“अहिले पनि नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरिरहेका छन्,” कानून व्यवसायी



प्रकाशित मिति : आश्विन ८, २०८२ बिहीबार

“अहिले पनि नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरिरहेका छन्,” कानून व्यवसायी

अहिले पनि नेपालीहरु विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरिरहेका कानून व्यवसायीले जानकारी दिएका छन् । विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सीबीपीले पक्राउ नगरी अमेरिकाभित्र प्रवेश गरेका नेपालीहरुबारे विवरणहरु प्राप्त भएको न्युयोर्कका एकजना कानून व्यवसायीले खसोखासलाई बताएका छन् । ट्रम्प प्रशासनले विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमाक्षेत्रमा पक्राउ परेका आप्रवासीहरुका सन्दर्भमा क्याच एण्ड रिलिजको नीति अन्त्य गरेर अनिवार्य हिराशतमा राखिरहेको सन्दर्भमा केही नेपालीहरु भने सीबीपीलाई छलेर अमेरिका प्रवेश गर्न सफल भएका हुन् ।

“अहिले विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमाक्षेत्रमा पक्राउ परेकाहरुलाई आइसको हिराशतमा राख्ने गरिएको छ । अध्यागमन न्यायाधिसहरुले बण्डमा रिहा गर्दै आएको अभ्यासलाई हटाइएको छ । विनाभिसा प्रवेश गरेको व्यक्ति अमेरिका आएको जति सुकै समय भएको भएतापनि अनिवार्य हिराशतमा राख्नुपर्ने नियम लागु गरिएको छ । जसले गर्दा विनाभिसा सिमाक्षेत्रमा प्रवेश गरेका व्यक्तिहरुले अहिले सीबीपीलाई छलेपनि भविश्यमा कुनै पनि समयमा पक्राउ पर्नसक्ने खतरामा रहेका छन्,”  कानून व्यवसायी रमेश श्रेष्ठले खसोखाससँग कुराकानी गर्दै भने ।

सीबीपीलाई छलेर विनाभिसा प्रवेश गरेकाहरुले अमेरिकामा आइसकेपछि एसाइलम आवेदन दिएको खण्डमा उनीहरुको ठेगाना सरकारले प्राप्त गर्ने भएकाले उनीहरु पक्राउ पर्नसक्ने श्रेष्ठले जानकारी दिए । सेप्टेम्बरको पहिलो साता ट्रम्प प्रशासनले युएससीआईएसका अधिकारीहरूलाई नै आप्रवासी पक्राउ गर्ने, हतियार बोक्ने र वारेन्ट कार्यान्वयन गर्ने नयाँ अधिकार प्रदान गरिसकेको छ ।

“अहिले पनि नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरिरहेका छन्,” कानून व्यवसायी

“अहिले पनि नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरिरहेका छन्,” कानून व्यवसायी
“अहिले पनि नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरिरहेका छन्,” कानून व्यवसायी
न्युयोर्कका कानुन व्यवसायी रमेश श्रेष्ठ । फोटो: राजन काफ्ले/ खसोखास

यो कदमले तोकिएका युएससीआईएसका अधिकारीहरूलाई अध्यागमन कानुनका नागरिक र आपराधिक उल्लङ्घनहरूको अनुसन्धान र कार्यान्वयन गर्ने अधिकार दिएको छ । यो भूमिका पहिले अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन आइसजस्ता अन्य संघीय निकायहरूमा मात्र सीमित थियो।

नयाँ नियमले युएससीआईएसलाई विशेष एजेन्टहरूको बल सिर्जना गर्न सक्षम बनाएको छ । उनीहरूलाई अध्यागमन कानुन उल्लङ्घन गर्नेहरूको अनुसन्धान, पक्राउ,र अभियोजनका लागि प्रस्तुत गर्ने अधिकार दिइएको छ। यी एजेन्टहरूलाई हतियार बोक्ने, खोजी र पक्राउ वारेन्टहरू कार्यान्वयन गर्ने र आवश्यकता अनुसार बल प्रयोग गर्ने अधिकार दिइनेछ। यसले उनीहरूको शक्तिलाई अन्य संघीय कानुन प्रवर्तन निकायहरूसँग बराबर बनाउँछ।

त्यस्तै सेप्टेम्बरको पहिलो साता नै अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको शक्तिशाली अपिल प्यानल बोर्ड अफ इमिग्रेशन अपिल बीआईएले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूलाई अध्यागमन न्यायाधीशले धरौटीमा रिहा गर्न नसक्ने फैसला गरेको थियो । यो निर्णयले दशकौंदेखिको कानूनी बुझाइलाई उल्ट्याएको छ।

यसले गर्दा विनाभिसा अमेरिका प्रवेश गरेकाहरुलाई हिरासतमा राख्न सरकारलाई सहज भएको कानून व्यवसायी रमेश श्रेष्ठले बताएका छन् । पहिले गैरकानुनी रूपमा विनाभिसा अमेरिका प्रवेश गरेका तर दुई वर्षभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गरेको देखाउन सक्ने विदेशीहरूले अध्यागमन न्यायाधीशसँग धरौटीमा रिहा हुन अनुरोध गर्न सक्थे। तर बोर्ड अफ इमिग्रेशन अपिलको निर्णयले विनाभिसा अमेरिका प्रवेश गर्ने जो कोहीलाई पनि अनिवार्य रूपमा हिरासतमा राख्नुपर्ने निष्कर्ष निकालेको छ।

यो निर्णय ट्रम्प प्रशासनले आप्रवासीहरूलाई अनिवार्य हिरासतमा राख्ने आफ्नो व्याख्या परिवर्तन गरेको दुई महिनापछि आएको हो। प्रशासनले दशकौंदेखि अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरूलाई पनि पक्राउ गरेर हिरासतमा राख्ने नीति लिएको छ। यस परिवर्तनले गर्दा नियमित अदालतको सुनुवाइ वा संघीय अधिकारीहरूसँगको चेकइनमा जाँदै गरेका आप्रवासीहरूलाई पनि पक्राउ गरिएको छ, जबकि उनीहरूले पहिले कुनै खतरा वा भाग्ने जोखिम नभएको अध्यागमन अदालतले निर्णय गरिसकेको थियो।

“अहिले पनि नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरिरहेका छन्,” कानून व्यवसायी

यो परिवर्तनले नेपालीहरुलाई पनि ब्यापक प्रभाव पार्नसक्छ । किनभने विनाभिसा अमेरिका प्रवेश गरेका हजारौं नेपालीहरुका मुद्दा अदालतमा विचाराधिन रहेका छन् भने उनीहरु अमेरिकामा रिहा भएर मुद्दा लडिरहेका छन् । अध्यागमन अदालतमा नेपालीका ९ हजार ६ सय २८ मुद्दाहरु विचाराधिन रहेका छन् । जसमध्ये न्युयोर्कमामात्र नेपालीका ३५४४ मुद्दाहरु विचाराधिन रहेका छन् ।

राष्ट्रपति जो बाइडनको कार्यकालमा मात्र लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीले फेला पारेकाहरु हुन् । सिमा सुरक्षा गस्तीले फेला नपारिकनै अमेरिका प्रवेश गर्नेहरुको रेकर्ड डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग छैन ।





Source link

Leave a Comment