विपिनको रिहाइका लागि पहल गर्न आमा र बहिनी अमेरिका प्रस्थान



प्रकाशित मिति : आश्विन ७, २०८२ बुधबार

विपिनको रिहाइका लागि पहल गर्न आमा र बहिनी अमेरिका प्रस्थान

हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अमेरिका प्रस्थान गरेका छन् । विपिनकी आमा पद्मा र बहिनी पुष्पा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेका हुन् ।

विपिनकी बहिनी पुष्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत अन्तर्राष्ट्रिय मञ्चमा विपिनको मुद्दा उठाउन अमेरिका प्रस्थान गरेको जानकारी गराएकी छिन् । उनले आफ्ना दाइको सुरक्षित रिहाइको लागि ठुलो कदम अगाडि बढाउँदै अन्तर्राष्ट्रिय मञ्चमा उक्त मुद्दा उठाउन अमेरिकाको यात्रा गर्न लागेको लेखेकी छिन् । उनले विपिनको सुरक्षित रिहाइको लागि आवाज उठाइदिन समेत अपिल गरेकी छिन् ।

यस पटक उनीहरूले न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घका पदाधिकारीहरूसँग भेट गरी विपिनको रिहाइको लागि आग्रह गर्ने तयारी रहेको छ ।

विपिनको रिहाइका लागि पहल गर्न आमा र बहिनी अमेरिका प्रस्थान

विपिनको रिहाइका लागि पहल गर्न आमा र बहिनी अमेरिका प्रस्थान

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपिन सन् २०२३ अक्टोबर ७ देखि परिवारको सम्पर्कमा छैनन्। सोही दिन हमासको नेतृत्वमा रहेका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

विपिनको उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखे पनि कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन।

गाजामा जारी युद्धबीच हमासले गत शनिबार ४८ जना बन्धकहरूको “बिदाइ तस्वीर” सार्वजनिक गरेको थियो ।

ती तस्बिरमा बन्धकहरूको अनुहार देखाइएको छ, प्रत्येकलाई “रोन अराड” नाम र छुट्टै नम्बर दिइएको थियो । “रोन अराड-३८” मा नेपाली युवा जोशीको पनि तस्वीर राखिएको थियो ।

यसअघि, विपिन जोशीको रिहाइका लागि पहल गर्न उनकी आमा पद्मा र बहिनी पुष्पा इजरायल गएका थिए । जहाँ उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग, प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायली संसद्का अध्यक्ष अमिर ओहानालगायतलाई भेटेर विपिनको शीघ्र रिहाइको लागि पहल गरिदिन अपिल गरेका थिए ।

विपिनको रिहाइका लागि पहल गर्न आमा र बहिनी अमेरिका प्रस्थान





Source link

Leave a Comment