अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनको भेट हङ्गेरीमा हुने, फोनवार्तापछि जुट्यो सहमति



प्रकाशित मिति : आश्विन २९, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनको भेट हङ्गेरीमा हुने, फोनवार्तापछि जुट्यो सहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हंगेरीमा भेटवार्ता हुने भएको छ।

बिहीबार भएको टेलिफोन वार्तामा हङ्गेरीको बुडापेस्टमा प्रत्यक्ष भेट गर्ने सहमति जुटेको ह्वाइट हाउसले जनाएको छ। ट्रम्पले अर्को भेट २ साताभित्र हुनसक्ने सम्भावना रहेको दाबी गरेका छन्।

ट्रम्पले यो कुराकानीलाई “ठूलो प्रगति” भनेका छन्। उनले उक्त टेलिफोन वार्ता “अत्यन्त उत्पादक” भएको बताउँदै अमेरिका र रुसका टोलीहरू आगामी सातादेखि भेट्न थाल्ने बताए।

अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनको भेट हङ्गेरीमा हुने, फोनवार्तापछि जुट्यो सहमति

अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनको भेट हङ्गेरीमा हुने, फोनवार्तापछि जुट्यो सहमति

ट्रम्पले भने, “टेलिफोन वार्ताबाट ठूलो प्रगति भएको म विश्वास गर्छु,” र उनले शुक्रबार जेलेन्स्कीलाई वार्ताको विवरण दिने बताएका छन्।

यो वार्ता गत अगस्ट मध्यपछिको पहिलो प्रत्यक्ष संवाद हो। यद्यपि, भेटको मिति तय नभए पनि रुसले यस वार्तालाई “सिधा, विश्वासयोग्य र खुला” भएको बताउँदै शिखर सम्मेलनको तयारी तुरुन्त सुरु गर्ने घोषणा गरेको छ।

यो वार्ता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणको अघिल्लो दिन भएको हो।

ट्रम्प हाल युक्रेनलाई रूसभित्र गहिरो प्रहार गर्न सक्ने टोमहक मिसाइल उपलब्ध गराउने कि नगराउने भन्ने दोधारमा रहेका छन्।

जेलेन्स्कीले रुसले टोमहकबारे थाहा पाएपछि वार्ता सुरु गर्न हतार गरेको टिप्पणी गरेका छन्। जेलेन्स्कीले यसपटकको वाशिङ्टन भ्रमणमा टोमहक मिसाइललाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनको भेट हङ्गेरीमा हुने, फोनवार्तापछि जुट्यो सहमति

युक्रेनले माग गरिरहेको उक्त मिसाइल २,५०० किलोमिटर दूरीसम्म प्रहार गर्न सक्षम छ।

ट्रम्पले आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा लेख्दै भने, “हामीले युक्रेन युद्ध समाप्त भएपछि अमेरिका र रूसबीचको व्यापारका विषयमा लामो छलफल गर्यौँ।”

ट्रम्पका अनुसार, दुवै देशका उच्चस्तरीय सल्लाहकारहरू आगामी हप्ता भेट्नेछन्। अमेरिकी टोलीको नेतृत्व परराष्ट्रमन्त्री मार्को रुबियोले गर्नेछन्।

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले एक्स (पहिलेको ट्विटर) मा लेखे, “बुडापेस्टमा हुने यो भेट शान्तिप्रेमी विश्वका मानिसका लागि राम्रो खबर हो।”

ओर्बानले शान्तिका लागि धैर्यता, शक्ति र विनम्रता आवश्यक रहेको बताए।

युरोपले आफ्नो रुखो दृष्टिकोण त्याग्नुपर्ने भन्दै उनले अहङ्कार र युद्धको आगो बाल्नुको सट्टा, रूससँग वार्ताको बाटो रोज्नुपर्ने बताए।

ट्रम्पले गत अगस्टमा अलास्कामा भएको प्रत्यक्ष शिखर वार्ता असफल भएपछि पुटिनप्रति कडा रुख अपनाएका हुन्। अगस्ट १५ मा भएको उक्त भेटले शान्ति सम्झौताको प्रगति गर्न असफल भएको थियो।

त्यसपछिका केही दिनमै ट्रम्पले जेलेन्स्की र युरोपेली नेतासँगको बैठक बीचमै पुटिनलाई टेलिफोन गरेका थिए। त्यसपछि ह्वाइट हाउस वा क्रेमलिनले कुनै संवाद सार्वजनिक गरेको थिएन।

राष्ट्रपतिको निर्वाचन अभियानका क्रममा ट्रम्पले “म युक्रेन युद्ध केही दिनमै अन्त्य गर्न सक्छु” भनेका थिए। तर अहिले भने उनले “यो आफूले सोचेभन्दा धेरै जटिल” रहेको स्वीकार गरेका छन्।





Source link

Leave a Comment