तीन दशकदेखि अमेरिकामा बस्दै आएका ग्रीन कार्डधारी फ्लोरेस आइसको नियन्त्रणमा



प्रकाशित मिति : आश्विन २३, २०८२ शुक्रबार

तीन दशकदेखि अमेरिकामा बस्दै आएका ग्रीन कार्डधारी फ्लोरेस आइसको नियन्त्रणमा

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकाको केन्टकी राज्यमा बसोबास गर्दै आएका ग्रिन कार्ड धारक व्यक्तिलाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का अधिकारीहरूले वेस्ट भर्जिनियामा टोल बुथ हुँदै जाँदै गर्दा नियन्त्रणमा लिएका छन्।

स्थानीय समाचार संस्था डब्लुटिभिक्यूका अनुसार पक्राउ पर्नेमा भिसेन्टे कास्टिलो फ्लोरेस रहेका छन् । उनकी पत्नी के कास्टिलोका अनुसार उनका श्रीमान् वेस्ट भर्जिनिया भित्र आफ्ना भतिजालाई काममा सहयोग गर्न गइरहेका बेला आइस एजेन्टहरूले रोकेका थिए। उनले आफ्नो वर्क भिसा र ग्रिन कार्डसहितका सबै कानुनी कागजात देखाए पनि उनलाई आइस अधिकारीहरूले पक्राउ गरेका थिए ।

पक्राउको कारणबारे हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन। डब्लुटिभिक्यूका अनुसार, फ्लोरेसको कुनै पनि आपराधिक रेकर्ड नरहेको पाइएको छ । उनी पछिल्ला तीन दशकदेखि अमेरिकामा कानुनी रूपमा काम र बसोबास गर्दै आएका थिए । साथै, उनी स्थायी नागरिकताको प्रक्रियामा रहेका थिए।

तीन दशकदेखि अमेरिकामा बस्दै आएका ग्रीन कार्डधारी फ्लोरेस आइसको नियन्त्रणमा

तीन दशकदेखि अमेरिकामा बस्दै आएका ग्रीन कार्डधारी फ्लोरेस आइसको नियन्त्रणमा

अहिले उनी वेस्ट भर्जिनियामा आइसको नियन्त्रणमा रहेका छन् । उनलाई निकट भविष्यमा न्यु जर्सी वा पेन्सिलभेनिया स्थानान्तरण गर्न सक्ने जनाइएको छ। के कास्टिलोले फ्लोरेसले आशा गुमाउँदै गएको बताएकी छिन् । साथै, उनको परिवारले फ्लोरेसलाई मुक्त गराउन कानुनी सहयोग खोजिरहेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको जनवरीमा पुनः पदभार ग्रहण गरेपछि उनको प्रशासनले ठुलो मात्रामा आप्रवासी निर्वासन अभियान सञ्चालन गर्दै आएको छ। ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठुलो निर्वासन अभियान सञ्चालन गर्ने वाचा गरेका थिए, जसमा मुख्य लक्ष्य हिंसात्मक अपराधमा संलग्न आप्रवासीहरू हुने बताइएको थियो।

तर, पछिल्ला रिपोर्टहरूका अनुसार, साना अपराध, दशकौँ पुराना कानुनी उल्लङ्घन वा कुनै आपराधिक रेकर्ड नै नभएका व्यक्तिहरू समेत यस अभियानमा समेटिएका छन्। सर्वेक्षणहरूका अनुसार धेरै अमेरिकीहरू ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिप्रति असन्तुष्ट देखिएका छन्।





Source link

Leave a Comment