अमेरिकाबाट सेप्टेम्बरमा नेपाल भित्रिए ९६७९ पर्यटक, अगष्टको तुलनामा ३६११ जना बढी

प्रकाशित मिति : आश्विन २०, २०८२ मंगलबार

अमेरिकाबाट सेप्टेम्बरमा नेपाल भित्रिए ९६७९ पर्यटक, अगष्टको तुलनामा ३६११ जना बढी

काठमाडौँको बौद्धस्थित विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तुपामा घुम्न आएका विदेशी पर्यटक ।

सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८ दशमलव ३ प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन् ।

अमेरिकाबाट सेप्टेम्बरमा नेपाल भित्रिए ९६७९ पर्यटक, अगष्टको तुलनामा ३६११ जना बढी

अमेरिकाबाट सेप्टेम्बरमा नेपाल भित्रिए ९६७९ पर्यटक, अगष्टको तुलनामा ३६११ जना बढी

बोर्डका अनुसार अगष्टमा भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका थिए । यस्तै, अगष्ट महिनामा चीनबाट सात हजार ५३३ अर्थात् ८ दशमलव ५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६ दशमलव ८ प्रतिशत, श्रीलङ्काबाट पाँच हजार ९५६ अर्थात् ६ दशमलव ७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४ दशमलव ८ प्रतिशत पर्यटक भित्रिएका थिए ।

Source link

Leave a Comment