सर्वोच्चको आदेशपछि करिब ३ लाख भेनेजुएली अमेरिकाबाट डिपोर्ट हुने जोखिममा



प्रकाशित मिति : आश्विन १६, २०८२ शुक्रबार

सर्वोच्चको आदेशपछि करिब ३ लाख भेनेजुएली अमेरिकाबाट डिपोर्ट हुने जोखिममा

अमेरिकी सर्वोच्च अदालतले कागजातविहीन भेनेजुएली आप्रवासीहरूको टीपीएस खारेज गर्न ट्रम्प प्रशासनलाई अनुमति दिएको छ।

अदालतको यो अनुमतिसँगै करिब ३ लाख भेनेजुएली आप्रवासीहरू अमेरिकाबाट देश निकाला अर्थात् डिपोर्ट हुने सम्भावना बढेर गएको छ। कागजातविहीन गैर-अमेरिकीलाई चाँडै डिपोर्ट गर्ने ट्रम्प प्रशासनको प्रयासमा सर्वोच्च अदालतको आदेशपछि अर्को ठूलो सफलता मिलेको छ।

अदालतका तीन उदार न्यायाधीशहरूको असहमति हुँदाहुँदै पनि बहुमतले ट्रम्प प्रशासनलाई भेनेजुएलावासीहरूका लागि “अस्थायी संरक्षित स्थिति” (टीपीएस) नामक मानवीय राहत अन्त्य गर्नका लागि अघि बढ्न दिने निर्णय गरेको हो। यस कदमले उनीहरूलाई अझ बढी डिपोर्टको जोखिममा पार्नेछ।

सर्वोच्चको आदेशपछि करिब ३ लाख भेनेजुएली अमेरिकाबाट डिपोर्ट हुने जोखिममा

सर्वोच्चको आदेशपछि करिब ३ लाख भेनेजुएली अमेरिकाबाट डिपोर्ट हुने जोखिममा

यसअघि यसै मुद्दामा गत मे महिनामा पनि अदालतले उस्तै फैसला गरेको थियो। त्यसपछि क्यालिफोर्नियाको जिल्ला अदालतले ट्रम्प प्रशासनविरुद्ध स्थायी आदेश जारी गरेपछि फेरि आपत्कालीन अपिलमार्फत यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको हो।

तीनै जना उदार न्यायाधीशहरूले असहमति जनाए पनि, न्यायाधीश केतान्जी ब्राउन ज्याक्सनले मात्र लिखित मत प्रकट गरेकी थिइन्।

बाइडेन प्रशासनले मार्च २०२१ मा भेनेजुएलीलाई टीपीएस प्रदान गरेको थियो। २०२३ मा टीपीएसलाई विस्तार पनि गरेको थियो। ट्रम्पको पदभार ग्रहण गर्नुभन्दा दुई हप्ता अगाडि मात्र बाइडेन प्रशासनले यसलाई थप १८ महिनाका लागि नवीकरण गरेको थियो।

यसै वर्ष अमेरिकी जिल्ला न्यायाधीश एडवर्ड चेनले भेनेजुएलालाई “आर्थिक तथा राजनीतिक सङ्कट, अपहरण, आतङ्कवाद, अपराध, नागरिक अशान्ति र स्वास्थ्य सेवाको कमजोर अवस्थाका कारण अमेरिकी विदेश मन्त्रालयले यात्रा नगर्न चेतावनी दिएको” देशको रूपमा वर्णन गरेका थिए। चेनलाई पूर्व राष्ट्रपति बराक ओबामाले नियुक्त गरेका हुन्।

टीपीएस अन्तर्गत रहेका भेनेजुएलावासीहरूले गृहमन्त्री क्रिस्टी नोएमको अचानक सुरक्षा समाप्त गर्ने निर्णय “एड्मिनिस्ट्रेटिभ प्रोसिजर एक्ट” विपरीत भएको दाबी गरेका थिए। यो निर्णय जातीय तथा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उनीहरूको दाबी रहेको थियो।

सर्वोच्चको आदेशपछि करिब ३ लाख भेनेजुएली अमेरिकाबाट डिपोर्ट हुने जोखिममा

कांग्रेसले सन् १९९० मा टीपीएस कार्यक्रम सुरु गरेको हो। प्राकृतिक प्रकोप, युद्ध वा अन्य खतरनाक अवस्थाबीचमा रहेका मुलुकका नागरिकलाई अस्थायी रूपमा अमेरिका बस्न अनुमति यो कार्यक्रमले दिने गरेको छ।

पहिलो ट्रम्प प्रशासनको अन्त्यतिर पनि अमेरिकी अधिकारीहरूले भेनेजुएलालाई “पश्चिमी गोलार्धको सबैभन्दा खराब मानवीय सङ्कट” भएको भन्दै केही भेनेजुएलीलाई अर्कै प्रकारको अस्थायी राहत प्रदान गरेका थिए।





Source link

Leave a Comment