विद्यार्थी भिसामा जान चाहने नेपालीका लागि न्यूयोर्कमा अवसर, पढाइ सकेपछि रोजगारी खोज्न सहयोग गर्ने



प्रकाशित मिति : आश्विन ५, २०८२ सोमबार

woman reading book

Photo by Sincerely Media

अमेरिकामा टीपीएस वा अन्य स्टाटसबाट विद्यार्थी भिसामा जाने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । तर कतिपय नेपालीहरु उपयुक्त विकल्पको अभावमा अलमलमा परेका देखिन्छन् । गैर आप्रवासी भिसा वा स्टाटसबाट विद्यार्थी भिसामा जान चाहनेहरुका लागि न्यूयोर्कस्थित एस इन्स्टिच्युट अफ टेक्नोलोजीले नेपालीहरूलाई विद्यार्थीको रुपमा भर्ना भई आफ्नो स्थिति परिवर्तन गर्न सक्ने अवसर दिएको छ।

यस संस्थामा चिकित्सकीय सोनोग्राफी, वेब डिजाइन, ग्राफिक डिजाइनजस्ता व्यवसायिक पाठ्यक्रमहरू उपलब्ध छन्। यी पाठ्यक्रममा भर्ना हुन चाहनेहरूले आवश्यक कानुनी प्रक्रिया अघि बढाएर विद्यार्थी भिसामा जान सक्नेछन्।

अमेरिकी संघीय कानुनअनुसार मान्यता प्राप्त यस संस्थाले विदेशी विद्यार्थीलाई भर्ना गर्न स्वीकृति पाएको छ। यसले विद्यार्थी योग्यताको प्रमाणपत्र समेत जारी गर्ने भएकाले यस आधारमा अध्यागमन स्टाटस परिवर्तनका लागि आवेदन दिन सकिन्छ। दिउँसो र बेलुकी दुवै समयमा कक्षा हुने भएकाले विद्यार्थीहरूले आफ्नो समयअनुसार पढ्न सक्ने सुविधा पाउनेछन्।

विद्यार्थी भिसामा जान चाहने नेपालीका लागि न्यूयोर्कमा अवसर, पढाइ सकेपछि रोजगारी खोज्न सहयोग गर्ने

विद्यार्थी भिसामा जान चाहने नेपालीका लागि न्यूयोर्कमा अवसर, पढाइ सकेपछि रोजगारी खोज्न सहयोग गर्ने

विद्यार्थीहरूलाई नयाँ वातावरणसँग अभ्यस्त गराउन संस्थाले विशेष मार्गदर्शन कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ। साथै, पढाइ पूरा गरेपछि योग्य विद्यार्थीलाई रोजगारी खोज्न सहयोग गर्ने प्रतिबद्धता समेत गरेको छ। थप जानकारीका लागि क्विन्सस्थित कार्यालयमा (७१८) ५७५–३२२३ वा म्यानहटन कार्यालयमा (२१२) ६९५–९७०० मा सम्पर्क गर्न सकिन्छ।





Source link

Leave a Comment