जेनजी विद्रोह र भावी कार्यदिशा : RajdhaniDaily.com


निकै नै छोटो अवधिमा नेपालमा तीव्र राजनीतिक परिवर्तन देखियो । २८ वर्षसम्मका जेनजी आन्दोलनले ३० घण्टा पनि पार गर्दा नगर्दै अभूतपूर्व परिवर्तन ल्यायो । गत २३ भदौमा सुरु आन्दोलनले २४ भदौ मध्याह्नसम्म राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि गरेको आक्रमण सफल गराइछाड्यो । २३ भदौका दिन सरकारद्वारा बलप्रयोग गर्दा २१ (काठमाडौं १८, सुनसरी २ र पर्सा १) युवाको ज्यान गयो । यसको आक्रोश २४ भदौमा देखियो । प्रधानमन्त्री सैनिक हेलिकोप्टर लिएर भाग्नुप¥यो । राजनीतिक दलका नेतालाई सेनाले सुरक्षित स्थानमा लगेर बचायो ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमात्र जलेन, जनप्रतिनिधिको थलो संसद् भवन र न्यायिक आस्थाको धरोहर सर्वोच्च अदालतसमेत जल्यो । नेताका घर जलाइए । केही ठाउँबाट पैसाका बिटा जलेको दृश्य देखियो । मोफसलमा पनि सरकारी संरचना र राजनीतिक नेतृत्वका सम्पत्ति जल्नेक्रम जारी रह्यो । यो आलेख तयार पार्दासम्म दुुई दिनको आन्दोलनका क्रममा ७३ जना (६० प्रदर्शनकारी, १० कैदीबन्दी र ३ सुरक्षाकर्मी)को ज्यान गइसकेको छ । गोली लागेर घाइते अस्पतालमा छन् । एक किसिमले नितान्त छोटो अवधिमा नरसंहार भयो ।

यद्यपि, जेनजीले आफ्नो आन्दोलनमा घुसपैठ भई यी घटना भएको बताइसकेको छ । हातमा कापीकलम र ल्यापटप समात्ने जेनजीले यी विध्वंस मच्चाए होला ? भनेर कसैले पनि पताएका छैनन् । दोस्रो दिन अनियन्त्रित घुसपैठ भएको हो र यसले आन्दोलनको ध्येय हिंसामा परिणत गराएर छाड्यो । यस’bout विस्तृत जानकारी सरकारले बनाउने उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनपछि मात्र आउने विश्वास गर्न सकिन्छ ।

कारण खोजी
सबै घटना बालकृष्ण समले भनेझैं ‘नियमित आकष्मिकताका कारण’मात्र घटदैनन् । विज्ञानले भन्छ, ‘कतै धुवाँ देखियो भने ’round आगो लागेकै हुुनुपर्छ ।’ ’cause आगो र धुवाँबीच कार्यकारण सम्बन्ध छ । जेनजी आन्दोलन पनि अनायास भएकै होइन । हामीकहाँ केही वर्षयता भ्रष्टाचारले सीमा नाघेको थियो । संसद्मा कुनै पनि दलको बहुमत नभएका कारण सरकार बनाउने र ढाल्नेक्रम जारी थियो । गठबन्धनका नामा पुराना विचार भएका राजनीतिक दल जुनसुकै घाटको पानी खान पनि तयार रहेका थिए ।

‘वल्लो घरको नरे पल्ला घर सरे’ भएकै हो । उनीहरूको एउटै अभिप्सा सत्तामा जानुथियो । केपी ओली, प्रचण्ड नेतृत्वको पूर्वसरकारले केही ‘हाइप्रोफाइल’ व्यक्तिलाई भ्रष्टाचारको कारबाही गरी जेल चलान गरेको थियो । केही अनियमितताका फाइल खोल्ने तयारी थियो । यसैबीच सरकारको गठबन्धन एकाएक फेरियो । माओवादीसँग सहकार्य गरेको एमालेले कांग्रेससहितको समर्थनमा सरकारको नेतृत्व आफंै लियो । यसपछि सहकारी ठगी प्रक्रियामा संलग्न भएका कारण रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही भयो । उनलाई अनुसन्धानका लागि भनेर धेरै जिल्ला घुमाइयो ।

