एफबीआईका पूर्व निर्देशक कोमीद्वारा आफू निर्दोष रहेको भन्दै अदालतमा निवेदन दर्ता



प्रकाशित मिति : आश्विन २१, २०८२ बुधबार

एफबीआईका पूर्व निर्देशक कोमीद्वारा आफू निर्दोष रहेको भन्दै अदालतमा निवेदन दर्ता

अमेरिकी संघीय अनुसन्धान निकाय (एफबीआई) का पूर्व निर्देशक जेम्स कोमीले आफू निर्दोष रहेको भन्दै अदालतमा निवेदन दर्ता गरेका छन्। उनीमाथि सांसदहरूलाई गलत बयान दिएको र कंग्रेसको कार्यवाहीमा अवरोध पुर्याएको अभियोग लगाइएको छ।

कोमीका वकिल प्याट्रिक फिजगेराल्डले भर्जिनियाको एलेक्जान्ड्रियास्थित संघीय अदालतमा उनको तर्फबाट यो निवेदन दर्ता गराएका हुन्।
फिजगेराल्डले यो मुद्दा खारेज गराउने प्रयास गर्ने बताएका छन्।

उनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचक कोमीलाई राजनीतिक रूपमा निशाना बनाइएको हो। ट्रम्पले आफ्नो महान्यायाधिवक्ता (एटर्नी जनरल) लाई कोमीविरुद्ध कारबाही गर्न निर्देशन दिएको केही दिनभित्रै कोमीमाथि अभियोग दर्ता गरिएको थियो।

एफबीआईका पूर्व निर्देशक कोमीद्वारा आफू निर्दोष रहेको भन्दै अदालतमा निवेदन दर्ता

एफबीआईका पूर्व निर्देशक कोमीद्वारा आफू निर्दोष रहेको भन्दै अदालतमा निवेदन दर्ता

न्यायाधीशले कोमीको माग अनुसार छिटो सुनुवाइ हुने गरी जनवरी ५ को मिति तोकेका छन्। अदालतमा अभियोजन र बचाउ पक्ष दुवैले मुद्दा दुईदेखि तीन दिनमै सकिने अपेक्षा व्यक्त गरेका थिए।

कोमीका वकिल फिजगेराल्डले भने, उनीहरूले मुद्दा सुरु हुनुअघि नै “बदला स्वरूप” अभियोजन गरिएको दाबीसहित मुद्दा खारेजीका लागि अनेक आवेदनहरू दर्ता गर्ने योजना बनाएका छन्। साथै, यो मुद्दा हेर्नका लागि अमेरिकी अटर्नीको नियुक्ति पनि अवैध भएको उनीहरूको दाबी छ।

कोमीको मुद्दा सुरुमा भर्जिनियाका अभियोजक एरिक सिबर्टको मातहतमा थियो। तर, ट्रम्पको दबाबपछि उनले राजीनामा दिएका थिए। सिबर्टले न्यूयोर्ककी एटर्नी जनरल लेटिटिया जेम्समाथि गरेको अनुसन्धानबाट कुनै अभियोग नलगाएको कारण उनलाई हटाइएको थियो। त्यसपछि ट्रम्पले लिण्डसी ह्यालिगनलाई उनको स्थानमा नियुक्त गरेका थिए।

संघीय न्यायाधीश माइकल नाचम्यानोफका अनुसार प्रत्येक अभियोगमा अधिकतम पाँच वर्ष कैद र २ लाख अमेरिकी डलरसम्म जरिवानाको सजाय हुन सक्छ।

सरकारतर्फबाट प्रतिनिधित्व गर्दै लिण्डसी ह्यालिगनले भर्जिनियाको पूर्वी जिल्लाको शीर्ष संघीय अभियोजकको जिम्मेवारी सेप्टेम्बरमा सम्हालेकी थिइन्। पद सम्हालेको एक साताभित्रै उनले ग्र्यान्ड ज्युरीमार्फत कोमीमाथि अभियोग दर्ता गराइन्, जबकि अघिल्ला अभियोजकहरूले प्रमाणको अभावमा यो मुद्दा अघि नबढाउने निर्णय गरेका थिए।

एफबीआईका पूर्व निर्देशक कोमीद्वारा आफू निर्दोष रहेको भन्दै अदालतमा निवेदन दर्ता

जेम्स कोमी सन् २०१३ देखि २०१७ सम्म एफबीआई निर्देशक थिए। ट्रम्पको पहिलो कार्यकालको चार महिनापछि उनलाई बर्खास्त गरिएको थियो। त्यतिबेला कोमी रुसको अमेरिकी चुनावमा हस्तक्षेप र ट्रम्पको अभियानसँगको सम्भावित सम्बन्धबारे अनुसन्धान गरिरहेका थिए।

उनको कार्यकालमा सन् २०१६ को राष्ट्रपति चुनावअघि डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले निजी इमेल सर्भर प्रयोग गरेको विषयमा अनुसन्धान पुनः खोल्दा ठूलो विवाद भएको थियो। सरकारको दाबी अनुसार कोमीले सन् २०२० सेप्टेम्बरमा सीनेट न्यायिक समितिको सुनुवाइमा क्लिन्टन र रुस अनुसन्धान दुवैबारे झूट बोलेका थिए।





Source link

Leave a Comment