अमेरिकामा आइसले छापामार्दा गोली चल्यो, २ जना घाइते



प्रकाशित मिति : कार्तिक ४, २०८२ मंगलबार

अमेरिकामा आइसले छापामार्दा गोली चल्यो, २ जना घाइते

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकाको लस एन्जेलसमा आप्रवासन अधिकारीहरूले छापा मार्ने क्रममा गोली चलेको छ । गोली चल्दा अमेरिकी मार्शलसहित दुई जना घाइते भएका छन् ।

आप्रवासन कार्यान्वयन अभियानका क्रममा गोली चल्दा अमेरिकी मार्शलसहित दुई व्यक्ति घाइते भएका ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ (डीएचएस) ले जनाएको छ।

‘आइस’ का अधिकारीले पक्राउ गर्न खोज्दा ती व्यक्तिले कानुन कार्यान्वयन टोलीको सवारीमा ठक्कर दिएको आरोप लागेको छ । त्यही क्रममा ‘आइस’ का अधिकारीको हतियार आकस्मिक रूपमा पड्किएको दाबी डीएचएसले गरेको छ ।

अमेरिकामा आइसले छापामार्दा गोली चल्यो, २ जना घाइते

अमेरिकामा आइसले छापामार्दा गोली चल्यो, २ जना घाइते

घटनामा गोली लागेका व्यक्तिमध्ये एकजना सङ्घीय अमेरिकी मार्शल हुन् । अर्का ४४ वर्षीय कार्लिटोस रिक्कार्डो पारियस घाइते भएका छन् ।

डीएचएसका अनुसार यो घटना “लक्षित ट्राफिक रोक्ने कारबाहीका क्रममा भएको हो” । ‘आइस’ का अधिकारीहरूले सो क्रममा अमेरिकी मार्शलहरूको सहयोगमा एकजना कागजातविहीन आप्रवासीलाई नियन्त्रणमा लिन प्रयास गरेका थिए।

तर ती व्यक्तिले आफ्नो सवारी साधनलाई हतियारको रूपमा प्रयोग गर्दै कानुन कार्यान्वयन गाडीमा ठक्कर दिएको बताइएको छ । सुरक्षाका कारण अधिकारीहरूले “आत्मरक्षाका लागि गोली चलाएको” दाबी गरेका छन्।

त्यस क्रममा कागजातविहीन आप्रवासीको कुहिनोमा गोली लागेको र एक अधिकारीको हातमा गोली लागेको जनाइएको छ । दुवैलाई अस्पतालमा भर्ना गरिएको छ । एफबीआई ले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

न्याय मन्त्रालयका अनुसार पारियसलाई सङ्घीय अधिकारीमाथि आक्रमणको आरोप लगाइएको छ । उनले गिरफ्तारीबाट जोगिन कानुन कार्यान्वयन सवारीहरूमा ठक्कर दिएका थिए।

अमेरिकामा आइसले छापामार्दा गोली चल्यो, २ जना घाइते

पारियसका वकिल कार्लोस जुराडोका अनुसार उनले टिकटकमा समुदायभित्रका कानुन कार्यान्वयन गतिविधिहरूको भिडियो बनाउने गर्थे। घटना भएको बिहान पनि उनले आफ्नो घर अगाडि डीएचएस अधिकारीहरूको गतिविधि रेकर्ड गरिरहेका थिए।





Source link

Leave a Comment