उस्तैउस्तै घटनाका अन्य अभियुक्त कसैले सफाइ पाए, कसैले तारेखमा छुट्न पाए । सदनमा गृहमन्त्रीमाथि ‘भिजिट भिसा प्रकरण’को आरोप लागेर उनको राजीनामा मागियो । ‘नक्कली भुटानी शरणार्थी प्रकरण’का एकथरी आरोपित सदनमै देखिए । अनुसन्धान गर्नेक्रममा कसैलाई छाड्ने र कसैलाई मुद्दा दायर गर्ने काम भयो ।

सबै घटना बालकृष्ण समले भनेझैं ‘नियमित आकष्मिकताका कारण’मात्र घटदैनन् । विज्ञानले भन्छ, ‘कतै धुवाँ देखियो भने ’round आगो लागेकै हुुनुपर्छ ।’ ’cause आगो र धुवाँबीच कार्यकारण सम्बन्ध छ । जेनजी आन्दोलन पनि अनायास भएकै होइन । हामीकहाँ केही वर्षयता भ्रष्टाचारले सीमा नाघेको थियो

यो घटनालाई लिएर सदनमा प्रतिशोध साँधेको आरोप सरकारमाथि विपक्षी दलले लगातार लगाइरहे । देशमा जतिसुकै ठूला घटना घटे पनि ‘आलापालो सरकार चलाउने’ भनेर संसद्का दुुई ठूला दल दिनगन्ती गर्दै बसे । संसदीय परम्परामा पहिलो र दोस्रो ठूलो दलले ‘सरकार बनाउँदा निरंकुशता हावी हुन्छ’ भनेर धेरै विश्लेषकले भने तर सरकार सञ्चालक दलले सुनेनन् । विद्युत प्राधिकरणलाई ठूला उद्योगपतिसँग २१ अर्बभन्दा बढीको बक्यौता उठाउन दिइएन । उल्टै कुलमान घिसिङलाई असमयमा नै कार्यकारी निर्देशकबाट हटाइयो । यसले गर्दा जनआक्रोश बढी नै रहेको थियो । विश्वविद्यालयका उपकुलपतिलाई काम गर्न दिइएन । शिक्षक आन्दोलन भयो, उनीहरूका माग’bout उचित सम्बोधन हुन सकेन । सरकार बन्ने बेला एमाले र नेकाबीच संविधान संशोधनको एउटा एजेण्डा राखिएको थियो तर यसबीच संशोधनको कुनै पनि चर्चा गरिएन । यसरी चौतर्फी विकृति, विसंगति, कुशासन र पूर्वाग्रही अनुसन्धानका कारण आमनागरिकमात्र होइन, जेनजी पनि रुष्ट थियो । उनीहरूलाई असन्तुुष्ट बनाउनका लागि पछिल्लोपटक सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध थप कारण बन्न पुुग्यो ।

सदनमा विपक्षीले सरकारलाई बारम्बार खबरदारी गरे । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र माओवादी अध्यक्ष प्रचण्डले सदनमा बोलेका हरेकजसो वक्तव्यमा ‘कुनै पनि दिन नेपालका जनता जाग्न सक्छन है †, सरकारले ठिक गरेको छैन’ भनी चेतावनी दिइरहे । तर कसैले पनि सुुनेनन् । सत्तारूढ एमाले र कांग्रेसका कारण काठमाडौं जलेर खाक भएको छ । मोफसलमा पनि निकै भौतिक क्षति भएको छ । मुलुकको राजनीतिक संरचना ध्वस्त भएको छ । सरकारले जेनजी आन्दोलनलाई कम आँकलन गर्नु र पहिलो दिन बल प्रयोग गर्नु नै मुख्य कमजोरी देखियो । सरकार र राजनीतिक दलका नेतामा नयाँ पुस्ताको सोचाइ र बुझाइ कमी नै जेनजी आन्दोलनको कारण र परिणाम भन्न सकिन्छ । जेनजीले नेपाललाई युवा सोचकेन्द्रित राष्ट्रको जग सिर्जना गरेको छ । यस अर्थमा जेनजीले आदर्श नागरिकको प्रतिनिधित्व गर्ने प्रयास गर्दै छन् भन्न सकिन्छ ।

इतिहासमा पहिलोपटक जेनजीले पुरानो राजनीतिक नेतृत्वलाई सफलतापूर्वक चुनौती दिन सफल भएका छन् । यसअघिका पिढींले यसरी आफैं नेतृत्व गर्न सकेको थिएन । अघिल्ला पुस्ताको आह्वानमा गरिएका आन्दोलनमा सहभागी भने भएकै थियो ।

