अमेरिकाको विस्कन्सिन बन्यो सम्पूर्ण गर्भपतन सेवा रोक्ने पहिलो राज्य



प्रकाशित मिति : कार्तिक ८, २०८२ शनिबार

अमेरिकाको विस्कन्सिन बन्यो सम्पूर्ण गर्भपतन सेवा रोक्ने पहिलो राज्य

अमेरिकाको विस्कन्सिन राज्यले गर्भपतन सेवा रोक्ने घोषणा गरेको छ । ट्रम्प प्रशासनको नयाँ कानुनपछि विस्कन्सिनमा प्लान्ड प्यारेन्टहुडले गर्भपतन सेवा रोक्ने घोषणा गरेको हो ।

प्लान्ड प्यारेन्टहुड अफ विस्कन्सिनले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हस्ताक्षरित नयाँ कर र खर्चसम्बन्धी कानुनका कारण मेडिकेड कोष कटौती भएपछि आगामी सातादेखि गर्भपतन सेवाका लागि नयाँ बिरामी नलिने घोषणा गरेको छ।

यो निर्णयले विस्कन्सिनमा गर्भपतन गर्न चाहने सयौँ महिलालाई असर गर्ने सम्भावना छ । उनीहरूलाई अब शिकागो जस्ता नजिकका अन्य राज्यहरूमा उपचारका लागि यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

अमेरिकाको विस्कन्सिन बन्यो सम्पूर्ण गर्भपतन सेवा रोक्ने पहिलो राज्य

अमेरिकाको विस्कन्सिन बन्यो सम्पूर्ण गर्भपतन सेवा रोक्ने पहिलो राज्य

अमेरिकाभर गर्भपतन सेवामाथि दबाब बढ्दै गएको छ । विशेष गरी प्लान्ड प्यारेन्टहुड संस्था सबैभन्दा ठूलो सेवा प्रदायक भएकाले यसमा प्रत्यक्ष असर परेको छ ।

नयाँ कानुनले मेडिकेडमार्फत गर्भपतनबाहेकका सेवाका लागि पनि वित्तीय सहयोग रोक्ने व्यवस्था गरेको छ । विस्कन्सिन यस्तो कानुनको प्रभावमा सम्पूर्ण गर्भपतन सेवा रोक्ने पहिलो अमेरिकी राज्य बनेको छ ।

यो कानुन ट्रम्पले जुलाईमा हस्ताक्षर गरेका “ट्याक्स एन्ड स्पेन्डिङ बिल” (कर र खर्चसम्बन्धी विधेयक) को अंश हो ।

सुरुआतमा एकजना सङ्घीय न्यायाधीशले मेडिकेड भुक्तानी जारी रहनुपर्ने आदेश दिएका थिए । तर, यस महिनाको पुनरावेदन अदालतले सरकारलाई भुक्तानी रोक्न अनुमति दिएको छ। विस्कन्सिन पनि यस प्रावधानविरुद्ध दायर बहुराज्यीय सङ्घीय मुद्दामा सहभागी छ।

विस्कन्सिनका डेमोक्र्याटिक अटर्नी जनरल जोश काउलले “स्वास्थ्य सेवा कोषलाई धम्की दिनु गलत भएको” बताएका छन् । तर दुर्भाग्यवश यो अहिलेको सङ्घीय सरकारको नीतिअनुरूपकै कदम हो।”

अमेरिकाको विस्कन्सिन बन्यो सम्पूर्ण गर्भपतन सेवा रोक्ने पहिलो राज्य

प्लान्ड प्यारेन्टहुडले गर्भपतनबाहेक क्यान्सर जाँच, यौनरोग परीक्षण र उपचार लगायतका सेवा प्रदान गर्छ । सङ्घीय नियमअनुसार मेडिकेडले गर्भपतनका लागि कोष प्रदान गर्न पाइँदैन । तर संस्थाहरू ती कोषबाट अन्य सेवाहरू सञ्चालन गर्न निर्भर रहँदै आएका थिए।

प्लान्ड प्यारेन्टहुड अफ विस्कन्सिनले बुधबारदेखि नयाँ सङ्घीय कानुन लागू भएपछि कुनै पनि गर्भपतन सेवा निर्धारण र प्रवाह गर्न नसकिने बताएको छ ।

सन् २०२२ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको सङ्घीय अधिकार समाप्त गरेपछि विभिन्न राज्यहरूले फरक–फरक कानुन लागू गरेका छन्।

हाल १२ राज्यमा अपवादबाहेक पूर्ण रूपमा गर्भपतनमा प्रतिबन्ध छ । थप ४ राज्यमा ६ हप्ताभन्दा पछिको गर्भपतन निषेध गरिएको छ। यसले धेरै महिलालाई अन्य राज्यमा यात्रा गरेर गर्भपतन गर्न बाध्य बनाएको छ। साथै, गर्भपतनका औषधिहरूको प्रयोगमा पनि वृद्धि भएको छ।

इलिनोइसको शिकागो एबोर्शन फन्डकी कार्यकारी निर्देशक मेगन जयेफोले इलिनोइस अब विस्कन्सिनका महिलाहरूका लागि ‘सुरक्षित विकल्प’ बन्ने सम्भावना रहेको बताइन् ।

सन् २०२४ मा इलिनोइसमा ३५ हजार बाहिरी राज्यका महिलाले गर्भपतन गरेका थिए । जुन राज्यभित्र भएका कुल गर्भपतनको ३९ प्रतिशत हो।

विस्कन्सिनमा सन् १८४९ को पुरानो गर्भपतन प्रतिबन्ध कानुन सन् २०२२ मा पुनः विवादित भएको थियो । तर, विस्कन्सिन सर्वोच्च अदालतले यस वर्ष जुलाईमा उक्त प्रतिबन्धलाई असंवैधानिक ठहर गर्दै नयाँ कानुनले त्यसलाई प्रतिस्थापन गरेको निर्णय सुनायो।

संस्थाका अनुसार, विस्कन्सिनमा प्लान्ड प्यारेन्टहुडले वार्षिक ५० हजार मानिसलाई सेवा दिन्छ । जसमा ६० प्रतिशत बिरामी मेडिकेड अन्तर्गत छन्।





Source link

Leave a Comment