हङकङमा विमान रनवेबाट चिप्लिएर समुद्रमा पुग्यो, २ जनाको मृत्यु



प्रकाशित मिति : कार्तिक २, २०८२ आईतबार

हङकङमा विमान रनवेबाट चिप्लिएर समुद्रमा पुग्यो, २ जनाको मृत्यु

फोटो : एपी/रासस

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको हो। विमानले ठक्कर दिएको सुरक्षा गस्ती सवारीसाधनका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको हो।

दुबईबाट आएको टर्कीको कार्गो सेवा प्रदायकको बोइङ कार्गो विमान स्थानीय समयअनुसार बिहान करिब ४ बजे अवतरणका क्रममा नियन्त्रण गुमाएर रनवेबाहिर गएको हङकङका अधिकारीहरूले जनाएका छन्। विमान दुई भागमा टुक्रिएको बताइएको छ।

हङकङमा विमान रनवेबाट चिप्लिएर समुद्रमा पुग्यो, २ जनाको मृत्यु

हङकङमा विमान रनवेबाट चिप्लिएर समुद्रमा पुग्यो, २ जनाको मृत्यु

भिडिओ फुटेजहरूमा विमानको पछिल्लो भाग पूरै भाँचिएको र अगाडिको ककपिटमुनि क्षतिग्रस्त भएको देखिन्छ। विमानमा रहेका चार जना चालक दलका सदस्यहरूलाई अस्पताल पठाइएको छ।

हङकङको नागरिक उड्डयन विभागले विमानले अवतरणअघि कुनै पनि प्रकारको आपत्कालीन सङ्केत नदिएको बताएको छ।

यो विमान एमिरेट्स एयरलाइन्सको फ्लाइट नम्बरमा चलाइएको थियो।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै व्यस्त विमानस्थलमध्ये एक हो, तर त्यहाँ घातक हवाई दुर्घटना अत्यन्तै दुर्लभ छन्।

सन् १९९९ मा चाइना एयरलाइन्सको विमान टाइफुनका कारण अवतरणको क्रममा उल्टो परेर कम्तीमा दुई जनाको मृत्यु भएको थियो। २०० भन्दा बढी घाइते भएका थिए। त्यो दुर्घटना विमानस्थल सञ्चालनमा आएको एक वर्षमै भएको थियो।

हङकङमा विमान रनवेबाट चिप्लिएर समुद्रमा पुग्यो, २ जनाको मृत्यु

यो पछिल्लो दुर्घटनाले हङकङको हवाई सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ। अधिकारीहरूले भने विमानस्थलको सञ्चालनमा कुनै पनि दीर्घकालीन प्रभाव नपर्ने बताएका छन्।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थल केवल यात्रुहरूका लागि नभएर एशियाली व्यापार, पर्यटन, र अन्तर्राष्ट्रिय कार्गो यातायातको केन्द्र पनि हो ।

यसले हङकङको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँछ । चीन तथा विश्वका अन्य सहरहरूबीच मुख्य जडान बिन्दुको रूपमा पनि यसले काम गर्छ।

यो विमानस्थलले १०० भन्दा बढी अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई सेवा प्रदान गर्छ । १८० भन्दा बढी गन्तव्यहरूमा सीधा उडान सञ्चालन गर्छ ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थल आधुनिक, कुशल र विश्वस्तरीय पूर्वाधार भएको विमानस्थल हो । जसले हङकङलाई विश्व नक्सामा एक प्रमुख हवाई केन्द्रको रूपमा स्थापित गरेको छ।





Source link

Leave a Comment