मुलुकमा दशकौंदेखिको व्यापक भ्रष्टाचारविरुद्ध जेनजीले गरेको आन्दोलनकै कारण दुुई दिन नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अपदस्थ हुन पुग्यो । आन्दोलन सुरु सामाजिक सञ्जाल प्रतिबन्धको विरोध प्रदर्शनबाट भए पनि भ्रष्टाचार अन्त्यका लागि अन्तरिम सरकार गठन, प्रतिनिधिसभा भंग र नयाँ निर्वाचनजस्ता विषय र घटनासम्म पुगेको छ ।

सङ्लिँदै राजनीति
पूर्ववर्ती सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकाउनेदेखि राजनीतिमा पुस्तान्तरण र प्रत्यक्ष निर्वाचित कार्यकारीसमेतको माग राखी यो पुस्ताले गरेको आन्दोलनको दोस्रो दिन नै प्रधानमन्त्री ओलीले राजीनामा दिई नेपाली सेनाको सुरक्षा घेराभित्र रहेर बिहीबारमात्रै निस्किए । यता, राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ मा रहेको संविधानको पालना र ंसंरक्षणकर्ताका हैसियतले जेनजीकै चाहनाबमोजिम पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे । साथै, उनकै सिफारिसमा आगामी २१ फागुनमा नयाँ निर्वाचन गर्नेगरी प्रतिनिधिसभा भंग गरियो । यो घटनालाई सुरुमा राजनीतिक दलले ‘संविधानमाथिको प्रहार’ भनेर आलोचना गरे पनि हाल क्रमशः ‘राजनीति सङ्लि“दै आएको हो कि †’ जस्तो देखिएको छ ।

गत ३० भदौमा नियुक्त मन्त्रीहरू ( अर्थ, उर्जा र गृह)ले मन्त्रालय सम्हालिसकेका छन् । पदभार ग्रहणक्रममा प्रधानमन्त्री कार्कीले आफूले २१ फागुन प्रतिनिधिसभा चुनाव गराएर नवनिर्वाचित पदाधिकारीलाई सत्ता सुम्पिने र जम्मेवारीबोधका कारण प्रधानमन्त्री बन्नुपरेको बताएकी थिइन् । उनले आफू पदको रसास्वादन गर्न नआएकोले एकक्षण पनि समय खेर नफाली काम गर्ने बताइन् । त्यस्तै प्रतिबद्धता अन्य मन्त्रीले पनि जनाए ।

उता, केही दिन बाहिर नदेखिएका राजनीतिक दलका नेता क्रमशः सार्वजनिक हुन थालेका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समयमै चुनाव गराउन सरकारसँग आग्रह गरिसके । नेपाली कांग्रेस महामन्त्री गगन थापा पनि निर्वाचनबाट भाग्न नहुने बताउ“छन् । नेकपा माओवादीले त अहिले जेनजीले उठाएको प्रत्यक्ष कार्यकारीलगायत माग आफूहरूले संविधानसभाबाट संविधान जारी गर्दाका बखत नै उठाएको तर अल्पमतमा परेकोले ‘नोट अफ डिसेन्ट’का रूपमा उतिबेलै ‘फरक मत’ दर्ता गरिसकेको बताएको छ । यसरी हेर्दा माओवादी र जेनजी पुस्ताको एजेण्डा धेरै हदसम्म मिल्दोजुल्दो देखिन्छ ।

अब सरकारले आगामी २१ फागुनमा निर्वाचन तोकिसकेकोले दायाँबायाँ नगरी मतदातासमक्ष विगतका उपलब्धी र कमी कमजोरी लिएर जानुको विकल्प आफूलाई ‘लोतकतान्त्रिक’ भन्ने कुनै पनि दलसँग छैन । ’cause लोकतन्त्रमा दलको विकल्प अझै राम्रा दल हुन् । चुनावदेखि भाग्ने छुुट कुनै पनि दललाई छैन । बरु, निष्पक्ष, स्वतन्त्र तथा धाँदलीरहित चुनाव माग भने गर्न जरुरी छ । सरकारले पनि यसका लागि वतावरण बनाइदिनुपर्छ ।

(Visited 17 times, 1 visits today)





Source link

Leave a Comment