिकन मेडिकल एसोसिएसनसहित ५० भन्दा बढी स्वास्थ्य समूहहरूले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री क्रिस्टी नोएमलाई पत्र लेख्दै शुल्क वृद्धिले ग्रामीण अस्पतालहरूलाई विदेशी चिकित्सक भर्ना गर्न हतोत्साहित गर्ने चेतावनी दिएका छन्।

अध्ययनहरू अनुसार, अमेरिकामा रहेका विदेशी चिकित्सकमध्ये पाँचमध्ये एक जना भारतीय मूलका छन्।

क्यालिफोर्निया विश्वविद्यालयको अनुसन्धान अनुसार विदेशी चिकित्सकहरूलाई अनुमति दिँदा अमेरिकी स्नातक चिकित्सकहरूको रोजगारीमा कुनै असर पर्दैन।

बरु यसले ग्रामीण र न्यून आम्दानी भएका क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा मद्दत गर्छ।

अध्ययनले विदेशी चिकित्सकहरूले अमेरिकी चिकित्सकको काम खोसेका छैनन्, बरु उनीहरूले खाली ठाउँ भरेका छन् भनेर देखाएको छ।

अध्ययनले सन् २०३४ सम्म अमेरिकामा १ लाख २४ हजार चिकित्सक अभाव हुने अनुमान गरेको छ।

सन् १९६० को दशकदेखि नै अमेरिकी सरकारले डाक्टर अभाव पूरा गर्न विकासोन्मुख देशका चिकित्सकहरूलाई आकर्षित गर्दै आएको छ।

अमेरिकाको ग्रामीण क्षेत्रमा विदेशी मूलका आप्रवासी चिकित्सकहरू देशको स्वास्थ्य प्रणालीको मेरुदण्ड बनेका छन्। तर, ट्रम्प प्रशासनको एच–१बी भिसा शुल्क वृद्धिले उनीहरूको भविष्य अनिश्चित बनाएको छ।

यदि तत्काल समाधान खोजिएन भने, ग्रामीण अमेरिका स्वास्थ्य संकटमा फस्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।





Source link

Leave a Comment